default_image

ताजा समाचारहरु

April 30, 2018

ज्ञवालीको नेतृत्वमा रुपन्देही आइटिएफ तेक्वान्दो संघ

दिपक न्यौपाने बुटवल – यदु ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही आइटिएफ तेक्वान्दो सघं तदर्थ समिति गठन भएको छ । बुटवलमा सम्पन्न भेलाले संघको उपाध्यक्षमा दानबहादुर थापा,सुरेन्द्र श्रेष्ठ,सचिवमा कपिल ज्ञवाली,कोषाध्यक्षमा नवराज खरेललाई चयन गर्यो । सदस्यमा दिपक न्यौपाने,प्रकाश खनाल,हेमबहादुर थापा,कृष्ण गौतम रहनुभएको छन् । भेलाले नवराज खरेललाई टेक्निकल प्रमुख, दिपक न्यौपानेलाई प्रेस सल्लाहकार तथा हेमबहादुर थापा […]

April 30, 2018

लिग उपाधि जित्दा बार्सिलोनाको खेलाडीको नाम छुट्यो

बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको ह्याट्रिकसँगै डेपोर्टीभोलाई हराएको बार्सिलोनाले आइतबर सिजनको ला लिगा उपाधि पक्का गर्यो । क्याटलान क्लबको २५ औं लिग उपाधि पक्का भएसँगै क्लबले उपाधि जितमा संलग्न खेलाडीको नाम समेटेर टि-सर्ट तयार पारेको थियो । खेल सकिएलगत्तै बार्सिलोनाको लिग उपाधि पक्का भएपछि सबै खेलाडीले उक्त टि-सर्ट लगाएर जितको खुसी मनाएका थिए […]

April 30, 2018

सैनामैना मेयर कप फुटबलमा १२ टोलीको सहभागिता

दिपक न्यौपाने बुटवल – प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता सबै तयारी पुरा भएको छ । सैनामैना नगरपालिका संरक्षण तथा जनप्रिय स्पोर्ट्स क्लबको आयोजना हुने प्रतियोगितामा रुपन्देही र आसापासका जिल्लाका गरिर १२ क्लबको सहभागिता रहने आयोजक क्लबले जानकारी दिएको छ । सैनामैनाको वडा नं ७ देवापारस्थित सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले १ […]

April 30, 2018

बार्सिलोना सुरुवातबाट जितको हकदार –मेस्सी

बार्सिलोना (एजेन्सी)– बार्सिलोना स्टार लियोन मेस्सीले अन्य कुनै पनि क्लब भन्दा आफ्नो टोली सुरुवातबाटै ला लिगा जितको जितको हकदार रहेको बताएका छन् । बार्सिलोनाले डिर्पोटटिभो ला कुरुनालाई आइतबार ४–२ ले हराउँदा मेस्सीले ह्याट्रिक गरेका थिए । सिजभर उच्च प्रदर्शन गरको बार्सिलोना यो सिजन कुनै खेल नगुमाउँदै ला लिगा च्याम्पियन बनेको छ । तर, एट्लेटिको म्याड्रिड […]

April 30, 2018

युनाइटेड र फेलानी नयाँ सम्झौताको नजिक

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले मिडफिल्डर माराउने फेलानीसँग क्लब नयाँ सम्झौताको नजिक रहेको बताएका छन् । यो सिजनको अन्त्यमा फेलानीको सम्झौता सकिदैछ । प्रिमियर लिगमा आइतबार परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै उनले गोल गरेपछि युनाइटेडले आर्सनललाई २–१ ले हराएको थियो । खेलपछि माउरिन्होले एभर्टनका पूर्व स्टारसँग क्लब नयाँ सम्झौताको नजिक रहेको बताएका […]

April 30, 2018

रहेनन् पूर्व खेलाडी एवंम् एनआरटीका वरिष्ठ उपाध्यक्ष प्रधान

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व क्रिकेट खेलाडी एवंम् ए डिभिजन क्लब एनआरटीका वरिष्ठ उपाध्यक्ष विनयवर सिंह प्रधानको निधन भएको छ । ५३ वर्षे प्रधानको ब्रेन ह्यामेरजका कारण आइतबार राती मृत्यु भएको एनआरटीका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बताए ।   प्रधान आइतबार साँझ त्रिपेश्वरस्थित एनआरटीको कार्यालयबाट साँझ आफै स्कुटर चलाएर घर फर्केका बताइएको छ । अध्यक्ष बज्राचायले भने,’ […]

April 30, 2018

विमलाले अमेरिकामा स्वर्ण पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली पदक विजेता विमला तामाङमाले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । न्यूयोर्कमा भएको २३ औं हिराल्डो बार्षिक सातोकान सोबुकान अन्तर्राष्ट्रिय कराते कप प्रतियोगिताको महिला एकल कातामा विमलाले पहिलो स्थान प्राप्त गरेकी हुन् । एल्मकोर सेन्टरमा भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य, नेपाली, इक्वेडर र मेक्सिकन खेलाडी गरि ३ सय बढीको सहभागिता रहेको […]

April 30, 2018

सिमिओनीको ह्याट्रिकसँगै नेपोली उपाधिबाट टाढियो

मिलान (एजेन्सी) – एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनीका छोरा जिओभानी सिमिओनीले ह्याट्रिक प्रहार गरेसँगै आइतबर इटालियन लिगको खेलमा नेपोलीलाई फिओरेन्टीनाले ३-० ले हराएको छ । शीर्षस्थानको युभेन्टसलाई उपाधिमाथि दबाब दिन खेल जित्नैपर्ने स्थितिमा रहेको नेपोलीको पराजयसँगै उपाधि सम्भावना निकै कम भएको छ । खेलको आठौँ मिनेटमा डिफेन्डर कालिडु कौलिबालीले रातो कार्ड खाएपछि नेपोली दश खेलाडीमा […]

April 30, 2018

मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनालाई ला लिगा उपाधि

बार्सिलोना (एजेन्सी) – स्टार फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । मेस्सीको तीनओटै गोलमा अर्का फरवार्ड लुइस सुआरेजले पास उपलब्ध गराएका थिए । खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिपे कोउटिन्होको गोलमा अग्रता लिएको थियो । ३८ औं मिनेटमा मेस्सिले बार्सिलोनाको अग्रता दोब्बर […]

April 30, 2018

कोलकाताले बेंगलोरलाई सहजै हरायो

बेंगलोर (एजेन्सी) – अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा अाइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले १९.१ अोभरमा प्राप्त गरेको थियो । कोलकाताका लागि अोपनर लिनले नटअाउट ६२ रनको योगदान दिए । उनले […]

Success

Thank you for your time.