default_image

ताजा समाचारहरु

June 18, 2018

स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती

सोची (एजेन्सी) – बेल्जियम रसिया विश्वकपको उपाधिको दाबेदार टिममध्येको एक टोली हो । स्टार खेलाडीहरूले भरिएको बेल्जियमले आज विश्वकपको नवप्रवेशी पानामाको सामना गर्दै रसिया विश्वकपको सुरुवात गर्नेछ । बेल्जियम र पनामाबीचको खेल सोचीस्थित फिस्ट स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि सुरु हुनेछ । स्टार खेलाडीहरूले भरिएको बेल्जियम पनामाविरुद्ध निश्चित जितसहित मैदान उत्रने पक्का छ । […]

eden hazard belgium

June 18, 2018

विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन्। समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई खेल हुनेछन्। आज विश्वकपका ३ खेल खेलिंदै छन् ।  पहिलो खेल –स्विडेन विरुद्ध दक्षिण कोरिया – ५.४५ बजे दोस्रो खेल –बेल्जियम विरुद्ध पानामा – ८.४५ बजे तेस्रो खेल –ट्युनिसिया विरुद्ध इङ्ल्याण्ड – ११.४५ बजे यो खेलको नेपाली कमेण्ट्रि सहित डिस होम एक्सन स्पोर्ट्समा लाइभ हेर्न सक्नुहुनेछ। त्यस्तै […]

June 18, 2018

ब्राजिल पनि बराबरीमा रोकियो,स्विट्जरल्यान्ड को उच्च प्रदर्शन

रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । […]

June 18, 2018

कोउटिन्होको गोलमा ब्राजिललाई अग्रता

रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एकका रुपमा हेरिएको ब्राजिलले विश्व कप समूह चरणको स्विट्जरल्यान्डविरुद्धको पहिलो खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा गोल गरेका […]

June 17, 2018

मक्सिको विरुद्ध साविक विजेता जर्मनी पराजित

मस्को (एजेन्सी) – विश्वकप समूह ‘एफ’मा साविक विजेता जर्मनी मेक्सिकोसंग १-० ले पराजित भएको छ । खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको हो । ५ संस्करणमा जर्मनी पहिलो खेलमै हार्ने चौथो […]

June 17, 2018

पहिलो हाफ – जर्मनीविरुद्ध मेक्सिकोको अग्रता

मस्को (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को पहिलो खेलको पहिलो हाफमा मेक्सिकोले साविक विजेता जर्मनीसंग १-० को अग्रता लिएको छ । खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको छ । मक्सिको र […]

June 17, 2018

कोलारोभको फ्रिकिक गोलमा सर्बिया विजयी

मस्को (एजेन्सी) – विश्वकप समूह ‘ई’को पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १-० ले हराएको छ । पहिलो हाफ सर्बिया हावी देखिए पनि गोल गर्न सफल भएको थिएन । दोस्रो हाफको ५६ औं मिनेटमा भने रोमाका डिफेन्डर एलेक्जान्डर कोलारोभको फ्रिकिक गोलमा सर्बियाले अग्रता लिन सफल भएको हो । कोलारोभको सुन्दर फ्रिकिकले रियल म्याड्रिडका गोलकिपर केलर नाभासलाई […]

June 17, 2018

लुम्बिनीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको लुम्बिनी फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबलमा पहिलो जित निकालेको छ । प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा लुम्विनीले न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा लुम्विनीले खेलको ११ औं मिनेटमा अग्रता बनाएको थियो । लुम्विनीका मोहन […]

June 17, 2018

ललित स्मृति फुटबलमा सरस्वतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृतिमा यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा पहिलो जित दर्ता गरेको हो । सरस्वतीले यसअघिका दुवै खेल गुमाएको थियो […]

raina

June 17, 2018

रैना तीन वर्षपछि भारतीय टोलीमा समावेश

मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका बाँया हाते ब्याट्सम्यान सुरेश रैना करिब तीन वर्षपछि भारतको एक दिवसिय अन्तर्राष्ट्रिय टोलीमा परेका छन्।  इङ्ल्याण्डसँगको शृंखलाका लागि अम्बाती रायाडु फिट्नेस टेस्टमा अयोग्य भएपछि छनोट समितीले रैनालाई उनको स्थानमा मौका दिएको हो। ओक्टोबर २०१५ मा पछिल्लो पटक भारतको टोलीबाट खेलेयता ३१ वर्षीय रैना पहिलो पटक ओडिआई टोलीमा परेका हुन्। भारतको टि-२० […]

Success

Thank you for your time.