default_image

ताजा समाचारहरु

May 18, 2018

भलिबल दिवसमा विद्यालय स्तरीय छात्रा भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबल भएको एक वर्ष पुगेको अवसरमा भलिबल दिवस मनाउन नैकापस्थित न्यु डायमण्ड एकेडेमीमा प्रथम चन्द्रागिरी उप मेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ५ […]

May 18, 2018

प्रधानमन्त्री कपमा एक्सेल्सिया मुख्य प्रायोजक, उद्घाटन खेल एपिएफ र प्रदेश नं ४ बीच हुने

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितार्लाइ अस्ट्रेलियाको एक्सेल्सिया कलेजले मुख्य प्रायोजन गरेको छ । नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधान र एक्सेल्सियाका मार्केटिङ हेड बबी अब्राहमले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गरे । कलेजले २४ हजार अस्ट्रेलियन डलर प्रायोजन गरेको बताइएको छ । सिग्नेचरले प्रतियोगितालाई सह प्रायोजन गरेको बताइएको छ […]

May 18, 2018

आर्सनलको प्रशिक्षकमा पूर्व कप्तान आर्टेटाको सम्भावना बढी

लण्डन (एजेन्सी) – लामो अवधिसम्म आर्सनलको प्रशिक्षकको जिम्मेवारी बोकेका आर्सन वेंगरले आर्सनल छोडे यता सो पद खाली रहेको छ । विगत केहि हप्तादेखि कैयौं नाम अगाडी आए पनि आर्सनलका पूर्व खेलाडी मिकेल आर्टेटा सो जिम्मेवारी लिनेमा अगाडी देखिन्छन् । आर्सनलको बोर्ड कमिटी पनि आर्टेटालाई प्रशिक्षकको रुपमा हेर्न चाहेको खबर आएको छ । आर्टेटालाई सुरुमा खर्च […]

May 18, 2018

दिल्ली आज चेन्नाईसँग भिड्दै, सन्दिप खेल्ने लगभग पक्का

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ अन्तर्गत आज राति फिरोज शाह कोट्ला स्टेडियममा चेन्नाई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स भिड्ने छन् । सो खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ । चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष […]

May 18, 2018

दाबेदार फ्रान्सको विश्वकप टोली घोषणा, केही ठूला नाम परेनन्

पेरिस (एजेन्सी) – विश्वकप २०१८ को दाबेदार मानिएको फ्रान्सले गए राति आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही ठूला नामलाई टोलीमा समावेश गरेका छैनन् । अन्तिम २३ मा समावेश नहुने नामहरुमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट रहेका छन् । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट […]

May 18, 2018

प्ले अफ पुगिसकेको हैदराबाद बैंगलोरसँग पराजित

बैंगलुरु (एजेन्सी)– प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । जितपछि बैंगलोर पाँचौं स्थानमा उक्लेको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ । २ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले […]

May 17, 2018

मनाङको भेट थ्री स्टारसँग

उदयपुर (हाम्रो खेलकुद) – उदयपुरमा जारी पाँचौं रमपम गोल्ड कप २०७५ प्रतियोगितामा उपाधिका लागि लालितपुरको रुस्लान थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुने भएको छ । थरुहट रंगशाला उदयपुरमा जारी पाँचौ रमपम गोल्डकप फुटबल प्रतियोगितामा बिहीवार भएको अन्तिम सेमिफाईनल खेलमा सुनसरी ११ लाई ३–२ ले हराउँदै मनाङ मस्र्याङदीले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको […]

messi neymar

May 17, 2018

मेस्सी – ‘नेयमार रियल जानु बार्सिलोनालाई झट्का ‘

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी पूर्व सहकर्मी नेयमार रियल म्याड्रिडसँग आबद्ध भएको हेर्न नचाहेको बताउँछन्।  अर्जेन्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग बोल्दै मेस्सीले नेयमार रियलसँग आबद्ध भए रियल म्याड्रिड बलियो हुने बताए । “नेयमार बार्सिलोनाका लागि निकै महत्वपूर्ण खेलाडी थिए । त्यसैले उनी रियलसँग अनुबन्धित भएमा बार्सिलोनाका लागि यो राम्रो हैन । “ “नेयमारले यँहा […]

Paras Khadka

May 17, 2018

सन्दीपलाई पछि पार्दै पारस वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर वर्षको उत्कृष्ट खेलाडी’  भएका छन्। इण्डोनेसियाको पर्सिजा जाकार्ताबाट राम्रो प्रदर्शन गर्दै गरेका मिडफिल्डर रोहित चन्द लगायत दिपेश धामी(ब्याडमिन्टन), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्की पारससँगै मनोनयनमा परेका थिए।  नेपाले पहिलो पटक एक दिवसिय मान्यता पाउँदा पारसको प्रदर्शन महत्वपूर्ण रह्यो। […]

Badminton Shova

May 17, 2018

ब्याडमिन्टकी शोभा गौचन वर्षको उत्कृष्ट महिला खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्। उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल […]

Success

Thank you for your time.