default_image

ताजा समाचारहरु

April 1, 2018

फ्लाइटेक महिला फुटसलको उपाधि सियोललाई

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा शनिबार सम्पन्न फ्लाइटेक महिला फुटसल प्रतियोगिताको उपाधि सियोल इन्स्टिट्युटले जितेको छ । सियोलले फाइनलमा पासाङ ल्हामु शेर्पा कलेजलाई २ गोलले पराजित गर्न सफल भएको हो । निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । सियोलले सो समयमा दुई गोल गर्दै रोमाञ्चक जित हांसिल गरेको हो । सियोल र […]

April 1, 2018

माल्दिभ्समा सावित्रा र अनिता दुवैको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनमा माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टामा पुलिस क्लबले लगातार सफलता हासिल गरिरहेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले मात्र गोल गरेको खेलमा शनिबार पुलिसले कस्टम आरसीमाथि ९–१ को फराकिलो जित हासिल गरेको छ । सावित्राले टोलीका लागि लगातार चार खेलमा गोल गरिसकेकी […]

April 1, 2018

रियलको सहज जित, बार्सिलोना रोकियो

पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे । बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा […]

April 1, 2018

पारस पनि आइपिएलमा आबद्ध !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश गरेको हो । पारस अघि दिल्ली डेयरडेभिल्सले नेपालका स्पिनर सन्दिप लामिछानेलाई आबद्ध गरेको थियो । कप्तान पारसले गत महिना सञ्चालित आइसीसी विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा […]

March 31, 2018

गोल्डेन गेटलाई क्वीक्स बास्केटबल लिगको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– गोल्डेनगेट कलेजले ‘होम एण्ड अवे’ को आधारमा पहिलोपटक भएको क्वीक्स बास्केटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिपर्धात्मक फाइनल खेलमा विभागीय टोली आर्मीलाई ९७–९६ को झिनो अन्तरमा पराजित गर्दै गोल्डेनगेटले उपाधि जितेको हो ।   खेल सकिन एक सेकेण्ड बाकी रहँदा मनिषराज राजोपाध्यायले महत्वपूर्ण […]

Salah

March 31, 2018

इजिप्टको राष्ट्रपति चुनावमा मोहम्मद सालाहलाई १० लाख मत !

काइरो (एजेन्सी) – लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् । उनले इजिप्टमा अहिले यति प्रभाव बनाएका छन् कि राष्ट्रपतिको चुनावमा उठ्दै नउठी उनले १० लाख मत पाएका छन् । सालाहले दुई साता अघि वाटफोर्ड विरुद्ध चार गोल गरेका थिए । इजिप्टबाट मैत्रीपूर्ण खेलमा उनले पोर्चुगल विरुद्ध पनि एक […]

March 31, 2018

झगडाका कारण राजर्षी जनक फुटबलको फाइनल स्थगित

सर्लाही (हाम्रो खेलकुद) – विवादका कारण सर्लाहीको बागमतीमा जारी राजर्षी जनक फुटबल प्रतियोगिताको फाइनल स्थगित भएको छ । त्रिभुवन आर्मीविरुद्धको खेलमा शनिबार सुदूरपश्चिम ११ ले २–१ को अग्रता लिएको बेलामा झगडा र अर्को तिर आर्मीले खेल्न नमानेपछि खेल स्थगित भएको छ । खेल अन्तिम २० मिनेट बाँकी रहँदा खेल स्थगित भएको थियो । पहिलो हाफमा […]

March 31, 2018

रोहित सम्मिलित पर्सिजाको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियन लिगा १ को दोस्रो खेलमा पर्सिजा जाकार्ताले अरेमा एफसीलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । पर्सिजाका लागि मार्को सिमिचले खेलको २७ औं मिनेटमा गोल गरे पनि अरेमाका अह्मेत अतायुले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरी पारेका थिए । दोस्रो हाफमा सिमिचले पुन: गोल गरे भने जैमेर्सन डा सिल्भाले […]

March 31, 2018

मनाङ मदन भण्डारी गोल्डकपको फाइनलमा, सुजलको ह्याट्रिक

दिपक न्यौपाने बुटवल (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई हुन्डाई मनाङ र्मस्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सुजल श्रेष्ठको ह्याट्रिक र अन्जन विष्टको २ गोलको मद्दतमा साविक विजेता सुनौलो संगम रुपन्देहीलाई शनिबार ५–० ले हराउँदै मनाङले उपाधि नजिक पुगेको हो । रामनगरस्थितमानव ज्ञान माविको मैदानमा सुजलको पेनाल्टी गोलबाट मनाङले […]

March 31, 2018

सालाहको निर्णायक गोलमा लिभरपुल विजयी

लण्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ को गोलअन्तरले हराएको छ । लिभरपुलका लागि उसका स्टार खेलाडी मोहम्मद सालाहले निर्णायक गोल गरे । क्रिस्टल प्यालेसले पहिलो हाफमा गोल गरे पनि लिभरपुल दोस्रो हाफमा खेलमा फर्केको थियो । लिभरपुलका गोलकिपर लोरिस केरियसले प्यालेसका विल्फ्रिड जाहालाई फल गर्दा उनले पेनाल्टी जितेका थिए । […]

Success

Thank you for your time.