default_image

ताजा समाचारहरु

sarad vs UAE

February 27, 2018

पहिलो अभ्यास खेलमा नेपाल युएईविरुद्ध विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २८ ओभर २ बलमा ओभरमा पुरा गर्न सफल रह्यो । नेपालका लागि आज ब्याटिङमा नायक शरद भेषावकर र दिपेन्द्र सिंह ऐरी रहे । दिपेन्द्रले ३२ […]

February 27, 2018

मार्टिन्सको ह्याट्रिकमा थ्री स्टार विकास रनिङ शिल्डको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब १३ औं टुबोर्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा मंगलबार नारायणगढ फुटबल क्लबलाई ३–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो । पुसबाट घरेलु फुटबलमा फर्केको थ्री स्टारको जितमा विदेशी खेलाडी अजय मार्टिन्सले ह्याट्रिक पुरा गरेका थिए । नारायणगढका लागि […]

February 27, 2018

बंगलादेशको बिकेएसपी जुडोमा नेपाललाई ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)–  बंगलादेशमा जारी बिकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण र १ कास्य पदक पदक जितेको नेपाल जुडो संघले जनाएको छ । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गरेकी थिगइन् । पुरुष ६० केजीमा रोशनबहादुर दोङले स्वर्ण पदक जिते […]

February 27, 2018

आइ लिगमा विमलको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले मंगलबार हिरो इन्डियन लिग (आइ लिग) सफलता हासिल गरेको छ । मोहन बगानले इन्डियन एरोजलाई २–० ले हराएको छ । यद्दपी सो खेलमा विमलले भने मौका पाएनन् । मोहन बगानका लागि डिपान्डा डिकाले २६ औं र अक्रम मोगराबीले ४१ औं मिनेटमा […]

February 27, 2018

एनएसटी–एनभिए राष्ट्रिय भलिबल –  न्यू डायमण्ड र आर्मी अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब चौथो एनएसटी एनभिए राष्ट्रिय भलिबलको महिलातर्फको सेमिफाइनलमा पुगेका छन् । पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६,२५–१६ र २५–१५ ले हराएको थियो । अर्को खेलमा आर्मीले पद्मदय युथ क्लब चितवनलाई २५–१०,२५–७ र २५–१३ को सेटमा पराजित गर्यो । समूह ‘ए’ बाट न्यू डायमण्ड […]

lalit Nepal

February 27, 2018

नेपाललाई १ सय ७२ रनको लक्ष्य , ललित भण्डारीको ४ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुने विश्वकप छनोटको तयारी अन्तर्गतको पहिलो वर्म अप खेलमा टस जितेर ब्याटिंग रोजेको युएईले नेपाल समक्ष १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण २९ ओभरमा घटाईएको खेलमा युएईले सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको हो । मैदान पानीका कारण भिजेकोले खेल ढिलो सुरु भएको थियो ।  युएईले ५ रनमा पहिलो विकेट गुमाएको थियो । […]

DPl

February 27, 2018

डिपिएल–२ मा जगशक्ति सह–प्रयोजक

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ लाई जगदम्वा इन्टर प्राइजेजको जगशक्ति टिएमटी बारले सह–प्रयोजन गरेको छ । घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ लाई जगदम्वा इन्टर प्राइजेजको जगशक्ति टिएमटी बारले १ वर्षको लाग सह–प्रायोजन १० लाख रुपैयाको प्रयोजन गरेको हो । सम्झौता पत्रमा मंगलबार धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष […]

UAE vs Nepal

February 27, 2018

नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुन गइरहेको विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली आज युएईसँग अभ्यास खेल खेल्दै छ । नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै छ । मैदान पानीका कारण भिजेकोले खेल ढिलो सुरु हुँदैछ । अब खेल २९ ओभरको हुने छ ।  डिभिजन-२ को फाइनल खेलमा नेपाल युएईसँगै पराजित भएको थियो । तर समूह चरणमा भने […]

nepali cricket

February 27, 2018

नेपाल आज युएईसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुन गइरहेको विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली आज युएईसँग अभ्यास खेल खेल्दै छ । डिभिजन-२ को फाइनल खेलमा नेपाल युएईसँगै पराजित भएको थियो । तर समूह चरणमा भने नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । त्यसअघिका दुई खेलमा पनि युएईले जित हांसिल गरेको थियो । डिभिजन-२ म […]

February 27, 2018

विमल सम्मिलित मोहन बगान इन्डियन एरोजसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इन्डियन एरोजको सामना गर्दैछ । खेल भारतीय समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । १० टोलीको सहभागिता रहेको आइ लिग अन्तिम चरण तिर पुग्दा विमलको टोली मोहन बगान २४ अंकसहित चौथो स्थानमा छ […]

Success

Thank you for your time.