default_image

ताजा समाचारहरु

April 2, 2018

मसुरीयामा प्रदेश स्तरीय गौरीगंगा कप फुटबल हुने

धनगढी (हाम्रो खेलकुद)– कैलालीको मसुरीया प्रथम सुन्दर सुदूर पश्चिम स्तरिय आमन्त्री गौरीगंगा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरीयामा चैत २६ गते प्रतियोगिता सुरु हुने आयोजक गौरी गंगा स्पोर्ट क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । झण्डै चार लाख रुपैयाँ पुरस्कार रहने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने […]

April 2, 2018

प्रदेश ४ का मुख्य मन्त्री गुरुङ फुटबल मैदानमा उत्रने

पोखरा (हाम्रो खेलकुद) – खेलकुदका माध्यम द्वारा विश्वमा शान्तीको सन्देश प्रभाव गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघले अपिल ६ लाई विशेष रुपमा मनाउने तयारी गरिरहँदा प्रदेशमा ४ मा मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ । जनप्रतिनिधि र भूतपूर्ण खेलाडी मञ्चबीच शनिबार मैत्रीपूर्ण खेल हुनु भएको छ । जनप्रतिनिधिको टोलीको कप्तानी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ […]

Paul Pogba Manchester United

April 2, 2018

फ्रान्सले विश्वकप जित्न सक्छ – पोग्बा

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पल पोग्बाले आफ्नो राष्ट्रिय टोली फ्रान्सले यस पटक विश्वकप जित्न सक्ने बताएका छन् । यस वर्ष रुसमा आयोजना हुने विश्वकप २०१८ मा फ्रान्सलाई पनि प्रबल दाबेदार मानिएको छ । तर फ्रान्सले विश्वकप छनोट हुने क्रममा केही निराशजनक नतिजा पनि ल्याएको थियो । हालै सम्पन्न मैत्रीपूर्ण खेलमा पनि फ्रान्स […]

Three Star

April 2, 2018

रुस्लान थ्री स्टारलाई मदन भण्डारी गोल्डकप उपाधि

दिपक न्यौपाने बुटवल – विदेशी खेलाडी अजयी मार्टिनको निर्णायक गोलमा रुस्लान थ्री स्टार क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चिर प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई २–१ ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो । विहान सम्म २४ घन्टामा अर्को खेल नखेल्ने बताएको थ्री स्टार आयोजकले माफी मागेपछि […]

April 2, 2018

काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद)– काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा लगातार दोस्रो जित हासिल गरेको छ । काठमाडौंले सोमबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स ६३ रनले हराएको छ । रुपन्देहीको लगातार यो दोस्रो हार हो । टोली आइतबार सिवाईसी अत्तरियासँग ९ विकेटले पराजित भएको थियो । काठमाडौंले पहिलो खेलमा धनगढी टिम चौराहामाथि जित दर्ता […]

April 2, 2018

रुस्लान डिपिएल २ – धनगढीको पहिलो जित

धनगढी (हाम्रो खेलकुद) – सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सोमबार सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ । १ सय ५१ रनको लक्ष्य पछ्याएको धनगढीले ७ विकेट गुमाएर ४ बलअघि आवश्यक रन बटुलेको थियो ।   दोस्रो खेलमा साविक विजेता धनगढीको यो पहिलो जित हो । पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग […]

April 2, 2018

मदन भण्डारी गोल्डकप फाइनल आजै हुने, थ्री स्टार खेल्न राजी

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक माफी मागेपछि बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आजै खेल्न रुस्लान थ्री स्टार क्लब तयार भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई आइतबार १–० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो । फिफा नियम विपरित २४ घन्टा पनि नवित्दै आफुहरु फाइनल नखेल्ने प्रशिक्षक मेघराज केसीले सोमबार बिहान बनाएका […]

April 2, 2018

 थ्री स्टारद्वारा आज फाइनल खेल्न अस्वीकार, आयोजक भन्छ– ‘आजै हुन्छ’

काठमाडौं (हाम्रो खेलकुद)– आयोजकले बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आज नै हुने दाबी गरिरहँदा उपाधिका लागि भिड्नु पर्ने रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले कुनै हालतमा नखेल्ने बताएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई आइतबार १–० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो । फिफा नियम विपरित २४ घन्टा पनि […]

April 2, 2018

पाँचथर गोल्डकपको तयारी अन्तिम चरणमा

दिपक बोहोरा पाँचथर– अर्को साता सुरु हुने दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । चैत २५ गते सुरु हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि अस्थाइ प्यारापिटको निर्माण सम्पन्न भइसकेको छ । अस्थाई प्यारापिट ५ हजार दर्शक क्षमता रहेको आयोजक पाँचथर क्लबले जनाएको छ । प्रतियोगिता नजिकिदै […]

April 2, 2018

टोटनह्यामले चेल्सीलाई हरायो, आर्सनलको पनि सहज जित

लन्डन (एजेन्सी) – गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे । एल्भारो मोराटाको हेडिङ गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफमा क्रिस्टियन एरिक्सनको शानदार प्रहारले पाहुना टोलीलाई खेलमा फर्काएको थियो । दोस्रो हाफमा अलिले दुई गोल गर्दै […]

Success

Thank you for your time.