default_image

ताजा समाचारहरु

March 12, 2018

महत्त्वपूर्ण खेलमा नेपालले हङकङको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले […]

Rabin Shrestha

March 11, 2018

एक वर्षपछि रविनको पुनरागमन

दिपेन्द्र पोखरेल काठमाडौं – राष्ट्रिय टोली र नेपाल पुलिसका भरपर्दा रक्षक रविन श्रेष्ठले झन्डै एक वर्षपछि फुटबल मैदानमा पुनरागमन गरेका छन् । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमार्फत रविन मैदान फर्केका हुन् । अर्को विभागिय टोली एपिएफलाई आइतबार तिलोत्तमाको क्वार्टरफाइनलमा १–० ले हराउँदा रविन पुलिस टोलीका सदस्य थिए । गत वर्ष मार्च २८ मा एएफसी एसियन कप […]

March 11, 2018

विर्तामोड र राइनो डुवर्सको जित

काँकरभिट्टा (हाम्रो खेलकुद) – नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा आइतबार विर्तामोड भेट्रान फुटबल क्लब र भारतको राइनो डुवर्स भेट्रान फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा विर्तामोडले सीबीसी भेट्रान फुटबल क्लब चन्द्रगढीलाई ५–१ ले हरायो । विर्तामोडका देवमान लिम्बुले पहिलो गोल गरे भने सिबिसिका अर्जुन राईले बराबरी गोल फर्काए । त्यसपछि सुवास सुब्बाले […]

March 11, 2018

खेलाडीलाई गोदावरी नगरपालिकाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ । करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई […]

March 11, 2018

कुष्माण्ठ र भुटनदेवी मेयर कप उपाधिका लागि भिड्ने

अमृत चिमरिया हेटौंडा– कुष्माण्ड फुटबल टोली (वडा नं ९) र भुटनदेवी माता फुटबल टोली (वडा नं १०) बीच मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । भुटनदेवीले वडा नं १६ लाई ४–० र कुष्माण्डले बनस्खण्डी टोली (वडा नं २ ) लाई १–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । हेटौंडामा सञ्चालन […]

March 11, 2018

इसिडिसी तेक्वान्दो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अर्ली चाइल्ड डेभलपमेन्ट सेन्टर (इसिडिसी) प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङदद्वारा आयोजित प्रथम उपत्यकाव्यापी प्रतियोगितामा सहभागी १५ टिमलाई पछि पार्दै इसिडिसी च्याम्पियन बन्न सफल भएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका १५ टिमका २०० जना खेलाडीबीच सम्पन्न भएको प्रतियोगितामा इसिडिसीले ४ स्वर्ण १ रजतसहित टिम […]

March 11, 2018

ब्याडमिन्टन र लन टेनिस शुरु

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय खेलकुद समितिको आयोजनामा ‘१४ औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’ र ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ आइतबारबाट शुरु भएको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको लनटेनिसको इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा एपीएफका सुरज कुमार श्रेष्ठले त्रिभुवन आर्मी क्लवका संजय कुमार झालाई […]

Tej

March 11, 2018

पुलिसको जितमा तेजको उत्कृष्ट गोल (हाइलाइट्स)

बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न तेज तामाङले उत्कृष्ट गोल गरे । तेजको निर्णायक गोलमा पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराएको हो। हेर्नुहोस खेलको हाइलाइट्स भिडियो :

March 11, 2018

शंकरदेव र कसमस क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता शंकरदेव कलेज र कसमस कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा शंकरदेवले युनिग्लोब कलेजमाथि ६५ रनको जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । शंकरदेवले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको […]

March 11, 2018

खुल्ला कराते चैत्र पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते–डो संघ बज्रको आयोजनामा चैत पहिलो साता १५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुल्ला फुलकन्टयाक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कवर्डहलमा चैत २ र ३ गते हुने नेपाल क्योकुसिन कराते–डो संघ बज्रका अध्यक्ष जगत गौचनले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । […]

Success

Thank you for your time.