default_image

ताजा समाचारहरु

Manchester United herera

April 22, 2018

टोटेनह्यामलाई हराउँदै युनाईटेड एफए कपको फाइनलमा

लण्डन (एजेन्सी) – टोटेनह्याम हटस्परलाई २-१ ले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती लण्डनको वेम्ब्ली मैदानमा भएको खेलमा डेले अलीले स्पर्सलाई सुरुआती अग्रता दिलाएपनि एलेक्सिस स्यान्चेज र एन्डर हरेराको गोलमा युनाइटेड विजयी भयो।  क्रिस्टियन एरिक्सनको राम्रो पासमा गोल गर्दै ११ औं मिनेटमा अलीले टोटेनह्यामलाई अग्रता दिलाए। तर टोटेनह्यामको बक्स नजिकबाट पौल पोग्बाले पोजेसन खोस्दै […]

April 22, 2018

बार्सिलोनालाई कोपा डेल रेको उपाधि, फाइनलमा फराकिलो जित

म्याड्रिड (एजेन्सी) – सेभियालाई फाइनालमा ५-० ले हराउँदै बार्सिलोनाले कोपा डेल रे’को उपाधि हात पारेको छ। म्याड्रिड स्थित इस्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा लुइस स्वारेजले दुई गोल गरे भने लियोनल मेस्सी, एन्द्रे इनियस्टा र फिलिप कौटिन्होले पनि गोल गरे। बार्सिलोनाको यो ऐतिहासिक सफलता हो। बार्सिलोनाले लगातार चौथो पटक यस प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको छ । लुइस […]

April 22, 2018

दिल्लीको अर्को हार, सन्दीपले अझै मौका पाएनन्

बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा शनिबार दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ । पाँचौं खेलमा बैंगलोरको यो दोस्रो जित हो । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीको भने पाँचौं खेलमा यो चौथो हार हो । दिल्लीको पाँचौं खेलमा पनि सन्दीपले मौका पाएनन् । १ सय ७५ रनको लक्ष्य पछ्याएको बैंगलोरले एबी […]

April 21, 2018

सिक्किम युनाइटेड माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

इलाम (हाम्रो खेलकुद)– भारतको सिक्किम युनाइटेड चौथो माइभ्याली टुबोर्ग गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिएजमी क्लब संकटालाई १–० ले हराउँदै सिक्किम प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । सञ्जय क्षेत्रीले ३१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । सिक्किमका उर्गेन शेर्पा म्यान अफ दी घोषित भए र उनले १० हजार रुपैयाँ […]

Iniesta

April 21, 2018

बार्सिलोनामा इनियस्टाको अन्तिम फाइनल हुन सक्ने

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले कोपा डेल रेको फाइनलमा आज सेभिल्लाको सामना गर्दैछ । मिडफिल्डर आन्द्रे इनियस्टाको लागि बार्सिलोनाबाट त्यो फाइनल अन्तिम पनि हुन सक्ने अनुमान गरिएको छ । ३३ वर्षे स्पेनिस मिडफिल्डरले सिजनको अन्त्य पछि बार्सिलोना छाड्ने सम्भावना छ । बार्सिलोनामा २२ वर्षको बिताएका उनी अर्को सिजन चिनिया क्लब क्लब जाने सम्भावना रहेको बताइएको छ […]

April 21, 2018

आइपिएलमा पञ्जाबको चौथो जित, कोलकाता पराजित

कोलकाता (एजेन्सी)– क्रिस गेल र लोकेश राहुलको उच्च प्रदर्शनबाट प्ररित किङ्स ११ पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार कोलकाता नाइट राइडर्सलाई डर्क वर्थ लुइस (डिएल) का आधारमा ९ विकेटले हराएको छ । जितका साथ पञ्जाब शीर्षस्थानमा उक्लेको छ । ५ खेलमा चौथो जितका पछि पञ्जाबको ८ अंक पुगेको छ । कोलकाताको ६ खेलमा ६ […]

दोस्रो खेलका म्यान अफ द म्याच हरि क्षेत्री

April 21, 2018

नेपालगन्ज कपमा लुम्बिनी यात्रिज र दंगाली गुर्खाज विजयी

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा जारी पहिलो नेपालगन्ज कपको छैठौ दिनको खेलहरुमा एनआईसी एसिया दंगाली गुर्खाज र एबरोल टिएमटि लुम्बिनी यात्रिज विजयी भएका छन् । आजको खेलहरु पश्चात ३ टोलीको बराबर अंक रहेपनि नेट रन रेटको आधारमा रोल्पाली गोरिल्लाज पहिलो स्थानमा रहेको छन् भने दंगाली गुर्खाज दोस्रो र लुम्बिनी यात्रिज तेस्रो स्थानमा रहेको छ । आजको पहिलो खेलमा […]

volleyball

April 21, 2018

सेन्ट्रल जोन भलिबलः नेपाल घरेलु टोली बंगलादेशसँग पराजित

काठमाडौं- चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ । बंगबन्धुस्थित कवर्डहलमा शनिबार भएको उद्घाटन खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको नेपालले त्यसपछिको तीनै सेट सहजै गुमायो । दोस्रो सेट १८–२५, तेस्रो […]

April 21, 2018

लिभरपुलको बराबरीमा सालाहको कीर्तिमानी गोल

वेस्ट ब्रोमविच (एजेन्सी) – लिभरपुलका इजिप्सियन फरवार्ड मोहम्मद सालाहले प्रिमियर लिगको सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे पनि लिभरपुलले वेस्ट ब्रोमको घरेलु मैदानमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी खेलेको छ।  ३८ खेलको प्रिमियर लिगमा एकै सिजनमा ३१ गोल गर्दै सालाहले यो कीर्तिमान बराबरी गरेका हुन्। यसअघि न्यूक्यासल युनाइटेडका लेजेन्ड एलेन सीयरर, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो […]

April 21, 2018

रविनलाई स्वर्ण, फूपु र लीला चुकिन्

ललितपुर (हाम्रोखेलकुद)- शनिबारबाट शुरु भएको आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन भारतले चार स्वर्णपदक जित्न सफल भएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा भारतले ४ स्वर्ण जित्दै अग्रता लिएको हो । च्याम्पयनसिपमा पाकिस्तानले २ स्वर्ण नेपालले १ स्वर्ण जित्न सफल भएको छ । नेपाललाई रविन श्रेष्ठले […]

Success

Thank you for your time.