default_image

ताजा समाचारहरु

June 26, 2018

समूह ‘बी’मा स्पेन विजेता र पोर्चुगल उपविजेता

मस्को (एजेन्सी)– समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका विश्व कप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूहको अन्तिम दुई खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेलेको छ । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले । ३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान […]

June 26, 2018

पहिलो हाफमा- पोर्चुगलको अग्रता, स्पेन बराबरीमा

मस्को (एजेन्सी)– विश्व कपमा समूह बीका दुई मध्ये एक खेलमा इरानविरुद्ध पोर्चुगलले अग्रता लिएको छ भने स्पेन र मोरोक्कोले पहिलो हाफमा बराबरी खेलेका छन् ।एकै समयमा भइरहेको खेलको पहिलो हाफको समाप्तीमा पोर्चुगलले एसियाली मुलुकमाथि १–० अग्रता लिएको छ । स्पेन र मोरोक्कोबीचको पहिाले हाफ १-१ को बराबरी रहेको छ । पहिलो हाफको अन्तिम मिनेटमा करिज्माले […]

June 25, 2018

‘नाइजेरियाविरुद्ध मेस्सी फरक देखिनेछन् !’

मस्को (एजेन्सी)– अर्जेन्टिनाको अहिलेको अवस्थाबाट लियोन मेस्सी दिक्दार बनेकोे स्वीकार गर्दै जाभियर मास्केरानोले अर्को खेलमा भने टोली पुरै उच्च मनोबलका साथ उत्रने बताउका छन् । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग ३–० ले पराजित भएपछि अघिल्लो चरणको यात्रा कठिन बनेको छ ।   आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न बाट चुकेपछि मेस्सीमाथि […]

June 25, 2018

सहज जितसहित उरुग्वे समूह विजेता, साउदी पनि विजयी

समारा (एजेन्सी) – आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ । उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले […]

June 25, 2018

पहिलो हाफ – उरुग्वे रुसविरुद्ध अग्रतामा, इजिप्ट र साउदी बराबर

मस्को (एजेन्सी) – विश्वकप समूह ‘ए’को अन्तिम खेलमा उरुग्वेले रुसविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । त्यस्तै इजिप्ट र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन् । उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि […]

June 25, 2018

‘विश्व कप नजित्दा सम्म सन्यास लिन्न’ -मेस्सी

मस्को (एजेन्सी)– खेल जीवनमा विश्व कप जित्नै पर्ने सबैभन्दा बढी दबाब झल्ने खेलाडी मध्ये अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी हुन् । क्लब जीवनमा सबै खाले उपलब्धि हासिल गरिसकेका मेस्सीले देशका लागि अहिले सम्म महत्वपूर्ण उपाधि जित्न नसकेको भन्दै आलोचना हुने गरेको छ । दिक्दार पार्ने गरि विश्व कपका बारेमा मेस्सीलाई सोध्ने गरिएपनि उनले देशका लागि […]

June 25, 2018

सिएमजी क्लब संकटा विजयी, झापालाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटाले राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा भएको सोमबार भएको समूह ‘सी’ खेलमा संकटाले विभागीय नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । संकटाको जितमा उमेश सुरा र अभिषेक श्रेष्ठले गोल गरे […]

June 25, 2018

बेल्जियमविरुद्ध खेल्ने कप्तान केनको इच्छा

मस्को (एजेन्सी)– इङ्ल्यान्डका कप्तान ह्यारी केनले बेल्जियमविरुद्ध हुने समूह चरणको अन्तिम खेल्दै टोलीलाई समूह विजेता बनाउन इच्छा रहेको बताएका छन् । समूह चरणका २ खेलमा ५ गोल गरेका केन जारी विश्व कपको उच्चकर्ता हुन् । पहिलो खेलमा २ गोल गरेका केनले आइतबार पानामाविरुद्ध ह्याट्रिक गरेका थिए । उनले बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई […]

June 25, 2018

ललित स्मृति फुटबलमा झापाको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको रमपम झापा–११ फुटबल क्लबले राजधानीमा जारी ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्र्तगत समूह ‘सी’ अन्र्तगत सोमबार भएको खेलमा ललितपुरको च्यासल युथ क्लबलाई ३–१ को गोल अन्तरमा पराजित गर्दै झापाले सुखद सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा झापालाई जित दिलाउन रमन भुजेलले २ […]

June 25, 2018

‘यो मेरो अन्तिम विश्वकप हुन सक्दछ’- पोग्बा

मस्को (एजेन्सी)– फ्रान्सलाई विश्व कप दिलाउन प्रतिबद्ध रहेका मिडफिल्डर पाउल पोग्बाले यो उनको अन्तिम विश्व कप हुन सक्ने बताएका छन् । फ्रान्सेली टोलीमा पर्नका लागि तीब्र प्रतिस्पर्धा हुने तर्फ संकेत गर्दै उनले भने, ‘अन्य खेलाडी म भन्दा उत्कृष्ट देखिए भने भविष्यमा म टोलीमा नपर्न सक्छु ।’ विश्वका उत्कृष्ट मिडफिल्डर मध्येका एक म्यानचेस्टर युनाइटेडका पोग्बाले रसिया […]

Success

Thank you for your time.