default_image

ताजा समाचारहरु

April 17, 2018

दक्षिण एसियाली जुडो च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जुडो संघले अर्को साता आयोजना गर्ने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा ३ दिनसम्म हुने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सबै तयारी पुरा भएको मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जनाएको हो ।   […]

April 17, 2018

नेयमार पिएसजीमै रहने प्रशिक्षकको विश्वास

पेरिस (एजेन्सी)– नेयमार क्लबमै रहने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक युनी इम्रीले विश्वास व्यक्त गरेका छन् । रियल म्याड्रिड जाने व्यापक चर्चाकाबीच प्रशिक्षक इम्रीको यस्तो भनाई आएको हो । रियलले अर्को सिजन ब्राजिलियन सुपर स्टारलाई भित्राउने योजनामा रहेको पटक पटक सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रियलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पराजित भएपछि बार्सिलोनाका […]

April 17, 2018

‘निलम्बन फुकुवाको आशा छ’ : निर्वाचित क्यान

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसीको निलम्बन फुकुवा हुने आपेक्षासहित नेपाल क्रिकेट संघ (क्यान) को यसै साता वर्षे विशेष साधारण सभामा हदैसम्मका लचकता प्रस्तुत हुने क्यानको निर्वाचित समितिले जनाएको छ । क्यानको बिहिबार र शुक्रबारका लागि तय भएको विशेष साधारण सभाले विधान संसोधनमा यसअघिका सर्तबाट पछि हट्ने तयार रहेपनि निलम्बन फुकुवा हुने अपेक्षा गरिएको मंगलबार राजधानीमा […]

messi Celta

April 17, 2018

सेल्टाको घरेलु मैदानमा मेस्सीको परीक्षा

भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्।  सेल्टाको घरेलु मैदानमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले सन् २०१३ यता गोल गर्न सकेका छैनन्। २०१२/१३ को सिजनमा सेल्टासँगको २-२ को बराबरीमा मेस्सीले पछिल्लो पटक सेल्टाको […]

April 17, 2018

टेबलटेनिस टोली माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– जुनियर दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ ।अप्रिल २० देखि २२ तारिखसम्म हुने यु–१८ उमेरसमूहको यो प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाईं गरे । विदाईमा अखिल […]

April 17, 2018

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले […]

April 17, 2018

नेयमारमाथि पेलेको विश्वास

रियो डि जेनेरियो (एजेन्सी)– रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व कपमा जर्मनीसँग सेमिफाइनलमा ७–१ को लज्जास्पद हार बेर्होदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो । तर, चोटका कारण नेयमारले त्यो सेमिफाइनल गुमाएका थिए । त्यति बेला पनि नेयमारबाट ठूलो […]

german league

April 17, 2018

जर्मन लिगमा अनौठो घटना

मैन्ज (एजेन्सी)– जर्मन बुन्डेसलिगामा गएरातीको खेलमा रेफ्रीले अनौठो निर्णय दिएका छन् । पहिलो हाफको अन्त्य पछि सबै खेलाडी मैदान छाडेर ड्रेसिङ रुम पुगेपछि रेफ्रीले खेलाडीहरुलाई मैदानमा बोलाएर मैन्जलाई पेनाल्टी दिएका थिए।   मैन्जको घरेलु मैदानमा फ्रेइजबर्गविरुद्धको खेलमा पहिलो हाफ सकिएको थियो। त्यतिकैमा रेफ्री गुइडो विङकमानले भिडियो असिस्टेन्ट रेफ्री (भार) सँग सम्पर्क गरेर पहिलो हाफमा भएको […]

April 17, 2018

‘सलाहको गन्तव्य रियल म्याड्रिड नै’

म्याड्रिड (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा लिभरपुलबाट आक्रमण सम्हाल्दै तहल्का मच्चाइरहेका विंगर मोहमद सलाह अर्को सिजन रियल म्याड्रिडमा देखिने सम्भावना बढेको छ । २५ वर्षीय सलाहले लिगमा मात्र ३० गोलसहित समग्रमा सबै प्रतियोगितामा ४० गोल गरेका छन् । गत सिजन मात्र एएस रोमाबाट प्रिमियर लिग आएका सलाहले पहिलो खेलदेखि नै आफ्नो कौशल देखाए । यसअघि […]

Paris Saint-Germain's Uruguayan forward

April 17, 2018

नेयमार – “काभानीसँग समस्या थियो”

रियो डी जनेरियो (एजेन्सी)– एडिन्सन काभानीसँग पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको ५ महिना पछि ब्राजिलियन स्टार नेयमारले उनी समस्या रहेको स्वीकारेका छन् । नेयमारले पेनाल्टी प्रहार गर्न चाहेपनि काभानीले उनलाई नदिएपछि उनीहरुबीच विवाद सिर्जना भएको थियो । लियोनसँगको खेलमा बाप्पेलाई विपक्षी रक्षकले लडाउँदा पिएसजीले दोस्र्रो हाफमा पेनाल्टी पाएको थियो । नेयमारले सो पेनाल्टी प्रहार […]

Success

Thank you for your time.