default_image

ताजा समाचारहरु

June 25, 2018

आयोजक रसियाको समूह विजेता बन्ने लक्ष्य

एजेन्सी (सामरा) –रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा सोमबारबाट समूह चरणको तेस्रो तथा अन्तिम राउन्डका खेलहरु शुरु हुदैछन् । समूह चरणको अन्तिम राउन्डको खेलमा समूह विजेता बन्ने लक्ष्यमा रहेको आयोजक राष्ट्र रसियाले उरुग्वेको सामना गर्दैछ । खेल सामरा स्टेडियममा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । समूह चरणको एक खेल अगावै दुवै टोली […]

June 25, 2018

विश्व कपमा समूह चरणका ३२ खेल सकिदा के भए? रोनाल्डो भन्दा केन अगाडि

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ३२ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा ६ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । आठ टोली प्रतियोगिताबाट बाहिरिएका छन् । रसिया, उरुग्वे, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए । इजिप्ट, साउदी अरेबिया, मोरक्को, पेरु, कोस्टारिका, […]

June 25, 2018

रोनाल्डोको पोर्चुगललाई इरानको चुनौती

मोर्डाेभियो (एजेन्सी)–दुई वर्षअघिको युरोकप विजेता पोर्चुगल रसिया विश्वकपको प्रि–क्वार्टरफाइनल नजिक छ । आधुनिक फुटबलका हस्ती क्रिष्टियानो रोनाल्डोको प्रेरणामा रहेको पोर्चुगल समूह चरणको अन्तिम खेलमा एसियाली प्रतिद्धन्द्धी इरानलाई पराजित गर्दै नकआउट चरण पुग्ने लक्ष्यमा हुनेछ । समूह ‘बी’ बाट तीन टोलीको अन्तिम १६ प्रवेश गर्ने सम्भावना जीवितै रहँदा पोर्चुगललाई बराबरी तथा इरानलाई अघिल्लो चरण प्रवेश गर्न […]

June 25, 2018

विश्व कपमा आज ४ खेल, पोर्चुगल र स्पेन अघि बढ्लान ?

मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ‘ए’मा यसअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका रसिया र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल समूह विजेताको टुंगो लाग्नेछ । २ खेलमा शत प्रतिशत नतिजा निकाल्दै […]

June 25, 2018

पोल्यान्डमाथि कोलम्बियाको जित, नकआउट चरण पुग्ने सम्भावना जीवित

काजान (एजेन्सी)– पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो । कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि […]

June 25, 2018

पोल्यान्डविरुद्ध कोलम्बियाको अग्रता, मिनाको गोल

काजान (एजेन्सी)– विश्व कपको समूह एच अन्तर्गतको खेलमा पोल्यान्डविरुद्धको खेलको पहिलो हाफमा कोलम्बियाले अग्रता लिएको छ । पहिलो हाफको अन्त्य तिर गोल गर्दै कोलम्बियाले १–० ले अगाडि लागेको छ । ४० औं मिनेटमा यरि मिनाको गोलमा कोलम्यिाले अग्रता लिएको हो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए […]

June 24, 2018

जापान र सेनेगल रोकिए, छनोट अझै पक्का भएन

इकाटिरनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘एच’ को तेस्रो खेलमा जापान र सेनेगलले २-२ को बराबरी खेलेका छन् । सेनेगलका लागि कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई ११ औं मिनेटमा अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल गर्दै खेल बराबर पारेका थिए । १९ वर्षे युवा खेलाडी मुसा वागले सेनेगलका लागि गोल […]

June 24, 2018

जापान र सेनेगलको पहिलो हाफ १-१

इकाटिरनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘एच’ को तेस्रो खेलको पहिलो हाफमा जापान र सेनेगलले १-१ को बराबरी खेलेका छन् । सेनेगलका लागि कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल गर्दै खेल बराबर पारेका हुन् । जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्यान्डलाई हराएको थियो ।

sag n asian games 6

June 24, 2018

एसियाडका लागि युवा टोलीको घोषणा- किरण, रोहित र भरत छानिए

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू २३ टोलीको घोषणा गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आइतबार युवा टोलीको घोषणा गरेका हुन् । टोलमिा ३ खेलाडी २३ वर्षमाथिका राख्न पाउने प्रावधान अनुसार टोलीमा राष्ट्रिय टोलीका सदस्य रहेका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द […]

June 24, 2018

ललित मेमोरियल फुटबलमा मोरङको जित

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा मोफसलको हाइलाइफ मोरङ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा मोरङले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को झिनो जित निकालेको हो ।  मोरङको जितमा मनिष थापाले पहिलो हाफमा गरेको गोल नै […]

Success

Thank you for your time.