default_image

ताजा समाचारहरु

February 28, 2018

युसेन बोल्टले ओल्ड ट्राफोर्डमा फुटबल डेब्यु गर्ने

म्यानचेस्टर (एजेन्सी) – विश्वको सबैभन्दा तेज धावकका रुपमा चिनिने जमैकाका युसेन बोल्टले आफ्नो फुटबल डेब्यु गर्दै छन् । बोल्टले १० जुनमा ओल्ड ट्राफोर्डमा खेलिने स्कर एड नामको च्यारिटी खेलमा विश्व ११ को नेतृत्व गर्ने छन् । सकर एडको खेलमा विश्वका कैयौं सेलिब्रेटी खेलको हिस्सा हुने गर्छन् । त्यस्तै बोल्टको टोलीले इंग्ल्यान्डको सामना गर्ने छ जसको […]

February 28, 2018

राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि प्याडल नेपाललाई

चितवन (हाम्रो खेलकुद)- फिस्लिंगमा सम्पन्न भएको  पर्वतिय खेलकुद महोत्सवअन्तर्गतको दोस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा प्याडल नेपाल ए टिम च्याम्पियन बनेको छ।  प्याडल नेपाल ‘ए’ ले अर्जेन्टिनाको अलुमाइन नदीमा नोवेम्बेर ४ देखि १० सम्म संचालन हुने विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाउने छ । स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार विधा समावेश च्याम्पियनसिपमा  प्याडल नेपाल ‘ए’ […]

el-clasico-messi-ronaldo

February 28, 2018

“रोनाल्डो उत्कृष्ट, तर मेस्सी अर्कै संसारका खेलाडी”

तेहरान (फिफा) – इरानका प्रशिक्षक कार्लोस क्विरोजले क्रिस्टियानो रोनाल्डो संसारको सबै भन्दा उत्कृष्ट खेलाडी हुन् तर मेस्सी यो संसारका नै नभएको बताएका छन् । रोनाल्डो र मेस्सीबीचको लामो समय देखिको तुलनामा क्विरोजले आफ्नो धारणा राखेका हुन् । ‘रोनाल्डो संसार कै सर्वोकृष्ट खेलाडी हुन्’ , क्विरोजले फिफासँगको अन्तर्वार्तामा बताए । ‘तर मेस्सी एक असाधारण खेलाडी हुन् र उनी […]

February 28, 2018

ला लिगामा रियल म्याड्रिड इस्पानियोलसँग पराजित

बार्सिलोना (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा तालिकाको तेह्रौं स्थानमा रहेको इस्पानियोलसँग १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा जेरार्ड मोरेनोले इन्जुरी समयमा गोल गरेका थिए । रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो । सिजनमा खराब सुरुवात पश्चात रियल केहि खेलयता राम्रो लयमा देखिएको थियो । सो […]

February 28, 2018

जिदान र रोनाल्डोका पक्षमा राउल

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका महान खेलाडी राउल गोन्जालेजले जिनेदिन जिदानले क्लबको प्रशिक्षणमा निरन्तरता दिनुपर्ने बताएका छन् । स्पेनिस राउलको नजरमा जिदान रियलका लागि सहि प्रशिक्षक हुन् । ला लिगामा रियलले कमजोर प्रदर्शन गरेयता जिदानको आलोचना सुरु भएको थियो र उनी बर्खास्तमा पर्न सक्ने अनुमान गरिदै आएको छ । तर, लगातार दुई पटक रियललाई युरोपियन च्याम्पियन […]

February 27, 2018

झापा गोल्डकप- उद्घाटन खेलमा आयोजक र सुदूरपश्चिम भिड्ने

सबिन शेर्मा झापा – यसै साता सुरु हुने तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक झापा ११ र सुदूरपश्चिम ११ बीच हुनेभएको छ । प्रतियोगिता शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुनेछ । आयोजक झापा ११ ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको दोस्रो दिन फागुन २० गते नेपाल पुलिस क्लब र रुपन्देही […]

February 27, 2018

प्रनव र मायांकालाई टेनिस उपाधि

दिपक न्यौपाने बुटवल – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र मायांका राणाले बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको एकल उपाधि जितेका छन् ।देविनगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको पुरुष एकलको फाइनलमा प्रनवलेसन्तोष खत्रीलाई ६–२, ६–२ को सोझो सेट हराए । मायांकाले महिला एकलको फाइनलमा बहिनी माहिका राणालाई ७–५, ६–३, ६–२ ले हराइन् । विजेता दुवैले उपाधिसहित […]

February 27, 2018

करातेका पदक विजेतालाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा पदक जित्ने नेपाली खेलाडीलाई खोप फुटबलले नगद पुरस्कारसहित सम्मान गरेको छ । फुटबल लिगका दौरान मंगलबार पदक विजेता खेलाडीलाई सम्मान गरियो । गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा राम श्रेष्ठले व्यक्तिगत रुपमा ५/५ हजार रुपैयाँबाट सम्मान गरेका थिए । बर्लिन ओपमा अनु अधिकारी, मलिका […]

February 27, 2018

नेयमार सम्भवत: दुई महिनाका लागि बाहिर

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार खेलाडी नेयमार चोटका कारण सम्भवत: दुई महिनाका लागि मैदान बाहिर हुने भएका छन् । नेयमार यहि साता मार्सेविरुद्धको खेलमा घाइते भएका थिए । नेयमारको एंकलमा चोटमा कारण उनलाई शल्यक्रिया चाहिने बताइएको छ । तर पिएसजी र ब्राजिल यस विषयमा विवादमा रहेको छ । पिएसजी अहिले नै […]

zadran

February 27, 2018

जद्रानको ह्याट्रिकमा अफगानिस्तान वेस्ट इन्डिज विरुद्ध विजयी

हरारे (एजेन्सी) – विश्व कप छनोट अघिको वर्म अप खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई २९ रनले पराजित गरेको छ । अफगानिस्तानका फास्ट बलर दलत जद्रानले २० औं ओभरको चौथो, पाँचौ र छैंटौ बलमा विकेट लिँदै ह्याट्रिक लिएपछि खेल अफगानिस्तानको पक्ष्यमा फर्केको थियो । टस जितेर वेस्ट इन्डिजले बलिङ रोजेपछि ३५ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले ९ विकेट गुमाउँदै १ सय ६३ रन […]

Success

Thank you for your time.