default_image

ताजा समाचारहरु

June 8, 2018

कुराशको कोचेज कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ । दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स […]

June 8, 2018

चोटका कारण अर्जेन्टिनाले अर्को स्टार खेलाडी गुमाउने

मस्को (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब एक हप्ता बाकीं हुँदा अर्जेन्टिनालाई ठूलो धक्का परेको छ । २०१४ को उपविजेता टोली अर्जेन्टिनाले अहिले भर्खरै आफ्ना स्टार मिडफिल्डर गुमाएको छ । अर्जेन्टिनाका मिडफिल्डर म्यानुयल लान्जिनी घुंडाका चोटका कारण विश्वकपमा भाग नलिने भएका छन् । लान्जिनी प्रिमियर लिगको टोली वेस्ट ह्यामका लागि खेल्ने गर्छन् । केही […]

June 8, 2018

नेपाल फिफा वरियताको १ सय ६१ औं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जुन महिनाका लागि जारी गरेको वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो तेस्रो स्थानमा रहेको छ । फिफा वरियताका ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमध्ये […]

June 8, 2018

मेस्सीले गरे जिदानको तारिफ

बार्सिलोना (एजेन्सी)– यो सिजन ला लिगामा खराब प्रदर्शनका कारण रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब थियो । सिजनको अन्त्यमा बर्खास्तमा पर्न सक्ने आकलन पनि गरिएको थियो । तर, यहि सिजन च्याम्पियन्स लिग उपाधि टोलीलाई दिलाएपनि उनीमाथिको दबाब कम भएको थियो । उनले प्रशिक्षकका रुपमा रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । […]

June 8, 2018

इंग्ल्यान्ड कोस्टा रिका विरुद्ध विजयी

लन्डन (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्यान्डले अर्को विश्वकप टोली कोस्टा रिकालाई २-० ले हराएको छ । इंग्ल्यान्डको जितमा मार्कोस रासफोर्ड र ड्यानी वेल्बेकले गोल गर्न सफल रहे । इंग्ल्यान्डले आफ्नो सुरुवाती ११ मा अधिकांश दोस्रो रोजाईका खेलाडी राखेको थियो । इंग्ल्यान्डलाई रासफोर्डले १३ औं मिनेटमा अग्रता दिलाउन सफल भए । त्यस्तै […]

June 8, 2018

फिफा विश्वकप : ६ दिन बाँकी !

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ । यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ । ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको […]

June 8, 2018

अल्जेरियाविरुद्ध पोर्चुगलको सहज जित

लिस्बोन (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियाविरुद्ध ३-० को सहज जित हात पारेको छ । पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा पनि परेका थिए । खेलको १७ औं मिनेटमा स्ट्राइकर गोन्सालो गुएडेसले बर्नार्डो सिल्भाको पासमा पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले ३७ औं मिनेटमा गोल […]

June 8, 2018

जावालखेल लालबन्दी गोल्डकपको क्वार्टरफाइनलमा

लालबन्दी (हाम्रो खेलकुद)– ए डिभिजन टोली जावलाखेल युथ क्लब बिहिबार सुरु भएको लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सर्लाही ११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै जावलाखेल अन्तिम आठमा पुगेको हो । जावलाखेलले शनिबार हुने क्वार्टरफाइनलमा रमपम झापा ११ को सामना गर्नेछ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा जावलाखेलले बाजी मारेको […]

June 7, 2018

संकटा नेपालगञ्ज गोल्डकपको फाइनलमा

नेपालगञ्ज (हाम्रो खेलकुद) – ए डिभिजन टोली सिएमजी क्लब संकटा क्लब तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम–११ लाई बिहिबार ट्राइबेकरमा ३–१ ले पराजित गर्दै संकटा फाइनलमा प्रवेश गरेको हो । संकटा गतवर्ष पनि फाइनलमा पुगेको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुट आउटमा भएको थियो […]

June 7, 2018

वडा नंम्बर २ मेयर कपको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर २ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरकोे छ । सिमरा रंगशालामा बिहिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा वडा नं. २१ लाई पराजित गर्दै २ नं वडा अन्तिम चारमा प्रवेश गरेको हो । वडा नं. २ को जीतमा विवश गुरुङले निर्णायक गोल गरे ।  पहिलो खेलमा […]

Success

Thank you for your time.