default_image

ताजा समाचारहरु

June 1, 2018

विश्वकपमा ब्राजिलको सम्भावित सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । यस विश्वकपमा बलियो दाबेदार मानिएको टोलीमा ब्राजिल पनि पर्छ । अघिल्लो विश्वकपमा ब्राजिल निराशजनक तरिकाले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यो सम्झना बिर्सँदै २०१८ रुस विश्वकपमा ब्राजिलले आफुलाई बलियो रुपमा […]

June 1, 2018

विश्वकपमा अर्जेन्टिनाका प्रशिक्षकको वर्चस्व

मस्को (एजेन्सी) – आगामी जुन १४ बाट सुरु हुने फिफा विश्कप २०१८ मा ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी मध्यका अधिकांश टोलीले विदेशी प्रशिक्षकलाई प्राथमिकता दिएका छन् । डिएगो म्याराडोना, लिओनेल मेस्सीजस्ता विश्वप्रसिद्ध खेलाडी उत्पादन गरेको अर्जेन्टिनाले प्रशिक्षकतर्फ पनि यसपटक विश्वकपमा आफ्नो अधिपत्य जमाएको छ । विश्वकपका ३२ टोलीमध्ये ५ टोलीले अर्जेन्टिनी प्रशिक्षकलाई जिम्मेवारी […]

June 1, 2018

”मेरो खेल जीवनको निर्णय आफै गर्छु’ – नेयमार

लन्डन (एजेन्सी)– विश्व फुटबलका महंगा खेलाडी पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारको खेल जीवनमा उनका पिताको भूमिका महत्वपूर्ण रहने विश्वास गरिन्छ । तर, नेयमारले आफ्नो खेलजीवनका बारेमा निर्णय गर्ने मुख्य व्यक्ति पिता नभई आफै भएको बताएका छन् । उनले पितालाई खाली सल्लाहकार मात्र भएको दाबी गरेका छन् । नेयमार सिनियर ब्राजिलियन सुपर स्टारका […]

isco

June 1, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – १२ इस्को

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १२ मा रहेका छन् स्पेनका मिडफिल्डर इस्को । इस्कोको करियरलाई फर्केर हेर्दा, २०१२ मा २० वर्षे इस्कोले स्पेनिस टोली मालागाबाट आकर्षक प्रदर्शन गरे र […]

June 1, 2018

नेदरल्यान्ड्स र स्लोभाकिया बराबरीमा

त्रान्भा (एजेन्सी) – विश्वकपका लागि छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्लोभाकियाले बिहीबार मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेका छन् । प्रशिक्षक रोनाल्ड कोमनको नियुक्तिपश्चात तेस्रो खेल खेलेको नेदरल्यान्ड्सले सुरुआती समयमा अपेक्षाकृत प्रदर्स्गन फर्न सकेन । एडम नेमेचले आठौँ मिनेटमा मारेक हाम्सिकको क्रसमा हेडर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । लगत्तै जुराज कुच्काको शक्तिशाली प्रहार […]

June 1, 2018

फिफा विश्वकप – १३ दिन बाँकी!

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ ।  ब्राजिलमा आयोजित पछिल्लो संस्करणमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।  जर्मनी यस पटक पनि उपाधिको दावेदारको रुपमा लिइएको टोली हो ।  प्रशिक्षक जोकिम लोले अनुभवी […]

June 1, 2018

वेस्ट इन्डिजद्वारा विश्व ११ पराजित

लन्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने […]

May 31, 2018

मेयर कपको उद्घाटन खेलमा वडा नं. १ र ११ विजयी

सिमरा (हाम्रो खेलकुद) –सामुदायिक विकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ विजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई ३–० गोलले पराजित गरेको हो । वडा नं. ११ ले वडा नं. […]

May 31, 2018

सन्दीप विश्व ११ को पहिलो रोजाईमै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिएका छन् जसमा नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि सामेल रहेका छन् । सन्दीपले सुरुवाती ११ मै स्थान बनाएका छन् । यस खेलमा उठेको पैसा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण तथा पीडितहरुको सहयोगका […]

May 31, 2018

खेलकुद क्षेत्रबाट राष्ट्रपति भण्डारी अभिनन्दित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय र विभिन्न खेलकुद संघहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिन्दन गरेका छन्  । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिहरुको उपस्थितमा राष्ट्रपति निवास शीतल निवासमा अभिनन्दन गरिएको हो […]

Success

Thank you for your time.