default_image

ताजा समाचारहरु

June 2, 2018

पूर्व कप्तान खड्का महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त, मर्हजन पुरुष टोलीमा

प्रकाश तिमल्सिना पोखरा- राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नेतृत्व परिवर्तनसँगै नयाँ प्रशिक्षक नियुक्ती गर्ने प्रक्रियामा खड्कालाई महिला टोलीको जिम्मा दिइएको हो । यो महिनाको सुरुवातबाट लागु हुने गरि नियुक्ती दिइएको एन्फाका महासचिव इन्द्रमान तुलाधारले हाम्रो खेलकुदलाई जानकारी दिए […]

June 2, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – ११ कौटिन्हो

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर ११ मा रहेका छन् ब्राजिलका फरवार्ड फिलिप कौटिन्हो । प्रिमियर लिगमा लिभरपुलबाट खेल्दा फिलिप कौटिन्होले आफ्नो नाम विश्व फुटबलमै चिनाउन सफल भएका थिए । […]

June 2, 2018

चर्चामा नाइजेरियाको विश्वकप जर्सी

मस्को (एजेन्सी) – विश्वकप नजिकिंदै जाँदा सहभागी राष्ट्रहरुको तयारी पनि अन्तिम चरणमा पुगेको छ । यसक्रममा नाइजेरियाले पनि आफ्नो तयारी जारी राखेको छ । तर केहि दिनयता भने नाइजेरियाका खेलाडीले भन्दा जर्सिले गर्दा टोलीको चर्चा चुलिएको छ । विश्वकपमा नाइजेरिया उपाधिको लागि दावेदार टोली हैन । तर बजारमा नाइजेरियाको जर्सीको माग भने निकै बढेको छ […]

June 2, 2018

दाबेदार फ्रान्स मैत्रीपूर्ण खेलमा इटाली विरुद्ध विजयी

मस्को (एजेन्सी) – विश्वकपको मैत्रीपूर्ण खेलमा यस पटकको बलियो दाबेदार मानिएको फ्रान्सले इटालीलाई ३-१ ले हराउन सफल भएको छ । इटाली भने यस विश्वकपमा छनोट हुन असफल भएको थियो । फ्रान्सले खेलको आठौं मिनेटमै अग्रता लिन सफल भएको थियो । किलियन बाप्पेको पास सदुपयोग गर्दै बार्सिलोनाका सामुयल उम्टिटीले स्कोर १-० बनाएका थिए । त्यस्तै डिफेन्डर […]

June 2, 2018

सलाहविनाको इजिप्ट कोलोम्बियासँग रोकियो

मिलान (एजेन्सी) – स्टार फरवार्ड मोहमद सलाहविना उत्रिएको इजिप्टले विश्वकप अगाडीको अभ्यास खेलमा कोलोम्बियासँग गोलरहित बराबरी खेलेको छ । शुक्रबार इटालीमा खेलिएको खेलमा इजिप्टले कोलोम्बियाको दवावलाई परास्त पारेपछि खेल बराबरीमा टुंगिएको हो । विश्वकपका लागि अभ्यासरत दुवै टोलीले खेलमा राम्रो प्रदर्शन गरेपनि गोल गर्न भने सकेनन् । कोलोम्बियाले अब विश्वकपको पहिलो खेलमा जापानको सामना गर्नेछ […]

June 1, 2018

फिफा विश्वकप : १२ दिन बाँकी!

मस्को (एजेन्सी) – विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप १२ दिनपछि सुरु हुँदैछ । ब्राजिलमा आयोजित पछिल्लो संस्करणको उपाधि जितेसँगै जर्मनीले चार पटक विश्वकप उपाधि जितिसकेको छ । यसपटक जर्मनी ब्राजिलको इतिहास तोड्ने धुनमा हुनेछ । ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप उपाधि जितिसकेको छ । ब्राजिल आफैं पनि यस प्रतियोगिताको प्रमुख दावेदारको रुपमा अगाडी […]

June 1, 2018

आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी एक्स्लेसिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ सय ६ रनले पराजित गरेको छ । बुधबार प्रतियोगिताको दोस्रो जित दर्ता गर्ने क्रममा आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका विनोदले २९ बलमा ४ चौका र ६ छक्काको मदतले […]

June 1, 2018

प्रशिक्षणमा नेयमार मुख्य टोलीभन्दा बाहिर

लन्डन (एजेन्सी) – गतसाता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार बिहीबार विश्वकप प्रशिक्षण क्याम्पमा मुख्य टोलीबाट बाहिर बसेका छन् । खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् । विश्वकप तयारीको लागि आइतबार लन्डन जानुअघि नेयमारले आफू पूर्णरुपमा ठिक नभएको बताए । यद्यपी नेयमारले विश्वकपको पहिलो खेलसम्म भने सबै […]

June 1, 2018

मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया विजयी, कोरिया भने पराजित

मस्को (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलअन्तर्गत अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४-० ले पराजित गर्न सफल भएको छ । त्यस्तै अर्को विश्वकप टोली दक्षिण कोरिया भने बोस्निया एन्ड हर्जेगोभिनासँग ३-१ ले पराजित हुन पुग्यो । अष्ट्रेलियाका लागि मिडफिल्डर म्याथु लेकीले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै आन्ड्रु नबट र लेकीले पुन: दोस्रो हाफमा […]

June 1, 2018

पोखरा स्पोर्टस् अवार्डमा कमल र विमला उत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)­ –शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी विमला नेपाली टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा शारीरिक सुगठनका जीवन घिमिरे र उदयीमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित भए । उत्कृष्ट वर्ष खेलाडी पुरुषले टिभिएसको अपाचे मोटरसाइकल र महिला खेलाडीले विगो स्कुटर […]

Success

Thank you for your time.