default_image

ताजा समाचारहरु

June 4, 2018

महिला लिग भलिबलमा पुलिसँग डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद)– साविकको उपविजेता शिवम न्यु डायमण्ड एकेडेमी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबसँग पराजित भएको छ । अर्को विभागिय टोली एपिएफले पनि विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबारबाट शुरु भएको च्याम्पियनसिपमा डायमण्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो […]

June 4, 2018

रुस्लान थ्री स्टार नुवाकोट गोल्डकपको सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नुवाकोट बट्टारस्थित खेलमैदानमा सोमबार भएको क्वार्टरफाइनलमा थ्री स्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ को अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। थ्री स्टारको जितमा राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले २ र अजायी मार्टिनले १ गोल […]

June 4, 2018

प्रदीप र सुवासको सानदार प्रदर्शन, एपिएफ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले प्रदेश २ माथि डग वर्थ लुईस नियमको आधारमा ९६ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । एपिएफले दिएको ३ सय ४० रनको […]

Italy

June 4, 2018

मैत्रीपूर्ण खेल अन्तर्गत इटाली र नेदरल्यान्ड भिड्दै

टुरिन (एजेन्सी) – मैत्रीपूर्ण खेल अन्तर्गत आज राति इटाली र नेदरल्यान्ड युभेन्टस स्टेडियममा भिड्दै छन् । सन् २००६ को विश्वकप विजेता इटाली र सन् २०१० को उपविजेता नेदरल्यान्ड दुवै यस पटक विश्वकपमा छनोट हुन असफल भएका हुन् । इटालीले आफ्नो अघिल्लो खेलमा फ्रान्ससँग ३-१ ले पराजय भोगेको थियो । नेदरल्यान्ड भने स्लोभाकियासँग १-१ को स्कोरमा […]

mauricio-pochettino

June 4, 2018

म्यानेजरको खोजीमा रियल, पोचेटिनोले गरे अस्विकार

म्याड्रिड (एजेन्सी) – टोटनह्यामका म्यानेजर मौरिसियो पोचेट्टीनोलाई क्लब भित्र्याने पहल असफल भएपछि रियल म्याड्रिड चाडैंनै नया म्यानेजर पाउने खोजीमा लागेको छ । स्पोर्ट्समेलका अनुशार जिनेदिन जिदानले टिम छाडेपछि रियलले पोचेट्टीनोलाई पहिलो लक्ष्यका रुपमा लिएको थियो। तर टोटनह्यामका म्यानेजरले आफु बाहिरी क्लबमा जान इच्छुक नरहेको बताएपछि रियल जवाफबिहिन बनेको हो। पोचेट्टीनोको सम्झौता पत्रमा रिलिज कल्ज नभएकाले […]

De bruyne

June 4, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – १० डि ब्रुयन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदकै लोकप्रिय तथा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को १० औं नम्बरमा रहेका छन् बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुयन । केभिन डि ब्रुयन २०१३/१४ को सिजनमा चेल्सीमा आबद्ध थिए । तर त्यहाँ अवसर नपाएपछि उनी जर्मनीको […]

luka modric

June 4, 2018

रियल नेयमारको प्रतिक्षामा – मोड्रिच

म्याड्रिड (एजेन्सी) – आइतवार सम्पन्न ब्राजिल र क्रोएसिया बिचको मैत्रीपूर्ण खेलपछि दूई स्टार खेलाडीहरु लुका मोड्रिक र नेयमारले टिसर्ट साटेका छन्। सोहि क्रममा लुका मोड्रिचले नेयमारलाई जिस्क्याउँदै रियल म्याड्रिडमा उनको प्रतिक्षा गरिरहेको बताएका छन् । लामो समयको चोटपछि पुनरागमन गर्नेक्रममा पिएसजीका स्टार खेलाडी नेयमारले क्रोएसिया बिरुद्ध ब्राजिलको २-० को जितमा गोल समेत गरेका थिए । […]

June 4, 2018

जर्मनीको विश्वकप टोली घोषणा, साने परेनन्

म्युनिख (एजेन्सी) – साविक विश्वकप विजेता जर्मनीले आउंदो विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले आफ्नो अन्तिम टोलीमा म्यानचेस्टर सिटीका लयमा रहेका विङर लेरोय सानेलाई भने समावेश गरेका छैनन् । लेरोय साने अष्ट्रिया विरुद्धको हारमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा […]

June 4, 2018

‘सलाहको अनुपस्थितिले नकारात्मक असर पर्छ’ – इजिप्टका प्रशिक्षक हेक्टर कुपर

काइरो (एजेन्सी) – इजिप्ट फुटबल टोलीका मुख्य प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाहको अनुपस्थितिले टोलीको विश्वकप तयारीलाई असर गरिरहेको बताएका छन् । शुक्रबार कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलपछि कुपरले यस्तो अभिव्यक्ति दिएका हुन् । बेल्जियममा भएको खेलमा गोलरहित बराबरी खेलेसंगै कुपरले भने, ‘हामी सलाहको अनुपस्थितिलाई पुर्ने काम गरिरहेका छौँ। खेलाडीहरुले हाम्रो निर्देशनलाई राम्ररी पालना गरे तर सलाहको अनुपस्थितिले […]

June 4, 2018

रियल सहकर्मीलाई रोनाल्डोको पूर्व जानकारी

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फाइनल लगत्तै अर्को सिजन क्लबमा नरहन सक्ने संकेत गरेका थिए । तर, क्लबका अन्य सहकर्मीलाई भने रोनाल्डोले एक साता अघि नै क्लब छाड्न सक्ने बारे जानकारी दिएको स्पेनिस सञ्चारमाध्यमले उल्लेख गरेको छ । रियलमा रहनेमा शंका व्यक्त गर्दै रोनाल्डोले फाइनलपछि एक सातामा समर्थकलाई थप जानकारी […]

Success

Thank you for your time.