default_image

ताजा समाचारहरु

NPC

May 6, 2018

थ्री स्टारलाई पराजित गर्दै पुलिस दमक गोल्डकपको सेमिफाइनलमा

  अभिषेकको निर्णायक गोल  दमक (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दमक गोल्डकपमा रुस्लान थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। घरेलु फुटबलमा पुनरागमन गरेयता नेपाली फुटबलको सबै भन्दा सफल क्लब थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ।  पुलिसको जितमा पूर्व नेपाल यू-१६ टोली का स्ट्राइकर अभिषेक रिजालले निर्णायक गोल गरे। उनले […]

volleyball second day

May 6, 2018

केएनपी भलिबल -पश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा पश्चिमाञ्चल भलिबल टोलीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-१३,२५-२० र २५-२० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।  समूह ए को पहिलो खेलमा साविक विजेता नेपाल एपिएफसँग ३-० को सोझो सेटमा पराजित पश्चिमाञ्चलले समूहको उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो। भोली […]

messi vs ronaldo

May 6, 2018

एल क्लासिको रेकर्ड – मेस्सी भर्सेस रोनाल्डो

बार्सिलोना (एजेन्सी) – यस सिजनको अन्तिम एल कासिकोमा आज बार्सिलोनाको घरेलु मैदानमा रियल म्याड्रिड भिड्दैछ । स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल एल क्लासिकोमा धेरैको नजर रियलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीमा हुनेछ ।  विश्व फुटबलका दुई स्टार रोनाल्डो र मेस्सीले फुटबलको धेरै जसो कीर्तिमान एकअर्काबीच राखेका छन् । यस युगकै उत्कृष्ट फुटबलरको रुपमा दुवै खेलाडी […]

May 6, 2018

आर्मीमाथि डायमण्डको संघर्षपूर्ण जित, डायमण्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। आर्मी भने समूहमा अन्तिम हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।  तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा आर्मीलाई डायमण्डले ३-२ ले पराजित गर्यो। […]

May 6, 2018

फर्गुसनलाई ब्रेन हेमोर्हेज, स्वास्थ्य अवस्था चिन्ताजनक

म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडका पूर्व-प्रशिक्षक सर एलेक्स फर्गुसनको शनिबार ब्रेन हेमोर्हेजका कारण आकस्मिक शल्यक्रिया सम्पन्न भएको छ । युनाइटेडले प्रेस वक्तब्य जारी गर्दै उनको शल्यक्रिया सफल भएपनि खतराबाट मुक्त हुन केहि समय लाग्ने बताएको छ । स्कटल्यान्डका ७६ वर्षीय फर्गुसन युनाइटेडमा २६ वर्ष प्रशिक्षकको पदमा रहेका थिए । त्यसक्रममा उनले २८ उपाधि जिताए । […]

Karma Tshering

May 6, 2018

‘लिग तत्काल घोषणा गछौं’- एन्फा नवनिर्वाचित अध्यक्ष शेर्पा

ललिपुर (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष निर्वाचित भएलगत्तै फुटबल लिग सञ्चालन तत्काल घोषणा गर्ने बताएका छन् । आफुसहित आफ्नो प्यानलका ४ उपाध्यक्ष र ११ सदस्य निर्वाचित भएपछि शेर्पाले भने, ‘सोमबार हामी बैठक बसेर लिगका विषयमा निर्णय गर्नेछौं । हामी हिजो गरिएका प्रतिबन्द्धताका आधारमा काम गर्दै अघि बढ्नेछौं ।’ निर्वाचनलाई सामान्य […]

Tribhuwan Army

May 6, 2018

केएनपी महिला भलिबल – सेमिफाइनलका बाँकी दुई स्थानका लागि चार टोली भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई टोली सेमिफाइनल पुगिसकेका छन् । सेमिफाइनलमा पुगन बाँकी दुई स्थानका लागि आज चार टोली प्रतिस्पर्धामा छन् । आइतबार हुने खेलबाट बाँकी दुई टोलीको टुंगो लाग्ने छ। नेपाल एपिएफ क्लब समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगिसकेको छ […]

el classico

May 6, 2018

एल क्लासिको – के रियल बार्सिलोनालाई हराउने पहिलो टोली बन्ला ?

बार्सिलोना (एजेन्सी) – सिजनको अन्तिम एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल्दैछ। यो सिजन ला लिगामा बार्सिलोनाले हार बेहोरेको छैन। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई छ।  यस खेलको नतिजाले लिगमा सायदै कुनै फरक पार्ला। बार्सिलोनाले ला लिगाको उपाधि कब्जा गरिसकेको छ भने रियल म्याड्रिडले शिर्ष तीनमा स्थान लगभग पक्का […]

May 5, 2018

दिल्लीको प्लेअफ सम्भावना न्यून, सन्दीप मैदानबाहिरै सिमित

हैदराबाद (एजेन्सी) – दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादले दिल्लीलाई ७ विकेटले पराजित गरेसँगै दिल्ली प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र कायम भएको हो । दिल्लीले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य हैदराबादले १ बल बाँकी छँदा प्राप्त गर्यो । दिल्लीका लागि नेपालका युवा स्पिनर […]

Ganesh thapa

May 5, 2018

एन्फा नयाँ कार्यसमितिलाई पूर्व अध्यक्ष थापाको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । शनिबार भएको एन्फा निर्वाचनले कर्मा छिरिङ शेर्पा नेतृत्वको पुरै प्यानेललाई निर्वाचित गरेको केहि घन्टामा थापाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । भ्रष्टाचारको अभियोगमा दुई वर्षअघि फिफाले १० वर्षको प्रतिबन्ध लागेपछि फुटबलका सबै निकायबाट पद च्युत भएका […]

Success

Thank you for your time.