default_image

ताजा समाचारहरु

April 22, 2018

चेन्नई पुनः आइपिएलको शीर्षस्थानमा

हैदराबाद (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा आइतबार सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै चेन्नई पुनः शीर्षस्थानमा उक्लेको छ । पाँच खेलमा टोलीको त्यो चौथो जित हो । पाँच खेलमा हैदाराबादको त्यो दोस्रो हार हो । चेन्नई र दोस्रो स्थानको किङ्स ११ […]

volleyball

April 22, 2018

सेन्ट्रल जोन भलिबल : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा हराउदै पहिलो जित दर्ता गरेको हो । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको थियो । […]

April 22, 2018

एन्फा निर्वाचन २२ बैशाखमा हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद) – उच्च अदालत पाटनले एन्फा अन्तरिम आदेश खारेज भएमा अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यसै महिना हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार विज्ञप्ती जारी गर्दै रिट निवदेकहरुले माग गरेको विषय बस्तु र उच्च अदालतको आदेशको भावना समेत समावेश भइसकेकोले निर्वाचन बैशाख २२ गते गर्न सक्ने निर्णय गरेको उल्लेख गरेको […]

April 22, 2018

पामका इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन नेपाललाई एक स्वर्ण दिलाएका छन् । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपको दोस्रो दिन इन्द्रले पाकिस्तानका बाबार हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् । तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद शुरुबाटै आक्रमक खेल खेलेका इन्द्रले […]

April 22, 2018

पुलिस माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

इलाम (हाम्रो खेलकुद)– इन्जुरी समयमा २ गोल गर्दै विभागिय टोली नेपाल पुलिस क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारत कोलकाताको दुर्गापुर स्टिललाई ३–१ ले हराउँदै ए डिभिजन टोली पुलिस प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । पुलिसलाई जित दिलाउन रेजिन सुब्बा, सुमन लामा र रवि पासवानले गोल गरेका थिए । पाहुना […]

April 22, 2018

‘एसियाड हाम्रो खेलाडीले मात्र खेल्छन्,’– तेक्वान्दो संघ

काठमाडौं (हाम्रो खेलकुद)– आफु मातहतमा रहेका खेलाडीले मात्र भदौंमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा भाग लिन पाउने नेपाल तेक्वान्दो संघले प्रष्ट पारेको छ । तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको अर्को संघ राष्ट्रिय तेक्वान्दो युनियनले पनि एसियाडका लागि खेलाडी छनोट गरेपछि तेक्वान्दोको सहभागितामा अन्यौलता सृजना भएको छ । […]

April 22, 2018

लुम्बिनी यात्रिजको नेपालगन्ज क्रिकेट कपमा पहिलो हार: रोल्पा गोरिल्लाज ४ रनले विजयी

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको सातौँ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजलाई  ४ रनले पराजित गर्दै रोल्पा गोरिल्लाजले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  गोरिल्लाजका लागि २३ रन प्रहार गर्दै २ विकेट समेत लिएका भिम सार्की खेलको म्यान अफ द म्याच घोषित भए  । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा लुम्बिनी यात्रिजले १९ […]

April 22, 2018

एसियाडको प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना छ : मन्त्री विश्वकर्मा

पोखरा (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १८ औ एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना रहेको बताएका छन् । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीलाई शुमकामना दिने क्रममा मन्त्रीले विश्वास व्यक्त गरेका हुन् । एसियाली खेलकुदमा पहिलो पटक समावेश प्याराग्लाइडिङमा नेपालले […]

April 22, 2018

कसरी सम्भव भयो बार्सिलोनाको ३० औं कोपा डेल रे उपाधि ?

बार्सिलोना (एजेन्सी) – स्पेनिस कोपा डेल रेको फाइनलमा सेभियालाई ५-० को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले लगातार चौथो पटक प्रतियोगिताको उपाधि हात पारेको छ । समग्रमा ३० औं पटक उपाधि हात पर्ने क्रममा बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्यो । कस्तो रहयो बार्सिलोनाको यात्रा? राउण्ड अफ ३२ चरणमा बार्सिलोनाले मुर्सियालाई ८-० ले पराजित गर्दै अगाडी बढेको थियो […]

April 22, 2018

ब्राजिलियन गोलरक्षक जुलियो सेजरको सन्यास

रियो (एजेन्सी)- ब्राजिलका पूर्व गोलरक्षक जुलियो सेजरले सबै खाले फुटबल प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन् । ब्राजिलको सिरी ‘ए’ अन्र्तगत आइतबार बिहान भएको खेलपछि सेजरले सबैखाले फुटबल प्रतियोगिताबाट सन्यासको घोषणा गरेका हुन् । सेजर हाल सिरी ‘ए’ टोली फ्लामेंगोमा आबद्ध थिए । उनको टोलीले अमेरिका मिनेरोलाई २–० ले पराजित गरेको थियो । सेजर छोटो समयको […]

Success

Thank you for your time.