default_image

ताजा समाचारहरु

March 27, 2018

नेपाल र यमनको पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र यमनबीच एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलको पहिलो हाफमा १–१ को बराबरी भएको छ । नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । करातमा जारी खेलको २४ औं मिनेटमा यमनले अग्रता लिएपनि मध्यान्तर हुन केहि समय बाँकी रहँदा नेपालले बराबरी गोल फर्काएको थियो । […]

March 27, 2018

माइभ्याली गोल्डकपको तयारी तीब्र

दिपक बोहोरा पाँचथर– माइभ्याली गोल्डकप अर्को महिना आयोजना हुने भएको छ । इलामको ठूलो टुडिखेलमा वैशाख ६ गतेबाट सुरु हुने प्रतियोगितामा ए डिभिजन क्लब, भारतका २ र बंगलादेशको एक गरि १२ टोलीको सहभागिता रहने आयोजक माइभ्याली फुटबल क्लबले जानकारी दिएको छ । पुरस्कार राशीमा बृद्धि गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख, दोस्रो हुने टोलीले ३ […]

March 27, 2018

रोहित, विमल र किरण सुरुवाती ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार ९ बजे सुरु हुने छ । समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ […]

March 27, 2018

मदन भण्डारी गोल्डकपमा एपिएफ बाहिरियो

दिपक न्यौपाने बुटवल – विभागीय टोली एपिएफ क्लबलाई टाईब्रेकरमा पराजित गर्दै घरेलु टोली सुनौलो संगम क्लबले बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको क्वाटरफाइनल खेलमा विभागीय टिम एपिएफलाई […]

default_image

March 27, 2018

अन्तर क्लब भारोत्तोलन चैत अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा प्रथम ‘अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता’ चैत अन्तिम साता हुने भएको छ । ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलोपटक ‘अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता’ चैत २८ र २९ गते आयोजना गर्न लागिएको काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले जानकारी गराए । १८औं […]

default_image

March 27, 2018

जिल्लाब्यापी रनिङ शिल्ड ब्याडमिन्टन सुरु

ललितपुर (हाम्रो खेलकुद) – प्रथम ललितपुर जिल्लाब्यापी रनिङशिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितमा यु–१५ पुरुष, शीर्ष २० बाहेका पुरुष युगल, भेट्रान ३५ वर्षमाथि जोडी गरी तीन विधामा प्रतिस्पर्धा हुने ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुनिल शाक्यले जानकारी गराए । ललितपुर जिल्ला भित्रका २६ क्लबको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ १४ खेलाडीले तथा पुरुष जोडीतर्फ […]

March 27, 2018

भक्तपुरका क्लबहरुले मुद्दा फिर्ता लिए

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरका विभिन्न तीन क्लबहरुले भक्तपुर जिल्ला फुटबल संघविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका छन् । भक्तपुर फुटबल संघ, भक्तपुर युनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी भक्तपुर जिल्ला अदालतमा जिल्ला फुटबल संघविरुद्ध हालेको रिट फिर्ता लिएको जानकारी गराए । भक्तपुर जिल्ला फुटबल संघविरुद्धको रिट […]

March 27, 2018

डिजिएमटी टी–ट्वान्टी क्रिकेट वैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दीपक गुप्ता मेमोरियल (डिजिएमटी) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जनकपुरमा हुने भएको छ । मैदान अभावका कारण तीन वर्षदेखि रोकिएको (डिजिएमटी) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगमी वैशाख पहिलो साताबाट हुने धनुषा जिल्ला क्रिकेट संघले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गरायो । मैदानकै अभावका कारण ३ वर्षपछि पुनः प्रतियोगिता सञ्चालन […]

March 27, 2018

विराटनगरमा एक दिवसीय ‘विराट क्रिकेट कप’ हुने

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पूर्वाञ्चल क्रिकेट एकेडेमीका सचिव सुवरथ पौडेलले पूर्वाञ्चलका पूर्व राष्ट्रिय खेलाडीहरु नरेश श्रेष्ठ र युनिल श्रेष्ठको पहलमा […]

March 27, 2018

यमनविरुद्ध विमल र नवयुग पहिलो रोजाईमा !

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट फुटबलमा नेपालले आज आफ्नो अन्तिम खेलमा यमनको सामना गर्दैछ । समूह एफअन्तर्गतको खेल कतार स्पोट्र्स क्लब सुहेन बिन हमाद रगंशालामा हुनेछ । दुई दिनअघि कतार पुगेको नेपालले त्यहि मैदानमा अभ्यास गरेको थियो । एसिया कप छनोटको होडबाट बाहिरिसकेको नेपालको लागि यस खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । यमनविरुद्धको […]

Success

Thank you for your time.