default_image

ताजा समाचारहरु

March 31, 2018

झापा ११ कटारी मेयर गोल्ड कप च्याम्पियन , वर्षको पहिलो उपाधि

उदयपुर (हाम्रो खेलकुद)– रमपम झापा ११ ले चौथो कटारी मेयर गोल्डकप फुुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई शनिबार  टाइब्रेकरमा ४–२ ले हराउँदै झापा च्याम्पियन बनेको हो । झापाको यो वर्षको पहिलो पहिलो उपाधि हो । झापा गत महिना आफ्नै आयोजनमा भएको झापा गोल्ड कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । उदयपुरको […]

March 31, 2018

गजेन्द्र र धिरज राष्ट्रिय स्केटबोर्ड च्यम्पियन

पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका गजेन्द्र वर्देवाले दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियरतर्फ च्याम्पियन बनेका छन् । पोखरा रंगशाला स्थित अन्नपूर्ण स्केटवोर्ड स्थल भएको प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समूह गजेन्द विजयी बने भने कास्कीका समिर विल्सन दोस्रो र कास्की पेन्टोलिन शेर्पा तेस्रा भए । पुरुष १४ वर्ष […]

March 31, 2018

बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी सुरु

पोखरा (हाम्रो खेलकुद) – बुल्समेन क्लब पोखराले आयोजना गर्ने तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । शनिबार पोखरामा एक कार्यक्रममा क्लबका अध्यक्ष नुना गुरुङले तयारी सुरु भएको जानकारी दिएका हुन् । उनले प्रतियोगिता अर्को वर्ष भदौ १६ गते आयोजना गरिने बताए । भविष्यका कर्णधार युवालाई शारिरिक रुपमा जोशिलो बनाउँदै […]

March 31, 2018

रुस्लान डिपिएल २- काठमाडौं गोल्डेन्सको जित, अमितको अर्धशतक

धनगढी (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले रुस्लान डिपिएल २ मा विजयी सुरुआत गरेको छ । ओपनर अमित श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित काठमाडौंले उद्घाटन खेलमा शनिबार धनगढी टिम चौराहालाई ७ विकेटले हराउँदै जितबाट यात्राको सुरुआत गरेको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको काठमाडौंले अमितको अर्धशतकको मद्दतमा […]

March 31, 2018

रुस्लान डिपिएल २ – काठमाडौं गोल्डेन्सलाई १ सय ४६ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद)– रुस्लान डिपिएल २ को उद्घाटन खेलमा धनगढी टिम चौराहाविरुद्ध काठमाडौं गोल्डेन्सले १ सय ४६ रनको लक्ष्य प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले सुनिल धमलाको अर्धतशतक निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा उत्रेका […]

March 31, 2018

डिपिएलको उद्घाटन खेलमा सुनिलको अर्धशतक

धनगढी (हाम्रो खेलकुद)– रुस्लान डिपिएल २ को उद्घाटन खेलमा धनगढी टिम चौराहाका लागि अर्धशतक पुरा गरेका छन् । ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा उत्रेका सुनिलले चौका प्हार गर्दै अर्धशतक पुरा गरेका थिए । यो समाचार तयार पार्दा सम्म काठमाडौं गोल्डेन्सविरुद्धको खेलमा धनगढीले १६ ओभरमा १ विकेटको क्षेतिमा १ सय १० रन […]

March 31, 2018

विदित अर्को साता सिंगापुर जाँदै, पूर्व कप्तान हरिले गरे विदाई

काठमाडौँ (हाम्रो खेलकुद) – सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेनसमा प्रशिक्षणका लागि छनोट भएका विदितमान तुलाधारलाई ग्रासरुट फुटसल एकेडेमीले शनिबार बिदाई गरेको छ । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, विदितका प्रशिक्षक एकेडेमीका टेक्निकल डाइरेक्टर राजु श्रेष्ठ, एकेडेमीका प्रशिक्षार्थी, अविभावक लगायतले विदाई गरे । विविद चैत २३ गते सिंगापुर प्रस्थान गर्नेछन् । उनी एक साता अभ्यास […]

March 31, 2018

‘म यहाँ जित्न आएको हु’ – इब्राहिमोभिच

न्यूयोर्क (एजेन्सी)– क्लबका नयाँ खेलाडी ज्लाटान इब्राहिमोभिच खेलका लागि अझै भोको रहेको एलए ग्यालेक्सीले दाबी गरेको छ । इब्राहिमोभिचले आफ्नोतर्फबाट सबै दिने प्रयास गरेपछि एलए ग्यालेक्सीबाट यस्तो दाबी सार्वजनिक आएको हो । उनले दुई वर्ष अघिनै ग्यालेक्सी आउने मन भएपछि म्यानचेस्टर युनाइटेडसँगको सम्झौताका कारण सम्भव नभएको बताएका छन् । ‘मेरो दिमागमा यो ठाँउ थियो । […]

March 30, 2018

स्ट्रेर्लिङप्रति रियलको चासो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर सिटीका रहिम स्ट्रेर्लिङलाई क्लबमा भित्राउन चासो देखाएको छ । पेप ग्वार्डिओलाको प्रशिक्षणमा स्ट्रेर्लिङले यो सिजन २० गोल गर्नुका साथै ११ एसिस्ट गरिसकेका छन् । जसले उनलाई प्रिमियर लिगकै महत्वपूर्ण खेलाडीमध्येका रुपमा स्थापित गराएको छ । त्यहि उच्च प्रदर्शनका कारण विङ्गर एवंम् फरवार्ड स्ट्रेर्लिङप्रति रियलले चासो देखाएको समाचारहरुमा उल्लेख गरिएको छ […]

March 30, 2018

चौथो मिस्टर फिटनेस फस्र्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) –चौथो अन्तरक्लब मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ । सतुङ्गल पार्टि प्यालेसमा आयोजना हुने प्रतियोगितामा क्लबका आफ्नै तीन शाखाहरुमा प्रशिक्षण भइरहेको आयोजक फिटनेस फस्र्टका बुद्धिजंग कार्कीले शुक्रकार आयोजित सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ६०, ७०, ७० केजी माथी तौल समूह तथा स्पोर्टस […]

Success

Thank you for your time.