default_image

ताजा समाचारहरु

April 23, 2018

मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब इलाममा जारी माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल […]

April 23, 2018

‘रियलमा सधै उच्च प्रदर्शन गर्नुपर्ने दबाब हुन्छ’– मोड्रिच

म्याड्रिड(एजेन्सी)– युरोपमा उच्च प्रदर्शन गर्ने खेलाडी मध्ये कतिपयले खेलजीवनको अन्त्य अमेरिका र चिनायाँ क्लबमा टुंगाउने गरेका छन् । इङ्ल्यान्डका पूर्व कप्तानद्वय डेभिड बेकह्याम, स्टेफन जेरार्डलगायत थ्रुपै त्यस्ता उदाहरण छन् । रियल म्याड्रिडका सुपर स्टार लुका मोड्रिचले पनि खेल जीवनको अन्त्य अमेरिका पुगेर हुन सक्ने अनुमान गरेका छन् । रियल जस्तो क्लबमा हरेक खेलमा उच्च प्रदर्शनको […]

April 23, 2018

हेटौंडामा भेट्रान राष्ट्रिय सेभेन ए साइड फुटबल हुने

अमृत चिमरिया हेटौंडा – हेटौडामा यसै साता भेट्रान राष्ट्रिय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै को आयोजना बिहिबारबाट प्रतियोगिता आयोजना गर्ने जानकारी दिइयो । एकेडेमीका अध्यक्ष तथा प्रतियोगिताका संयोजक निरजसिंह ठकुरीले प्रतियोगितामा देश भरका १२ वटा टोलीको सहभागिता रहने जानकारी दिए […]

salah messi ronaldo

April 23, 2018

“सालाहले ब्यालन डी’ओरमा ‘मेस्सी-रोनाल्डो’ क्रम तोड्न सक्ने”

लिभरपुल (एजेन्सी) – सन् २००८ यता ब्यालन डी’ओरले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो बाहेकको विजेता पाएको छैन।  रोनाल्डोले २००८ मा म्यानचेस्टर युनाइटेडसँगको प्रदर्शनबाट यस उपाधि जितेयता मेस्सी र रोनाल्डोबीच यो उपाधि बाढिदै आएको छ। तर लिभरपुलका पूर्व खेलाडी लुइस गार्सियाका अनुसार यस पटक भने ब्यालन डी’ओरमा मेस्सी-रोनाल्डो बाहेक नँया खेलाडीले यो उपलब्धी हासिल […]

April 23, 2018

ट्रायथोलनको तयारी पुरा, एकेडेमी बन्ने सम्भावना

पोखरा (हाम्रो खेलकुद)– पोखरामा यहि साता ‘छैटौं दक्षिण एसियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा शनिबार हुने प्रतियोगिताको सबै तयारी पुरा भएको बताइएको छ  । कास्की जिल्ला ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता रहने पत्रकार […]

salah pfa

April 23, 2018

सालाह ‘पिएफए वर्षको उत्कृष्ट खेलाडी’

लण्डन (एजेन्सी) – लिभरपुलका मोहम्मद सालाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७-१८ को उपाधि जितेका छन्।  इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते। त्यस्तै […]

April 23, 2018

च्याम्पियन सिटीको सहज जित

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गए राती स्वान्सी सिटीलाई ५ – ० ले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा, रहिम स्ट्रलिङ,केभिन डी बु्रने, बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे । सिल्भाको गोलबाट १२ औं मिनेटमा अग्रता लिएको सिटीका लागि स्ट्रलिङले १६ औं मिनेटमा गोल गरे । ५४ […]

April 23, 2018

बार्सिलोना छोड्ने इनियस्टाको निर्णय छिट्टै आउने !

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका चर्चित मिडफिल्डर आन्द्रे इनियस्टा क्लब छोड्ने घोषणाको अत्यन्त निकट रहेको बताइएको छ । सेभिल्लाविरुद्ध गए राती कोपा डेल रेको फाइनल खेलेका इनियस्टाको लागि बार्सिलोनामा त्यो नै अन्तिम फाइनलका रुपमा समेत हरिएको थियो । ५–० ले जितेको त्यो खेलमा इनियस्टाले एक गोल गर्नुका साथै म्यान अफ दी म्याच प्रदर्शन गरेका थिए । क्लब […]

April 23, 2018

राजस्थान विजयी, मुम्बईको अर्को हार

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ । राजस्थानले छैटौं खेलमा तेस्रो खेल जितेको छ । पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको राजस्थानले २ बलअघि नै ७ विकेट गुमाएर जित हासिल गरेको थियो । कृष्णप्पा गोथमले […]

April 22, 2018

न्यु डायमण्डकी कृपा बनिन् सेकेण्ड लेफ्टिनेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पृष्ठभूमिबाट सेना वा प्रहरीमा प्रवेश गर्नेको सुचि नेपालमा लामो भइसकेको छ । त्यसमा अर्की एक महिला भलिबल खेलाडीको नाम थपिएको छ । न्यु डायमण्ड एकेडेमीकी कृपा अधिकारी नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी छिन् ।   घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु […]

Success

Thank you for your time.