default_image

ताजा समाचारहरु

March 8, 2018

नेपालद्वारा स्कटल्यान्डलाई १ सय ५० रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको छ । नेपालको ब्याटिङ आज निकै फितलो देखियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्का मात्र क्रिजमा टिक्न सके […]

March 8, 2018

नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दै छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को […]

March 8, 2018

किरण सम्मिलित मिनेर्भाको उपाधि जित्ने मौका, जान्नुहोस् कस्तो छ सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – हिरो आइ-लिग अन्तर्गतको आज अन्तिम दिनमा नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाबलाई उपाधि जित्ने ठूलो अवसर रहेको छ । अन्तिम दिनसम्म पनि चार टोली उपाधि होडमा रहेकाले आजका खेलहरु निकै रोमाञ्चक हुने पक्का छ । मिनेर्भा पञ्जाबको १७ खेलमा ३२ अंक रहेको छ र आज मिनेर्भाले अन्तिम खेलमा […]

March 8, 2018

पहिलो जितको खोजीमा रहेको नेपाल आज अपराजित स्कटल्यान्डसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्ने छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्‍यो […]

March 8, 2018

म्यानचेस्टर सिटी र युभेन्टस क्वाटरफाइनलमा, टोटनह्याम बाहिरियो

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले इंग्लिस टोली टोटनह्यामलाई २-१ ले पराजित गर्दै एग्रिगेटमा ४-३ को जित हासिंल गरेको छ । टोटनह्यामका लागि सन हिउङ मिनले खेलको ३९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा पाहुना टोलीका गोन्जालो हिग्वाइन र पाउलो डिबालाले गोल गर्दै जित सुनिश्चित […]

default_image

March 7, 2018

जेभियरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर कलेजले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा पहिलो जित दर्ता गरेको छ । लिग अन्र्तगत बुधबार भएको खेलमा जेभियर कलेजले टिम बुढानिलकण्ठ नगरपालिकालाई ८२–७३ को अन्तरमा पराजित गर्दै आठ खेलपछि लिगमा पहिलो जित दर्ता गर्न सफल भएको हो । बुढानिलकण्ठको घरेलु मैदानमा भएको खेलमा जेभियरले पहिलो क्वार्टरमा १३–१२ […]

default_image

March 7, 2018

पहिलो दिन अजित र जयरामको अग्रता

पोखरा (हाम्रो खेलकुद) – वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा आज १८ होलको समाप्तीमा जयराम र अजितले भु बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारेका छन् । जयरामले पाँचौं […]

March 7, 2018

टोटनह्यामको इटालियन च्याम्पियन युभेन्टसलाई निराश पार्ने आशा

लण्डन (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग अन्तर्गत इंग्लिस टोली टोटनह्याम हटस्परले इटालियन च्याम्पियन युभेन्टससँग लण्डनको वेम्ब्लीमा सामना गर्दै छ । सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । पहिलो लेगमा टोटनह्यामले युभेन्टसको घरेलु मैदानमा १-१ को नतिजा निकालेको थियो । आज आफ्नै घरेलु मैदानमा टोटनह्यामले युभेन्टसलाई […]

March 7, 2018

न्यु डायमण्ड र एपीएफबीच सातौं पटक उपाधि भिडन्त

 पर्वत (हाम्रो खेलकुद) – महिला भलिबलका दुई चिरपरिचित प्रतिदद्वन्दी शिवम न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पनि उपाधि भिडन्त पक्का गरेका छन् । बुधवार बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्दा एपीएफले […]

March 7, 2018

आयोजक झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद)– आयोजक रमपम झापा ११ ले पाहुना टोली सिक्किम युनाइटेडलाई बुधबार २–१ ले हराउँदै झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पछि परेको खेल उल्टाउँदै झापा अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगितको सेमिफाइनलमा अब झापाले रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । खेलको १७ औं मिनेटमा सिक्किमका मायल […]

Success

Thank you for your time.