default_image

ताजा समाचारहरु

March 8, 2018

पत्रकार आरोहिलाई प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले आरोहण टोलीलाई साथ, सहयोग र समर्थन रहने बताए । प्रधानमन्त्रीले महिला पत्रकारहरुलाई सुरक्षित साथ आरोहण गर्न र […]

March 8, 2018

सनसाइनलाई झापा महिला फुटबल उपाधि

सबिन शेर्मा झापा – धुलाबारीको सनसाइन महिला फुटबल क्लबले तेस्रो झापा जिल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खुदनाबारीको जुनतारा फुटबल क्लबलाई बिहीबार ४–० ले हराउँदै सनसाइन च्याम्पियन बनेको हो । झापा सुरुङ्गाको कनकाई क्याम्पसको मैदानमा भएको फाइनलमा मुना लावती र रोमा भुजेलले समान २ गोल गरे । मुनाले चौथो र ६० औं मिनेटमा […]

March 8, 2018

तिलोत्तमा गोल्डकपमा आयोजक रुपन्देहीको जित

दिपक न्यौपाने बुटवल – आयोजक लाली रुपन्देही ११ ले २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सुदूरपश्चिम ११ लाई २–० ले हराउँदै रुपन्देही अघि बढेको हो । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा रुपन्देहीलाई जित दिलाउन निशान लिम्बुले पहिलो हाफमै २ गोल गरेका थिए । सातौं मिनेटमा पहिलो गोल गरेको निशालले ४२ औं […]

March 8, 2018

स्कटल्यान्ड विरुद्ध नेपाल ४ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा यो नेपालको दोस्रो हार हो भने स्कटल्यान्डको यो तेस्रो लगातार जित हो । स्कटल्यान्डको जितमा ओपनर तथा कप्तान कायल कोट्जर नायक रहे । उनले १ सय ३६ बलमा ८८ रनको समझदारीपूर्ण ब्याटिङ गरेका […]

March 8, 2018

जयरामलाई ४ स्ट्रोकको अग्रता

पोखरा (हाम्रो खेलकुद) – ईभन पार ७० अंकका साथ समग्रमा १ ओभर १४१ अंक सहित जयराम श्रेष्ट वेस्टर्न ओपन गल्फको दोस्रो दिनको समाप्तीमा ४ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन । पोखराको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा जयरामले ३६ होलको समाप्तीमा एम्योचर खेलाडी अजित बिके र धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै करियरको पहिलो […]

March 8, 2018

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा, पुलिस पराजित

बिर्तामोड (हाम्रो खेलकुद)– जर्ज प्रिन्स कार्कीको गोलमा नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा जर्ज प्रिन्सले ४३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । पुलिसका रक्षक अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई पेनाल्टी […]

March 8, 2018

नारी दिवसको अवसरमा महिला फुटबलर अनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको एन्फा महिला कमिटिले महिला राष्ट्रिय टिमका सदस्य अनु लामालाई नगदसहत सम्मानित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तर्राष्ट्रिय महिला फुटबल दिवसको अवसर पारेर कीर्तिमानी गोलकर्ता अनुलाई नगद २५ हजारले सम्मानित गरेको हो । लामालाई महिला कमिटिका अध्यक्ष वृन्दा देवानले रकम […]

March 8, 2018

भलिबलमा एपिएफलाई सिजनको सातौं उपाधि

पर्वत (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा बिहिबार शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । भलिबलमा एपिएफको महिला टोलीको यो सातौं उपाधि हो ।   एपिएफको महिला टोलीले राखेप च्याम्पियनसिपसहित पोखरामा तीज भलिबल, ढोरपाटन लिग, […]

March 8, 2018

ह्यान्डबल टोली पाकिस्तानतर्फ

काठमाडौ (हाम्रो खेलकुद)– पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफीमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको पुरुष युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालीको दुई टोली यू १९ र यू २१ ले प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीलाई आज नेपाल ओलोम्पिक कमिटी (एनओसी) ले […]

March 8, 2018

किरण सम्मिलित मिनेर्भा पञ्जाबलाई हिरो आइ-लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाबले हिरो आइलिग उपाधि जितेको छ । सिजनको फाइनल खेलमा चर्चिल ब्रदर्सलाई १-० ले हराउँदै मिनेर्भाले उपाधि सुनिश्चित गरेको हो । खेल सुरु हुनु अघि मिनेर्भासहित इष्ट बेंगाल, नेरोका र मोहन बगान उपाधि होडमा थिए । मिनेर्भाले जितेको खण्डमा उसले उपाधि जित्ने थियो […]

Success

Thank you for your time.