default_image

ताजा समाचारहरु

May 10, 2018

बार्सिलोनाको फराकिलो जित

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको छ । अपराजित रहँदै लिग जित्ने सुरमा रहेको बार्सिलोनाले खेलको सुरुवात देखिनै पकड जमाएको थियो । खेलको ११ अौं मिनेटमा फिलिप कोउटिन्होको गोलमा अग्रता लिएको बार्सिलोनाले ५ मिनेटपछि पाउलिन्होको गोलमा अग्रता दोब्बर पार्यो । पहिलो हाफको अन्तिममा अान्द्रेश इनिएस्टाको पासमा लियोनल […]

May 10, 2018

मुम्बई चौथो स्थानमा उक्लियो, कोलकाताको हार

कोलकाता (एजेन्सी)– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियिर लिग (आइपिएल) अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । कोलकाता नाइट राइडजर्सलाई १ सय २ रनले हराउँदै मुम्बई एक स्थानमा माथि उक्लेको हो । समान १० अंकको मुम्बई चौथो स्थानमा उक्लदा कोलकाता चौथोबाट पाँचौं स्थानमा झरेको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाता १८.१ ओभरमा […]

May 9, 2018

चर्च ब्वाइजलाई कुम्मायक कुसायक गोल्डकप, कर्ण सर्वोत्कृष्ट खेलाडी

दिपक बोहोरा यासोक पाँचथर– चर्च ब्वाइज काठमाडौंले कुम्मायक कुसायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भूवन बस्नेतको निर्णायक गोलमा काठमाडौको सुन्धारा क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइजले जिल्लाको सर्वाधिक पुरस्कार राशीको गोल्डकप जितेको हो । चर्च ब्वाइजका लागि अर्को गोल सुनिल खड्काले गरे । सुन्धाराका लागि खमीर गिल्सन कन्दङवाले गोल गरे । झापा ११ […]

May 9, 2018

मुम्बईले दियो कोलकातालाई २ सय ११ रनको लक्ष्य

कोलकाता (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइडजर्सलाई जितका लागि २ सय ११ को लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले इशान किशनको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा विकेट गुमाएर २ सय १० रन बनाएको थियो । सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ […]

roberto

May 9, 2018

बार्सिलोनाका रोबर्टोलाई ४ खेलको प्रतिबन्ध

बार्सिलोना (एजेन्सी)– रियल म्याड्रिडसँगको एल क्लासिकोमा रातो कार्डको दर्शन गरेका बार्सिलोनाका स्पेनिस रक्षक सर्जी रोबर्टोमाथि ४ खेल प्रतिबध लगाईएको छ । रियलका मार्सेलोलाई खेलका दौरान हातले हिर्काएका रोबर्टोले ४ खेल गुमाउने भएका हुन् । यो प्रतिबन्धसँगै रोबर्टोले भिल्लारियल, लेभान्टे र रियल सोसिड्याडसँग सिजनको बाँकी तीन खेल र आउने सिजनको सुपर कपको पहिलो लेग गुमाउनेछन् । […]

May 9, 2018

मनाङ दमक गोल्डकपको फाइनलमा, उपाधि भिडन्त पुलिससँग

दमक(हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्द क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै मनाङ अन्तिम २ मा प्रवेश गरेको हो । मनाङले शुक्रबार हुने फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस उपाधि नजिक पुगेको […]

May 9, 2018

आर्चरीमा नेपाललाई एक रजतसहित चार पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बंगलादेशमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा चार वटा पदक जितेको छ । बंगलादेशको ढाकामा भएको आर्चरी च्याम्पियनसिपमा बुधबार नेपालले १ रजत र ३ कास्य गरी ४ पदक जितेको हो । बुधबार टिम रिकर्भमा रोशन नगरकोटी, तिलक पुन मगर र अशिम शेरचन रहेको नेपाली पुरुष टोली आयोजक बंगलादेशको टिमसँग पराजित हुदै […]

May 9, 2018

कान्तिपुर रनर हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– आठौं संस्करणको ‘कान्तिपुर रनर हाफ म्याराथन’ जेठ पहिलो साता हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेसन्स प्रालिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ ५ गते हाफ म्याराथन आयोजना गर्ने जानकारी दिएको छ । यसअघि पब्लिकेसन्सकै वार्षिकोत्सवको अवसरमा आयोजना गरिने म्याराथन यसपटक भने जेठमा गर्न लागिएको पब्लिकेसनका सहायक महाप्रबन्धक महेश स्वाँरले बताए […]

May 9, 2018

‘युनाइटेडलाई कप्तानीको गर्दा गर्व लागेको छ’– पोग्बा

म्यानचेष्टर (एजेन्सी)– म्याचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले केहि खेलमा कप्तानको आर्मब्यान्ड लाउन पाउँदा गर्व लागेको बताएका छन् । ‘कप्तानको आर्मब्यान्ड लगाउन पाउँदा गर्व महसुस गरे । त्यस्तै क्लबको जर्सी र ओल्र्ड ट्राफोर्डमा खेल्न पाउँदा त्यस्तै अनुभव हुन्छ,’ पोग्बाले भने, ‘म यहाँ एकेडेमीमा आएको थिए । युनाइटेडको पहिलो रोजाइको टोलीबाट खेल्ने सपना थियो । त्यो पुरा […]

May 9, 2018

पिएसजी कप्तानले पराजित टोलीका कप्तानलाई उपाधि उचाल्न निम्त्याए

पेरिस (एजेन्सी) – फ्रान्स फुटबल लिगको तेस्रो डिभिजन क्लब लेस हर्बियर्सलाई २-० ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मंगलबार फ्रेन्च कपको उपाधि उचाल्यो । यसक्रममा उपाधि उचाल्ने बेलामा पिएसजीका कप्तान थियागो सिल्भाले विपक्षी कप्तानलाई पनि उपाधि उचाल्ने निम्तो दिए । स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा उत्रिएको फ्रान्सेली लिग च्याम्पियन टोलीले पुरै समय खेल अाफ्नो […]

Success

Thank you for your time.