default_image

ताजा समाचारहरु

June 11, 2018

एपिएफ प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन, सागर सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको एक्सेलसिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपिएफ प्रधानमन्त्री कपको च्याम्पियन बन्न सफल भएको हो । तस्बिरहरु: विवेक सुवेदी /हाम्रो खेलकुद आर्मीले दिएको २ सय १० रनको मध्यम […]

June 11, 2018

रियलका पूर्व प्रशिक्षक जिदान फ्रेन्च ओपनमा दर्शक

पेरिस (एजेन्सी)– रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएको केहि दिनमै फ्रान्सेली पूर्व स्टार जिनेदिन जिदानको अबको यात्रा निश्चित भइसकेको छैन । एउटा सफल यात्राको अन्त्यसँगै नयाँ यात्राको टुंगो नभएपनि उनले फुर्सदको समय परिवारसँग बिताइरहेका छन् । उनी आइतबार श्रीमती भेरोनिक्वोसँग फ्रेन्च ओपनको फाइनल हेर्न पुगेका थिए । फ्रेन्च ओपनको फाइनलमा राफाल नाडालले […]

June 11, 2018

‘नेयमारको सिमा मलाई थाहा छैन’– प्रशिक्षक टिटे

मस्को (एजेन्सी)– तीन महिना अघि ब्राजिलियन सुपर स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा घाइते भएका थियो । उनको चोटले ब्राजिलको विश्व कपमा असर पर्ने सक्ने डरले ब्राजिलियन समर्थक चिन्तित थिए ।   तर, विश्व कपको ठिक अगाडि नेयमार पूर्णरुपमा फिट भएको आभास मिल्न थालेको छ । अघिल्लो मैत्रीपूर्ण खेलमार्फत तीन महिना भन्दा लामो […]

June 11, 2018

भारतलाई इन्टरकन्टिनेन्टल कप, सुनिलले मेस्सीलाई भेट्टाए

मुम्बई (एजेन्सी)– कप्तान सुनिल क्षेत्रीको उच्च प्रदर्शनबाट प्रेरित भारतले केन्यालाई हराउँदै इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भारतले गए राती भएको फाइनलमा केन्यालाई २–० ले हराउँदै ४ राष्ट्र सहभागी प्रतियोगिताको उपाधि जितेको हो । भारतका लागि दुवै गोल सुनिलले गरे । सातौं मिनेटमा पहिलो गोल गरेका सुनिलले अर्को गोल २८ औं मिनेटमा गरेका […]

June 11, 2018

मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जित

मस्को (एजेन्सी) – ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३-० ले हराएको छ । ब्राजिलको जितमा उसका तीन फरवार्ड खेलाडीहरु नेयमार ग्याब्रियल जेसस र फिलिप कौटिन्होले गोल गर्न सफल भए । जेससले ब्राजिललाई खेलको ३६ औं मिनेटमा अग्रता दिलाउन सफल भएका थिए। पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल […]

June 11, 2018

स्कटल्यान्डले इंग्ल्यान्डलाई हरायो

एडिनब्र (एजेन्सी) – छिमेकी राष्ट्र इंग्ल्यान्ड र स्कटल्यान्डबिच भएको एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा स्कटल्यान्ड ६ रनले विजयी भएको छ । ३ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ७ बल बाँकी छँदै अलआउट भएपछि स्कटिस टोली विजयी भएको हो । पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले क्यालम म्याकलियोडको नटआउट शतकको मदतले ५० ओभरमा ५ विकेट गुमाउँदै […]

June 11, 2018

फिफा विश्वकप : ३ दिन बाँकी!

मस्को (एजेन्सी) – विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ । सन् २०१० को विश्वकप विजेता स्पेनले यसपटक पनि उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । स्पेनिस टोलीले सन् २०१० मा उपाधि जित्दा जेरार्ड पिके टोलीका नियमित सदस्यका रुपमा स्थापित भइसकेका थिए । ८ वर्ष बितिसक्दा पनि […]

June 10, 2018

चौधरी धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ग्रासरुटबाटै नेपाली क्रिकेटको विकास गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीलाई एकेडेमीको मख्य प्रशिक्षक नियुक्त गरेको छ । डिसिएले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पु¥याउने उद्देश्यले डिसिएको प्रमुख प्रशिक्षकको रुपमा एसीसीका […]

June 10, 2018

ललित स्मृति यु–१८ फुटबल मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको तेस्रो संस्करण मंगलबार सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारबाट सुरु हुने जानकारी दिएको छ । एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएपछि एन्फाले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो । प्रतियोगितामा ‘ए’ डिभिजनका १४ र मोफसलका […]

June 10, 2018

एपिएफ लालबन्दी गोल्डकपको सेमिफाइनलमा

सर्लाही (हाम्र खेलकुद) – नेपाल एपिएफ क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौडाको विजय युथ क्लबलाई २–० ले हराउँदै विभागिय टोली अन्तिम चारमा पुगेको हो । एपिएफलाई जित दिलाउन रुपबहादुर लामा र प्रविण स्याङ्तानले गोल गरेका थिए । लालबन्दीको राधाकृष्ण खेल मैदानमा भएको खेलको १० औं मिनेटमा रुपबहादुरले गोल गर्दै एपिएफलाई […]

Success

Thank you for your time.