default_image

ताजा समाचारहरु

March 14, 2018

तिलोत्तमा गोल्ड कप सेमिफाइनल – पुलिस आयोजक रुपन्देहीसँग भिड्दै

दिपक न्यौपाने बटुवल – देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र आयोजक लाली रुपन्देही ११ बीच पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक टोली यसपटक दुई खेल जित्दै अन्तिम चारमा पुगेको थियो भने पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफ क्लबको चुनौतिलाई समाप्त पारेको थियो । यो सिजन सन्तोषजन […]

bimal

March 14, 2018

विमल र मोहन बगानको सम्झौता सहमतिमा अन्त्य

कोलकाता (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्ति मगर र भारतीय क्लब मोहन बगानले आपसी समझदारीमा ३ महिनाको लागि गरिएको सम्झौता ४५ दिनमै टुंग्याएका छन् । विमल आज नेपाल आउँदै छन् । हाइटीका सोनी नर्डे घाईते भएपछि कोलकाता पुगेका विमलले सोचे अनुरुपको भूमिका प्राप्त गर्न सकेनन् । नेपालका गोलरक्षक किरण चेम्जोङ आबद्द मिनेर्भा पन्जाबले आइलिग […]

March 14, 2018

‘बाहिरिनु क्लबका लागि नयाँ विषय होइन’ – मौरिन्हो

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिनु कुनै नौलो विषय नभएको प्रशिक्षक जोसे माउरिन्होले बताएका छन् । सेभियासँग मंगलबार २–१ ले पराजित हुँदै यनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । विसमन बेन येडरले सेभियाका लागि २ गोल गरेको खेलमा घरेलु मैदानमा युनाइटेडका लागि रोमेलु लुकाकुले सान्त्वना गोल फर्काएका थिए । पहिलो लेग गोलरहित […]

United

March 14, 2018

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

म्यानचेस्टर (एजेन्सी) – घरेलु मैदानमा भएको खेलमा सेभिल्लासँग १-२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । पहिलो लेग गोल रहित बराबरी पछि दोस्रो लेगमा युनाइटेड पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । सेभिल्लाको विसम बेन येडरले दुवै गोल गरे । युनाइटेडका लागि रोमेलु लुकाकुले गोल गरेपनि त्यो अपुग रह्यो । सेभिल्लाले पहिलो हाफमा […]

March 13, 2018

‘नेयमार फर्कने सम्भावना छैन’ –बार्सिलोना

बार्सिलोना (एजेन्सी)– ला लिगाको शीर्ष टोली बार्सिलोनाको बोर्ड अफ डाइरेक्टरले टोलीका पूर्व स्टार नेयमारलाई पुनः क्लबमा ल्याउने कुनै सम्भावना नरहेको बताएको छ । सिजनको सुरुवातमा नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका थिए । बार्सिलोना बोर्डका प्रवक्ता जोसेप भिभ्सले क्लबले नेयमारसँग पुनः सम्झौता गर्ने भन्ने विषय हल्ला मात्र भएको प्रष्ट पारेका छन् । नेयमार पिएसजीमा […]

March 13, 2018

एपिएफ र आर्मी विजयी

काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागिय टोली नेपाल एपिफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक खुुल्ला महिला भलिबल प्रतियोगितामा मंगलबार विजयी भएका छन् । एपिएफको मुख्यालय हल्चोकमा भएको खेलमा आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । यसैगरी एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लव काठमाडौंलाई […]

March 13, 2018

नङ्सल र रसिला फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबकी द्धय खेलाडी नङ्सल देवी तामाङ र रशिला महर्जन राजधानीमा जारी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा पुगेका छन् । हल्चोकस्थित एपिएफको मुख्यालयमा भएको सेमिफाइनलको नङ्सलले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेकी हुन् । रशिलाले […]

March 13, 2018

भुटनदेवीलाई मेयर कप फुटबल उपाधि

अमृत चिमरिया हेटौंडा – हेटौडा वडा नम्बर १० को भुटनदेवी टोलीले मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनलमा वडा नम्बर ९ को कुष्माण्डलाई १–० ले हराउँदै भुटनदेवी च्याम्पियन बनेको हो । भुटनदेवी यसअघिको उपविजेता टोली हो । सुशान्त लामाले गरेको गोल भुटनदेवीलाई च्याम्पियन बनाउन पर्याप्त रह्यो । उनले […]

March 13, 2018

मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा, आर्मीको दोस्रो टोली पराजित

दिपक न्यौपाने बुटवल– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो सिजनको सर्वाधिक सफल त्रिभुवन आर्मी क्लबको दोस्रो टोलीलाई मंगलबार ३–० ले हराउँदै मनाङ तिलोत्तमाको अन्तिम चारमा पुगेको हो ।   मनाङको जितमा विशाल राईले २ र विदेशी खेलाडी भिक्टोरले १ गोल गरे । मनाङले बिहीबार अर्को […]

March 13, 2018

कसमस र टियु सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र त्रिभुवन विश्व विद्यालय (टियु) राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कसमसले न्यु समिट कलेजलाई तथा टियुले क्यारिबियन कलेजलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा कसमसले […]

Success

Thank you for your time.