default_image

ताजा समाचारहरु

June 15, 2018

टोकियो ओलम्पिकका लागि नेपालको प्राथमिकतामा ९ खेल

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दुई वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकमा ९ खेललाई विशेष प्रथामिकतामा राख्दै तयारी सुरु गर्ने बताएको छ । पदकको आशा गरिएका खेललाई विशेष तयारीमा राखिने शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । ओलम्पिक सोलिडारिटी कोर्स अन्तर्गत नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, एथलेटिक्स, […]

June 15, 2018

नेशनल युथ फेष्टमा नेपाली खेलकुदको चर्चा

काठमाडौं– नेशनल कलेज धुम्बराही काठमाडौंले आयोजना गरेको नेशनल युथ फेष्टको पहिलो दिन शुक्रबार नेपाली खेलकुद र खेलाडीका विषयमा चर्चा भएको छ । ओलम्पियन दीपक विष्ट र नेपाली राष्ट्रिय फुटबल टोलीका विक्रम लामाले आफ्नो खेलजीवन र नेपाली खेलकुदको अवस्थाका बारेमा नेशनल कलेजका विधार्थीका बीचमा राखेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले सहजिकरण गरेको […]

June 15, 2018

थ्री स्टार सुदूरसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब राजधानीमा जारी ललित स्मृति यु– १८ फुटबल प्रतियोगितामा सुदूरपश्चिम फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा शुक्रबार भएको खेलमा थ्री स्टार सुदूरसँग गोलरहित बराबरीमा रोकिएको हो । दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो । बराबरीसँगै थ्री स्टारको […]

June 15, 2018

गिमिनेजको गोलमा उरुग्वे विजयी

मस्को (एजेन्सी) – समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गरेको छ । उरुग्वेको जितमा डिफेन्डर जोसे गिमिनेजले गोल गरे । खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् । इजिप्टका लागि उसका गोलकिपर एल-सेनावीले शानदार प्रदर्शन गरेका थिए […]

June 15, 2018

सलाह इजिप्टको शुरुवाती ११ बाट बाहिर

एजेन्सी (एक्तारिनवर्ग) – इजिप्टका फरवार्ड मोहम्मद सलाह उरुग्वेविरुद्धको खेलमा शुरुवाती ११ भन्दा बाहिर रहेका छन् । फिफा विशवकप अन्तर्गत केही बेरमा शुरु हुने समूह ‘ए’ को उरुग्वेविरुद्धको खेलमा इजिप्टका फरवार्ड सलाहले चोटका कारण शुरुवाती ११ मा स्थान बनाउन नसकेको प्रशिक्षक हेक्टर कुपरले बताएका छन् । सलाहलाई गत महिना च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको फाइनल […]

June 15, 2018

एक्सटेपको तेस्रो स्वरुम बौद्धमा

काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज स्पोट्र्स वेयर कम्पनी एक्सटेपको तेस्रो स्वरम बौद्धमा खुलेको छ । एक्सटेपको स्वरुप यसअघि न्यूरोड र दरबारमार्गमा खोलिएको थियो । बौद्धस्थित स्वरुमको उद्घाटन सञ्चालकद्वय गणेशमान श्रेष्ठ र बलराम गौतमले संयुक्त रुपमा गरेका थिए । करिब तीन वर्षदेखि नेपालमा खेलकुदका विभिन्न सामग्री विक्री गरिरहेको चाइनिज स्पोट्र्स वेयर कम्पनी एक्सटेपले दरबार मार्गमा आफ्नै […]

June 15, 2018

पोर्चुगल विरुद्ध स्पेन – खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘बि’ मा आज खेलिने दोस्रो खेल तथा आजको अन्तिम खेलमा युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् । युरोकप २०१६ को च्याम्पियन रहेको पोर्चुगल आफ्नो सो लयलाई अर्को ठूलो प्रतियोगितामा निरन्तरता दिन चाहन्छ । अर्को तर्फ दुई दिन अघि आफ्नो प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको स्पेनबाट के अपेक्षा […]

June 15, 2018

स्पेन विरुद्ध पोर्चुगल – हेर्नलायक दुई खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आज राति ११.४५ बजे विश्वकप समूह ‘बि’ अन्तर्गत युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् । आजका खेलमा हेर्नलायक दुई खेलाडी यी रहेका छन्: इस्को (स्पेन) इस्को आफ्नो पास गर्ने शैली, गोल गर्ने कला र बलमा नियन्त्रणका लागि परिचित छन् । एक अग्रपंक्तिमा खेल्ने खेलाडीमा हुनु पर्ने सबै गुण […]

June 15, 2018

मोरक्को विरुद्ध इरान – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आज विश्वकप समूह ‘बि’ अन्तर्गत पहिलो खेल ८.४५ बजे खेलिने छ र त्यसमा इरान र मोरक्को भिड्दै छन् । मोरक्को आफ्नो डिफेन्सका लागि चिनिने राष्ट्र हो । छनोट चरणमा मोरक्कोले ६ लगातार क्लिन शिट पनि राखेको थियो । त्यस्तै अग्रपंक्तिमा पनि खलिब बुतेब र हाकिम जेयचले मरोक्कोको गोलको कमान सम्हाल्ने छन् […]

June 15, 2018

उरुग्वे विरुद्ध इजिप्ट – हेर्नलायक दुई खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकपको आज दोस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र अफ्रिकी राष्ट्र इजिप्ट भिड्दै छन् । आज उरुग्वे र इजिप्ट दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्न निश्चित जितसहित मैदान उत्रनेछ । स्टार खेलाडीहरुले भरिएको उरुग्वेसँग अग्रपङ्तिमा लुइस स्वारेज, एडिन्सन काभानी र क्रिष्टियन स्टुआनी जस्ता खेलाडीहरु रहेका छन् । मिडफिल्डमा कार्लोस साञ्चेज र […]

Success

Thank you for your time.