default_image

ताजा समाचारहरु

April 26, 2018

लिभरपुलका सालाहलाई फर्म कायम जेरार्डको सल्लाह

लिभरपुल (एजेन्सी)– लिभरपुलका स्टार मोहम्मद सालाह अहिले विश्वकै उत्कृष्ट खेलाडी भएको क्लबका महान खेलाडी स्टेफन जेरार्डले बताएका छन् । सालाहको उच्च प्रदर्शनबाट प्रेरित लिभरपुलले मंगलबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमालाई ५–२ ले हराएको थियो । रोमाविरुद्ध २ गोल गरेका इजिप्टियन स्टारले यो सिजन सबै खेलमा गरि ४३ गोल गरिसकेका छन् । क्लबका लागि […]

April 26, 2018

युरोपा सेमिफाइनलमा आर्सनल र एट्लेटिको भिड्दै

लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनलमा इंग्ल्यान्ड र स्पेनका दुई ठूला क्लब आमने-सामने हुँदैछन् । प्रिमियर लिगको छैटौं स्थानमा रहेको आर्सनल र स्पेनिस लिगको दोस्रो स्थान ओगटेको एट्लेटिको म्याड्रिड फाइनलमा स्थान बनाउन भिड्न लागेका हुन् । बिहीबार राती हुने पहिलो लेग आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुँदैछ । आर्सनलका मेसुट ओजील, ज्याक विल्सियर र पिटर […]

April 26, 2018

बायर्नका रोबेन, बोटेङ र मार्टिनेजको चोट कति गम्भिर?

म्युनिख (एजेन्सी) – रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल सुरु हुनुअघि बायर्नलाई खेलाडीको चोटले सताएको थियो । रियलविरुद्धको खेलमा तीन खेलाडी चोटका कारण बाहिरीपछि बायर्न थप समस्यामा पारेको छ । खेलको छैटौं मिनेटमा विङ्गर आर्जेन रोबेनलाई गुमाएको बायर्नले उनको स्थानमा थियागोलाई मैदानमा उतारेको थियो । ३४ वर्षीय रोबेनको अनुपस्थितिका कारण बायर्नको आक्रमण केहि कमजोर देखिएको […]

ronaldo madrid black

April 26, 2018

बायर्नविरुद्ध गोल नगरेपनि रोनाल्डोको कीर्तिमान

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखको घरेलु मैदानमा रियल म्याड्रिड २-१ ले विजयी हुँदा क्रिस्टियानो रोनाल्डोले गोल गरेनन्। गोल नगरेपनि रोनाल्डोले यस प्रतियोगितामा नँया कीर्तिमान बनाए।  घरेलु टोली बायर्नलाई जोसुवा किमिचले पहिलो गोल दिलाए पनि रियललाई मार्सेलो र मार्को असेन्सियोले गोल गर्दै पहिलो लेगमा २-१ को अग्रता दिलाए। रियलका स्टार स्ट्राइकरले उक्त खेलमा कीर्तिमान […]

asensio

April 26, 2018

च्याम्पियन्स लिग – बायर्नको घरेलु मैदानमा रियल विजयी

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगमा दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को जित हात पारेको छ। रियलको जितमा मार्सेलो र असेन्सियोले गोल गरे।  घरेलु टोली बायर्नलाई जोसुवा किमिचले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रियलका किपर केलर नाभासको गलत बुझाईका कारण किमिचले बायर्नलाई अग्रता दिलाए। दाँया विङ्गबाट बल दौडाएका किमिचले असहज […]

April 26, 2018

आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

बैंगलुरु (एजेन्सी)– महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनबाट प्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । जितपछि चेन्नई पुनः शीर्षस्थानमा उक्लेको छ । समान १० अंक भएपनि किङ्स ११ पञ्जाब दोस्रो स्थानमा झरेको छ । छैटौं खेलमा चेन्नईको त्यो पाँचौ जित थियो । छैटौं खेलमा […]

April 25, 2018

‘म क्रिकेटको रोनाल्डो, डी भिलियर्स मेस्सी’ – विराट कोहली [भिडियोसहित]

बेंगलोर (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले भारतीय टेलिभिजनसँगको एक अन्तर्वार्तामा आफूलाई क्रिकेटको रोनाल्डो र दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सलाई मेसीसँग तुलना गरेका छन् । गत साता लिइएको अन्तर्वार्तामा बोल्दै कप्तान कोहलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनलाई चेन्नई सुपर किंग्स तथा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले रोनाल्डो भनेसँगै कोहलीले रोनाल्डोको कडा […]

April 25, 2018

आर्मीको सेमिफाइनल यात्रामा नवयुग र भरतको पनि गोल

इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इलामको ठूलो टुडिखेलमा बुधबार युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा दीनेश हेन्जन, नवयुग श्रेष्ठ र कप्तान भरत खवासले तथा पराजित टोलीका लागि इन्द्रजित क्षेत्रीले गोल गरे । फाइनल […]

Gautam gambhir

April 25, 2018

दिल्लीको कप्तानीमा परिवर्तन, गम्भीरले जिम्मेवारी त्यागे

दिल्ली (एजेन्सी) – दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानी त्यागेका छन्।  दिल्लीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा खराब प्रदर्शन गर्दै ६ खेलमा ५ मा हार बेहोरेपछि गम्भीर आफैंले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।  गम्भीरकै सिफारिसमा २३ वर्षे ब्याट्सम्यान श्रेयास ऐयारले कप्तानी सम्हाल्ने भएका छन्। नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीको टोलीले पहिलो ६ खेल खेल्दा सन्दीपले कुनै […]

April 25, 2018

पहिलो नेपालगन्ज क्रिकेट कपको उपाधी दंगाली गोर्खाजलाई

कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी पाण्डा इभेन्टस् को स्वामित्वमा रहेको दंगाली गोर्खाजले जितेको छ । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगालीले उपाधी आत्मसात गरेको हो। उपाधी सहित गोर्खाजले नगद १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने गोरिल्लाजले नगद ६० हजार रुपैयाँ […]

Success

Thank you for your time.