default_image

ताजा समाचारहरु

Pratibha Mali celebration

May 7, 2018

केएनपी भलिबल – सेमिफाइनलमा एपिएफ र डायमण्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन्। नेपाल पुलिस क्लब, शिवम् न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पश्चिमाञ्चल भलिबल टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।  पहिलो सेमिफाइनल – एपिएफ विरुद्ध डायमण्ड आजको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को  विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’ को उपविजेता शिवम् न्यु डायमण्डबीच ११ बजे त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहालमा […]

May 7, 2018

एल क्लासिको : कसले कस्तो खेले?

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडसँग २-२ को बराबरी खेल्यो । दोस्रो हाफ पुरै १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा २ पटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । रियलका लागि क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलले गोल गर्दा बार्सिलोनाका लिओनेल मेस्सी र लुइस सुआरेजले अग्रता दिलाएका थिए । खेलको प्रदर्शन अनुसार […]

Kiran chemjong

May 7, 2018

थ्रीस्टारविरुद्ध किरण म्यान अफ दी म्याच

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङसँग रुस्लान थ्री स्टार क्लबको दशक लामो इतिहास जोडिएको छ । थ्री स्टारबाट नै उनको खेल जीवनले उचाई लिएको थियो । उनले थ्री स्टारबाट १० वर्ष विताउँदा घरेलु फुटबलका लिगसहित नकआउटका सबै ठूला उपाधि पनि जिते । थ्री स्टार पछिल्लो दुई पटक लिग च्याम्पियन बन्दा […]

May 7, 2018

म्यानचेस्टर सिटीले उपाधि उचाल्यो

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अाइतबार प्रिमियर लिग उपाधि उचालेको छ । यसअघिनै लिग उपाधि जित्ने पक्का भएको सिटीले घरेलु मैदानमा ट्रफी उठाएको हो । हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरी खेल्दै सिटीले उपाधिको खुसी बाँडेको थियो । ३६ खेलमा ९४ अंक जोडेको पेप गुअार्डीअोलाको टोलीले प्रिमियर लिगमा नयाँ इतिहास रच्न भने अर्को […]

Bale el classico

May 7, 2018

एल क्लासिको बराबरीमा अन्त्य

बार्सिलोना (एजेन्सी) – सिजनको अन्तिम एल क्लासिको २-२ को बराबरीमा सकिएको छ। निकैनै रोमाञ्चक खेलमा १० खेलाडीमा सिमित बार्सिलोनालाई जित्न बाट ग्यारेथ बेलले रोके। बेलले ७२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई बराबरी दिलाएका थिए।  इसकोको अनुपस्थितिमा बेलले सुरुआती स्थान पाएका थिए भने बार्सिलोनाका स्टार मिडफिल्डर एन्द्रे इनियेस्टाले अन्तिम पटक एल क्लासिकोमा सुरुआत गरेका थिए। […]

May 7, 2018

राजस्थानलाई हराउँदै पञ्जाब तेस्रो स्थानमा उक्लियो

इन्दोर (एजेन्सी)– लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा उक्लको छ ।   शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको समान १४ अंक छ । हैदरवाद र पञ्जाबले समान ९ खेल […]

May 7, 2018

सुरुआती ११ – बार्सिलोना विरुद्ध रियल म्याड्रिड

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र रियल म्याड्रिड आज क्याम्प नोउमा भिड्दै छन् । खेलको लागि दुवै टोलीले आफ्नो सुरुआती ११ को घोषणा गरिसकेका छन् । बार्सिलोना: मार्क आन्देर टेर स्टेगन, सर्जी रोबर्टो, जेरार्ड पिके, इभान राकीटिच, सर्जियो बुस्केट्स, आन्द्रेस इनिएस्ता (कप्तान), लुइस सुआरेज, लिओनेल मेस्सी, फिलिपे कोउटिन्हो, जोर्डी अल्बा, स्यामुएल उम्टिटी […]

May 6, 2018

बेथानचोकमा काभ्रे तेक्वान्दो भ्याली च्याम्पियनसिप हुने

बनेपा (हाम्रो खेलकुद) – काभ्रे तेक्वान्दो डो आइटिएफ संघ र बेथानचोक गाउपालिकाको संयुक्त आयोजनामा दोस्रो काभ्रे तेक्वान्दो भ्यालीे च्याम्पियनसिप यसै महिनाको अन्त्यमा हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको प्रतियोगिता बैशाख २८ र २९ गते दुई दिने हुने काभ्रे आइटिएफका अध्यक्ष किशोर बरुणले बताएका छन् । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र […]

May 6, 2018

आइपिएलमा मुम्बईसँग कोलकाताको हार

मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार कोलकाता नाइट राइजर्सलाई हराउँदै अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । समान १० अंक भएका कोलकाता तेस्रो र किङ्स ११ पञ्जाब चौथो स्थानमा छ । समान १४ अंक भएका मध्ये सनराइजर्स हैदरावाद शीर्षस्थान र चेन्नई सुपर किङ्स दोस्रो स्थानमा छ । १ सय ८२ को […]

May 6, 2018

टिभिएस पोखरा स्पोर्टस् अवार्ड विजेतालाई मोटरसाइकल र स्कुटर

पोखरा (हाम्रो खेलकुद) – तेस्रो पोखरा स्पोर्टस् अवार्डलाई बतास ब्रदर्श प्रा लिले मुख्य प्रायोजना गरेको छ । अब अवार्डको नाम टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड भएको छ । अवार्डका वर्षका उत्कृष्ट पुरुष खेलाडीले मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीले विगो स्कुटर प्राप्त गर्नेछन् । तीन वर्षका लागि उत्कृष्ट खेलाडीका लागि मोटरसाइकल र स्कुटर प्रदान गर्ने गरि […]

Success

Thank you for your time.