default_image

ताजा समाचारहरु

March 22, 2018

एन्फाको निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो । दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी […]

national team warm up

March 22, 2018

नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार नेपालले अप्रिल १ मा मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्यसअघि नेपालले एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमनसँग कतारमा खेल्दैछ । नेपाली टोली यमनसँगको खेलको तयारीमा […]

March 22, 2018

रियल म्याड्रिडमा ह्यारी केनको चर्चा

म्याड्रिड (एजेन्सी)– अर्को सिजन सुरु हुन यता नै विभिन्न फुटबल खेलाडीहरुको सरुवाको चर्चा चल्न सुरु भइसकेको छ । जसमध्ये इंग्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केन निकै चर्चाको विषय बनेका छन् । सिजनको शुरुवात देखि निकै चर्चामा आएका केन टोटनह्यम हटस्परका स्टाइकर हुन् । उनले अघिल्लो सिजनमा बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछाडि पार्दै सिजनकै सबैभन्दा बढि […]

March 22, 2018

प्रशंसकहरुका लागि हेयर स्टाइल परिर्वतन गर्छु – नेयमार

पेरिस (एजेन्सी) – पछिल्लो विश्वकपयता नेयमारको हेयर स्टाइलले  निकै चर्चा पाएको छ । उनले हरेक सिजनमा नयाँ प्रकारको हियर स्टायल अप्नाउने गर्दछन् । उनले आफ्नो हेयर स्टाइल आफ्नो लागि नभई आफ्ना प्रशंसकहरुका लागि परिवर्तन गर्ने बताए । यस सिजन नेयमार बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका थिए । […]

March 22, 2018

‘एक दिवसिय मान्यता पनि विश्व कप खेल्ने सरह’ -सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालले एक दिवसिय मान्यता पाउनु नै विश्व कप खेल्नु सरह भएको बताएका छन् । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले चार वर्षको लागि एक दिवसिय मान्यता पाएको थियो […]

March 22, 2018

वेष्ट इन्डिज विश्वकप क्रिकेटका लागि छनोट

जिम्बावे (एजेन्सी) – पूर्व विजेता वेष्ट इन्डिज आईसीसी एक दिवसीय विश्वकप क्रिकेटका लागि छनोट भएको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा बुधबार स्कटल्याण्डलाई डकवर्थ एण्ड लुइसको आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् २०१९ मा हुने एक दिवसीय विश्वकप का लागि बुधवार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट […]

March 21, 2018

भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा हुनुपर्दछ – श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदलाई विखण्डन गर्ने शक्तिलाई परास्त गर्दै खेलकुदको विकास गर्नु पर्ने सांसद एवं नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठले बताएका छन् । नेपाल खेलकुद महासंघले बुधबार आयोजना गरेको वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना बारे छलफल तथा शुभकामना कार्यक्रममा श्रेष्ठले खेलकुदको विकास गर्न कुनै पनि बाधा अड्चन हटाई विश्वव्यापी […]

March 21, 2018

राष्ट्रिय पुरुष भलिबललाई ह्योसिमेसको साथ

काठमाडौं (हाम्रो खेलकुद)– नमुना युथ एक्टिभ ग्रुपले आयोजना गर्ने दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई मेलम्ची खानेपानी ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (ह्योसिमेस)ले मुख्य प्रायोजन गरेको छ । बुधवार पत्रकार सम्मेलनमा मुख्य प्रायोजन गरेबापत ८ लाखको चेक ह्योसिमेसका अध्यक्ष उपेन्द्र तामाङले ग्रुपका अध्यक्ष शिर बहादुर तामाङलाई हस्तान्तरण गरे । मेलम्ची खानेपानी ह्योसिमेस […]

March 21, 2018

‘खेलकुदलाई उच्च प्राथमिकतामा राखिने छ’- खेलकुद मन्त्री विश्वकर्मा

पोखरा (हाम्रो खेलकुद)– नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले खेलकुद विकासलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीले बुधबार आफ्नो स्वागतमा राखेको कार्यक्रममा विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिने दोहोराएका छन् । मन्त्री विश्वर्माले अर्को वर्ष आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद […]

March 21, 2018

एक दिवसिय मान्यता प्राप्त नेपालका महिला क्रिकेटर प्रतियोगिता खेल्न खर्च जुटाउँदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुरुष क्रिकेट टोलीले एक दिवसिय मान्यता पाएकोमा देशभर खुसियाली मनाइयो ।  विश्व कप छनोट खेलेर एक दिवसिय मान्यता प्राप्त गरेर सोमबार स्वदेश फर्कको नेपाली टोलीलाई स्वागत गर्न नवनियुक्त मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव, राखेप सदस्यसचिवलगायत उच्च अधिकारी र ठूलो संख्यामा समर्थक त्रिभुवन विमानस्थल पुगेका थिए । पुरुष टोलीले एकपछि अर्को सफलता […]

Success

Thank you for your time.