default_image

ताजा समाचारहरु

April 28, 2018

न्युकासलका राइलीको स्कोरपियन गोल पुस्कास अवार्डको दावेदार

मेलबर्न (एजेन्सी) – न्युकासल जेट्सका राइली मक्ग्रीले ए लिग अन्तर्गतको खेलमा मेलबर्न सिटीविरुद्ध उत्कृष्ट गोल गरेका छन् । अस्ट्रेलियन लिगअन्तर्गत शुक्रबार उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको स्कोरपियन किक गोलमा परिणत भएपछि न्युकासल १-० पछि पारेको स्थितिबाट खेलमा फर्केको थियो । मक्ग्रीले खेलको ५७ औं मिनेटमा आफ्नै टोलीका खेलाडीसँग वन-टु पास खेलाडी फर्केर आएको पासमा […]

April 28, 2018

भावुक हुँदै इनियस्टाले भने, ‘बार्सिलोनामा यो मेरो अन्तिम सिजन हो’

बार्सिलोना (एजेन्सी)– आन्द्रे इनियस्टाले यो सिजनको अन्त्यसँगै बार्सिलोनासँगको लामो यात्राको अन्त्य गर्ने घोषणा गरेका छन् । १२ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका इनियस्टाले २२ वर्षपछि औपचारिक रुपमा विदाई लिन लागेका हुन् । यो सिजनको अन्त्यसँगै उनले क्लब छोड्ने चर्चा केहि अघिबाटै चलेपनि शुक्रबार उनले औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । यद्दपी उनले अबको गन्तव्यका बारेका […]

April 28, 2018

कोलकातामाथि दिल्लीको जित, सन्दीपले अझै मौका पाएनन्

दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई शुक्रबार ५५ रनले हराउँदै दिल्लीले ७ खेलमा दोस्रो जित हासिल गरेको हो । २ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । ठूलो लक्ष्य […]

April 27, 2018

पोखरामा ह्याण्डबलका लागि ४ करोड

पोखरा (हाम्रो खेलकुद)– पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै ह्याण्डबल खेलको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले ह्याण्डबलको पूर्वाधार निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल र कर्मचारीलाई निर्देशन दिंदै यथासिघ्र टेण्डर आह्वान गर्न भनेका छन् । १३ औ […]

April 27, 2018

दिल्लीको उत्कृष्ट ब्याटिङ, कोलकातालाई २ सय २० रनको लक्ष्य

दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई २ सय २० रनको विजय लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले […]

April 27, 2018

‘इनियस्टा सबैभन्दा महत्वपूर्ण खेलाडी’

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमेउले सन् २००४ यता आन्द्रे इनियस्टा क्लबका सबैभन्दा महत्वपूर्ण खेलाडी भएको बताएका छन् । यो सिजनको अन्त्यसँगै ३३ वर्षे मिडफिल्डरले क्लब छाड्ने अपेक्षा गरिएको छ । त्यसको घोषणा उनले चाँडै गर्ने अनुमान गरिएको छ । लामो समयदेखि क्लबका प्रभावशाली खेलाडी इनियस्टा अझै क्लबमा रहुन् भन्ने अध्यक्ष बोर्टेमेउको चाहाना छ […]

April 27, 2018

‘रोनाल्डोलाई लेगानेससँग पहिलो रोजाईमा नराखिने’ !

म्याड्रिड (एजेन्सी)– बायर्न म्युनिखसँगको च्याम्पियन्स लिग सेमिफाइनलको दास्रो लेगलाई ध्यानमा राख्दै रियल म्याड्रिडले सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई शनिबार ला लिगामा बेन्चमै राख्ने भएको छ । रियलले शनिबार लेगानेसको सामना गर्दा रोनाल्डो पहिलो रोजाइमा नरहने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जिनेदिन जिदानले रियलको प्रशिक्षण सम्हालेयता रोनाल्डोलाई फिट राख्ने योजना अनुरुप आराम दिदै आएका छन् । यद्दपी […]

April 27, 2018

एन्फाले अर्को साता नयाँ नेतृत्व पाउने !

काठमाडौं (हाम्रो खेलकुद)–कुनै प्रतिकुल अवस्था सृजना नभएमा अर्को साता अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । एन्फाले मातहतका सदस्य संस्थालाई अर्को साता साधारण सभा बस्ने र त्यसले नयाँ कार्यसमितिको निर्वाचन गर्ने जानकारी सहितको पत्र पठाएकोसँगै निर्वाचन हुने सम्भावना देखिएको छ । यद्दपी यसअघि पनि अन्तिम समयमा पुगेर एन्फा साधारण […]

April 27, 2018

बक्सर म्याक्सलाई आइएमईं लिमिटेडको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं लिमिटेडले बक्सर मनोहर बस्नेत (म्याक्स) लाई १ वर्षको लागि प्रायोजन गरेको छ । आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिताको जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा म्याक्सलाई प्रायोजन गर्न लागिएको जानकारी गरायो । आइएमईं लिमिटेडका रिलेसनसिप मेनेजर राजु पौडेलले म्याक्सलाई प्रायोजन पत्र हस्तान्तरण गरेका थिए । सन् २००० देखि […]

April 27, 2018

आइएमईं जेटिआई जुनियर लन टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । आइएमईं फाउन्डेसनको आयोजना तथा नेपाल लन टेनिस एसोसिएसनको सहयोग र जुनियर टेनिस इनिसिएसन (जेटिआईं) को संयोजनमा जुनियर टेनिस प्रतियोगिता जेठ ६ गतेबाट १२ गते सम्म हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता काठमाडौंस्थित […]

Success

Thank you for your time.