default_image

ताजा समाचारहरु

April 7, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकपको फाइनलमा, विमल म्यान अफ दी म्याच

विराटनगर (हाम्रो खेलकुद)– सिजनमा दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रंगशालामा शनिबार भएको दिवा रात्री सेमिफाइनलमा सिएमजी क्लब संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधिका लागि सोमबार वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यी दुई […]

April 7, 2018

लिभरपुल र एभर्टनले बराबरी खेले

लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेपछि प्रिमियर लिगको पहिलो खेलमा शनिबार लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । साताको मध्यमा प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीलाई ३–० ले हराएको लिभरपुलले आजको पाँच खेलाडी परिवर्तन गरेको थियो । प्रशिक्षक योर्गन क्लोपले टोलीका उच्च गोलकर्ता मोहम्मद सालाहलाई लिएर जोखिम उठाउन चाहेनन् । […]

April 7, 2018

मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगियो

पोखरा (हाम्रो खेलकुद) – प्रदेश नं ४ का जनप्रतिनिधि सम्मिलित स्थानिय सरकार र पूर्व राष्ट्रिय खेलाडी सम्मिलित भूतपूर्व खेलाडी मंचबीच शनिबार भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाउन पोखरा रंगशालामा प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको कप्तानीमा स्थानिय सरकार र मञ्च अध्यक्ष तेज गुरुङको कप्तानीमा उत्रेको थियो । […]

April 7, 2018

आइपिएल आज सुरु हुँदै, सन्दीपको टोलीले भोली खेल्ने

मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिगको ११ औं संस्करण शनिबारबाट सुरु हुँदै छ । आइपिएलको नामले परिचित व्यवसायिक क्रिकेट सन् २००७ मा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले सुरु गरेको थियो । यो सिजन आज सुरु भएर मे २७ सम्म चल्ने छ । आइपिएल टि ट्वान्टी फर्म्याटमा हुनेछ ।          दुई […]

default_image

April 7, 2018

रोमाञ्चक खेलमा रुपन्देहीलाई पराजित गर्दै चौराहा प्ले अफमा

धनगढी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को प्ले अफमा पुग्न सफल भएको छ । लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान बनाएको हो । खेलमा चौराहाका लागि विस्फोटक ब्याटिङ् गरेका सोनु तामाङ् म्यान अफ द […]

April 7, 2018

रुपन्देही च्यालेंजर्सलाई ७७ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को आजको खेलमा घरेलु टोली टिम चौराहा धनगढीले रुपेन्देही च्यालेन्जर्सलाई जितका लागि ७७ रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रुपन्देहीले सोनु तामाङको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको हो । चौराहाका लागि सोनु […]

April 7, 2018

वर्षाका कारण चौराहा र रुपन्देहीको खेल ८ ओभरमा झारियो

धनगढी (हाम्रो खेलकुद) –रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को शनिबारको लागि तय भएको टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल ८ ओभरको हुने भएको छ । खेलमा रुपन्देही च्यालेंजर्सले टस जित्दै बलिङ् रोजेको छ । शुक्रबार रातिको हावा हुरीसहितको वर्षाले मैदान पूरै भिजेपछि पहिलो खेल कुन सकेको थिएन । मैदान सुक्न समय लागेपछि दोस्रो खेल पनि […]

April 7, 2018

महेन्द्रनगर र अत्तरियाको खेल रद्द:महेन्द्रनगर प्ले-अफमा

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले जमेको पानीका कारण रद्द भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । यि दुई टोलिले १-१ अंक बाढे पछि  महेन्द्रनगर युनाइटेड प्रतियोगितामा प्ले-अफ प्रवेश गर्ने दोस्रो टोली बनेको छ । शुक्रबार […]

April 7, 2018

कसरी पछि परे रोनाल्डो ?

म्याड्रिड (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्ट्सविरुद्ध रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गरेको उच्च प्रदर्शनको चर्चा अझै सेलाएको छैन । ३–० ले रियल जितेको त्यो खेलमा टोली गरेका सबै गोलमा रोनाल्डोको भूमिका रह्यो । बाइसाइकल किकसहित २ गोल र अर्को गोलका लागि उनले असिस्ट गरेका थिए । उनी च्याम्पियन्स लिगमा लगातार १० गोल […]

April 7, 2018

पाँचथर गोल्डकपको उद्घाटन खेलमा आयोजक र ताप्लेजुङ भिड्ने

दिपक बोहोरा पाँचथर – पाँचथर गोल्डकपको दोश्रो संस्करण आइतबार सुरु हुँदैछ । फिदिम माविको मैदानमा मिसन युनाइटेट ताप्लेजुङ र आयोजक पाँचथर क्लबबीचको उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए । प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख गोविन्द सुब्बाले गर्ने आयोजक क्लबले जानकारी दियो । दोश्रो पाँचथर […]

Success

Thank you for your time.