default_image

ताजा समाचारहरु

cl semi scorers

April 12, 2018

च्याम्पियन्स लिग सेमिफाइनल पुग्ने टोलीको यात्रा

किभ (युइएफए)– युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलमा अलग चार राष्ट्रका क्लबले स्थान सुरक्षित गरेका छन् । इङ्लिस क्लब लिभरपुल, इटालियन रोमा, स्पेनिस रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिखले यसपटक अन्तिम चारको यात्रा तय गरेका छन् । क्वार्टरफाइनलमा लिभरपुल अर्को प्रिमियर टोली म्यानचेस्टर सिटीलाई पराजित गर्दै अन्तिम ४ मा पुग्न सफल […]

April 12, 2018

रोनाल्डोले रोके युभेन्टसको पुनरागमन,सेमिफाइनल समिकरण पुरा

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड युभेन्टससँग ३-१ ले पराजित भए पनि समग्रमा ४-३ ले विजयी भएको छ । खेलको अन्तिम प्रहारमा क्रिस्टियानो रोनाल्डोले आफ्नो पेनाल्टी परिणत गर्दै रियललाई रोमाञ्चक ढंगले अन्तिम ४ पुर्‍याए । पाहुना टोली युभेन्टसले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल भएको थियो […]

April 12, 2018

आइपिएलमा राजस्थान रोयल्सको जित, सन्दीपले फेरि मौका पाएनन्

जयपुर (एजेन्सी)– वर्षाले प्रभावित इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा राजस्थान रोयल विजयी भएको छ । डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । राजस्थानले पुरा २० ओभर […]

April 12, 2018

एन्फा वरिष्ठ उपाध्यक्ष कुँवर साफ उपाध्यक्षमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष मणी कुँवर दक्षिण एसियाली फुटबल महासंघ (साफ) को उपाध्यक्षमा निर्वाचित भएका छन् । साफको अध्यक्षमा बंगलादेशका काजी सलाउद्दिनले निरन्तरता पाउँदा बुधबार कुँवरसँगै पाकिस्तानका सैयद खादिन अली शाह र श्रीलंकाका अनुरा डी सिल्भा तीन जना उपाध्यक्ष चयन भएको एन्फाले जनाएको छ । बंगलादेशमा भएको निर्वाचनमा […]

April 11, 2018

नयाँ वर्ष पूर्वसन्ध्यामा धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा नयाँ वर्षको अवसरमा शुक्रबार छैटौं संस्करणको पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी बजारमा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने आयोजक एसटिएस टेलिभिजनले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते राती १२ बजे फाइनल गरिने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए […]

April 11, 2018

एन्फा निर्वाचनको नयाँ मिति कहिले तय होला ?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका विषयमा अन्यौलता यथावत छ । यो क्रम कहिले सम्म रहने भन्नेमा यकिन जवाफ कोहिसँग छैन । व्यक्तिगत कामले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ यति बेला अस्ट्रेलियामा छन् । जिल्ला फुटबल संघ भक्तपुर र मकवानपुरका तत्कालिन पदाधिकारीले एन्फा साधारण सभामा भाग लिने पाउनु पर्ने मागसहित पाटन […]

April 11, 2018

संगिताले तोडिन् १२ बर्ष पुरानो कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – संगिता राईले १२ वर्षअघिको पुरानो कीर्तिमान भंग गरेकी छिन् । संगिताले काठमाडौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान ४८ केजी तौल समूहमा नीता थापाले राखेको १२ वर्ष अघिको किर्तिमान भंग गरेकी हुन् । नेपाल पुलिस क्लबकी संगिताले सिनियर तर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाण्डौमा भएको ३५ […]

April 11, 2018

च्याम्पियन्स लिगमा बायर्न र सेभिल्ला खेल्दै

 म्युनिख (एजेन्सी)– च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला भिड्दैछन् । खेल म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा राति १२ः३० बजे सुरु हुनेछ ।  पहिलो लेगमा म्युनिखले २–१ को जित निकालेको थियो । घरेलु लिगको उपाधि जितिसकेको म्युनिख दोस्रो लेगमा पनि सेभिल्लालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । बायर्नलाई […]

April 11, 2018

आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं ५ (साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति) मा अर्को वर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बुधबार बसेको बोर्डको १ सय नवौं बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिर […]

April 11, 2018

नवयुग सम्मिलित विर्ता युनाइटेड सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर – विजय युथ क्लब हेटौडालाइ ४–२ ले पराजित गर्दै विर्ता युनाइटेड झापा वाइ वाइ दाश्रो पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको  सेमिफाइनल प्रवेश गरेको छ। बिर्ता प्रतियोगिताको साबिक विजेता हो। फिदिम मा.बि मैदानमा भएको खेलमा विर्ताका पुष्प मादेनले ह्याट्रिक गरे भने राष्ट्रिय टोली तथा नेपाल आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले पनि गोल गरे। […]

Success

Thank you for your time.