default_image

ताजा समाचारहरु

batting state 3

May 30, 2018

प्रदेश ३ विरुद्ध ६ [हाइलाइट्स]

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत मंगलबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो।  खेलको हाइलाइट्स

default_image

May 29, 2018

“अनुभव विना राम्रो प्रदर्शन” – चन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मंगलबार प्रदेश ६ प्रदेश ३ सँग पराजित भयो। हारका बाबजुद प्रदेश ६ का चन्द्र बिसीले सबैको ध्यान आफु तिर तान्न सफल भए। एकै खेलमा उनले ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनै चन्द्रसँग खेलपछि लिइएको अन्तर्वार्ता हेर्नुहोस्।

sandeep Tu

May 29, 2018

‘विश्व ११ बाट खेल्न पाउनु सौभाग्य’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्डको लर्डस मैदानमा वेस्ट इन्डिज विरुद्ध हुने च्यारिटी खेलमा विश्व ११ बाट खेल्न सन्दीप आज त्यसतर्फ जाँदै छन् । इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माणका लागि बिहिबार च्यारिटी खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड जानुअघि बिहिबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व ११ बाट […]

May 29, 2018

युवा तथा खेलकुद मन्त्रालयको बजेट झन्डै दोब्बर बढ्यो,ओलम्पियनले मासिक भत्ता पाउने

‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन […]

May 29, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १५

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १५ मा रहेका छन् बेल्जियमका फरवार्ड एडेन हाजार्ड । बेल्जियम कागजमा हेर्दा विश्वकप दाबेदार मानिएका ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन र अर्जेन्टिना भन्दा कम […]

May 29, 2018

फिफाको अनुमानमा ग्रिजम्यान विश्वकपका उत्कृष्ट खेलाडी हुने

लन्डन (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहँदा विभिन्न पत्रिका, खेलाडी र खेलकर्मीहरुले प्रतियोगिताको अनुमान लगाउन सुरु गरिसकेका छन् । यस बीच विश्वप्रसिद्ध भिडियो गेम फिफाले पनि आफ्नो भविष्यवाणी सार्वजनिक गरेको छ । फिफाले यस पटकको विश्वकपको विजेता फ्रान्स हुने अनुमान लगाएको छ । यस भन्दा अघिको विश्वकपमा […]

May 29, 2018

खेलाडी र खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– छाउनी डोजोले कराते खेलाडी, रेफ्री र खेलप्रेमीलाई सम्मान गरेको छ । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण कराते तथा किक बक्सिङ च्याम्पियनसिपका दौरान उनीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा बर्लिन ओपनका कास्य पदक विजेता मन्डेकाजी श्रेष्ठ, करातेका राष्ट्रिय रेफ्री सह संयोजक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय रेफ्री सञ्जय रञ्जित र खेलप्रेमी राम श्रेष्ठलाई सम्मान गरिएको […]

May 29, 2018

पूर्व खेलाडी केसीसहित सट्टेबाज आरोपमा ६ जना पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी अन्जन केसी अर्को अभियोगमा पक्राउ परेका छन् । यसै साता सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) र च्याम्पियन्स लिग फाइनलको क्रममा सट्टेबाज अखडा सञ्चालन गरेको आरोपमा केसीसहित अन्य छ जना पक्राउ परेका हन् । गौरव तिवारी नाइके रहेको भनिएको गिरोहमा केसीसहित दीनेश बोगटी, […]

chandra bc

May 29, 2018

चन्द्र एक्लैको ६ विकेट तर प्रदेश ६ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो।  टस जितेर प्रदेश ६ ले ब्याटिङ गरेपछि ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७८ रन बनायो । रबिन्द्र जंग शाही र दिवान पुनले समान ५२ रनको योगदान दिए । […]

May 29, 2018

इटालीको जितमा बालोटेलीको गोल

न्योन (एजेन्सी) – मारियो बालोटेलीले चार वर्षपछि इटालीयन राष्ट्रिय टोलीको लागि गोल गरेसँगै विश्वकपको तयारीमा रहेको साउदी अरेबिया मैत्रीपूर्ण खेलमा २-१ ले पराजित भएको छ । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर बालोटेलीले उत्कृष्ट गोल गर्दै स्विटजरल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा इटालीलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा अगाडी बढेको इटालीले ६८ औं मिनेटमा दोस्रो गोल पायो […]

Success

Thank you for your time.