default_image

ताजा समाचारहरु

June 20, 2018

उरुग्वे विश्व कपको नकआउटतर्फ अग्रसर

रोस्तोभ (एजेन्सी) –उरुग्वे रसियामा जारी विश्व कपअन्तर्गत समूह चरणको दोस्रो खेलको पहिलो हाफमा साउदी अरेबियाविरुद्ध १–० को अग्रता बनाएको छ । पहिलो खेलमा इजिप्टलाई हराइसकेको उरुग्वेले यो खेल जितमा अन्तिम खेल अघि नै नकआउट चरणमा स्थान बनाउने छ । समूह एमा हिजो भएको खेलमा इजिप्टलाई हराउँदै आयोजक रसिया नकआउट चरणमा पुगिसकेको छ । साउदी अरेबियाले […]

sag n asian games 6

June 20, 2018

एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि दोस्रो चरणमा ३३ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आसन्न एसियन गेम्स र दक्षिण एसियाली खेलकुद (साफ) को लागि ३३ खेलाडी छनोट गरेको छ । जापानिज मुख्य प्रशिक्षक कोजीले प्रारम्भिक चरणमा रहेका ५० खेलाडीबाट ३३ जना खेलाडीको छनोट गरेको हो । एसियन गेम्समा यु–२३ को टोली रहने छ । जसमा तीन खेलाडी […]

June 20, 2018

रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल विजयी

लुज्निकी( एजेन्सी) –सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए ।   मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डोले प्रतियोगितामा आफ्नो गोल सङ्ख्या ४ पु¥याएको छ । रोनाल्डोले स्पेनविरुद्धको पहिलो खेलमा […]

June 20, 2018

उरुग्वेलाई रोक्ला साउदी अरेबियाले

मस्को (एजेन्सी) – विश्वकप फुटबलमा समूह ‘ए’ बाट आयोजक रसियाले नकआउट चरणमा स्थान बनाइसकेको छ । लगातार दोस्रो जित निकालेर एक खेल अगावै नकआउट चरणमा स्थान बनाउन सफल रसियाले अन्तिम खेलमा उरुग्वेको सामना गर्दैछ । समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दोस्रो टिम बन्ने लक्ष्यमा रहेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले आज समूह चरणको दोस्रो खेलमा […]

June 20, 2018

मोरक्कोविरुद्ध सहज जितको खोजीमा पोर्चुगल

मस्को (एजेन्सी) – आफ्नो सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डोप्रेरित पोर्चुगलले आज समूह चरणको दोस्रो खेलमा अफ्रिकी मुलुक मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल लुज्निकी स्टेडियम मस्कोमा साँझ ५ः४५ बनेपछि सुरु हुनेछ । पहिलो खेलमा उपाधिको दावेदार मानिएको स्पेनलाई अन्तिम समयमा ३–३ गोलको बराबरीमा रोक्न सफल पोर्चुगल मोरोक्कोसँग सचेत रहँदै जितका लागि मैदान उत्रनेछ । मोरक्कोमाथि जित हात […]

June 20, 2018

तथ्यमा रुस विश्वकप,रोनाल्डोसँग कसले गरे बराबरी ?

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्व कपको छैटौं दिन सम्म आइपुग्दा अपेक्षा भन्दा फरक नतिजा आउने क्रम जारी छ । हरेक खेलको समाप्तीसँगै विश्व कपको तथ्याङ सुचि पनि लामो बन्दै गइरहेको छ । समूहको खेलको दोस्रो चरण सुरु हुँदा रसियाका डेनिस चेरेसेभले सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । […]

June 20, 2018

विश्व कपमा आज को को खेल्दैछन् ?

मस्को (एजेन्सी)– विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ । बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । […]

June 20, 2018

आयोजक रुस विश्वकपको दोस्रो चरणमा, इजिप्ट बाहिरियो

मस्को(एजेन्सी)- आयोजक रसिया विश्वकप फुटबलको नकआउट चरणका पुग्ने पहिलो टोली बनेको छ । मंगलबार राति भएको खेलमा इजिप्टलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै रसिया विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो । समूह चरणमा रसियाको यो लगातार दोस्रो जित हो । रुसले अब उरुग्वेसँग खेल्न बाँकी छ । रसियासँगको हारसँगै इजिप्ट विश्वकपको समूह चरणबाटै […]

June 19, 2018

टफिच्चो जुनियर फुटसल च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा मंगलबारदेखि टफिच्चो जुनियर अन्तर स्कुल फुटसल प्रतियोगिता शुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहाभागी १०५ स्कुललाई यु–१२ र यु–१४ गरी दुई भागमा विभाजन गरिएको छ । च्याम्पियनसिपको पहिलो दिन यु–१२ अन्र्तगतको २४ खेलहरु सम्पन्न भएका छन् । पहिलो दिन २४ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । हरेक […]

June 19, 2018

सेनेगल पोल्यान्डविरुद्ध विजयी, समूह एच झनै रोमाञ्चक

मस्को (एजेन्सी) – विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ । पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर […]

Success

Thank you for your time.