default_image

ताजा समाचारहरु

history

July 4, 2018

इतिहास बनाउन चुक्यो स्विट्जरल्यान्ड

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपमा स्विडेनसँग पराजित स्विजरल्याण्डका लागि यो लामो इतिहास तोड्ने अवसर थियो। तर अर्को पटकपनि अन्तिम १६ बाट बाहिरिदै स्विट्जरल्यान्डले १९३८  यताको खराब इतिहासलाई निरन्तरता दिएको छ। सन् १९५४ यता स्विस टोली विश्वकपको क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको छैन। सन् १९३८ यता स्विट्जरल्यान्डले ठूलो प्रतियोगिताको नक आउट चरणमा कुनै खेल जितेको छैन। गएराती […]

July 4, 2018

काभानी फ्रान्सविरुद्ध खेल्नेमा शंका

मस्को (एजेन्सी)– उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीको चोट गम्भिर नरहेको उरुग्वे फुटबल संघले जनाएको छ । पोर्चुगलविरुद्ध शनिबार भएको विश्व कप क्वार्टरफाइनलमा उनकै २ गोलमा उरुग्वे २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको थियो । तर, चोटकारण उनले त्यो खेल पुरा समय खेल्न पाएनन् । बायाँ पिडौंलाको माशंपेशीमा समस्या देखिएपछि उनलाई परिवर्तन गरिएको थियो । तर, संघले […]

July 4, 2018

रोनाल्डो युभेन्टस जाने हल्ला चर्कियो

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने खबरले अहिले फुटबल बजारमा व्याप्त रहेको छ । मंगलबार इटाली तथा स्पेनिस स्पोर्ट्स पत्रिकामा सो खबर हेडलाइनकै रुपमा पनि आएको हो । इएसपिएनका अनुसार युभेन्टसले रियलसामु प्रस्ताव पनि राखिसकेको छ  । तर रोनाल्डो आफैले भने आधिकारिक रुपमा सो निर्णय लिइसकेका […]

July 4, 2018

‘नेयमारमाथिको फाउल सामान्य’– सिल्भा

मस्को (एजेन्सी)– नेयमारमाथि हुने फाउलले आफुलाई आश्चार्यमा नपारेको ब्राजिलका सेन्टर ब्याक थिएगो सिल्भाले बताएका छन् । बार्सिलोनाका पूर्व स्टारलाई रोक्न सहज नहुने भएकाले फाउल गरिने उनको भनाई छ ।   चोटका कारण लामो समय मैदान बाहिर रहेका नेयमार विश्व कपको केहि दिन अघि मात्र मैदान फर्केका थिए । त्यसयता मेक्सिकोलाई २–० ले हराउँदा नेयमार आफ्नो […]

July 4, 2018

इंग्ल्यान्ड विश्व कपको क्वार्टरफाइनलमा, टाइब्रेकरमा कोलम्बिया बाहिरियो

स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । टाइब्रकेरको नायक रहे इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल […]

July 4, 2018

इंग्ल्यान्ड र कोलम्बियाबीच १–१ बराबरी, थप ३० मिनेट खेल्नु पर्ने

स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड र कोलम्बियाबीच रसियामा जारी विश्व कप फुटबलको अन्तिम क्वार्टरफाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको छ । इन्जुरी समयको तेस्रो मिनेटमा येरी मिनाले हेडमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको छ । ५ मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा कर्नरबाट आएको बलमा मिनाले हेड गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । […]

July 4, 2018

कोलम्बिया र इंग्ल्यान्डको पहिलो हाफ गोलरहित

स्पार्टाक (एजेन्सी) – विश्वकप अन्तिम १६ को अन्तिम खेलको पहिलो हाफमा इंग्ल्यान्ड र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् । इंग्ल्यान्डले खेलमा ५५ प्रतिशत पोजेसन राखेको छ भने कोलम्बियाले ४५ प्रतिशत । दुवै टोलीले पोस्टमा एकएक आक्रामण गरे पनि गोल भने गर्न असफल रहेका छन् । इंग्ल्यान्ड दुई खेल जित्दै र एक खेल गुमाउंदै समूह ‘जी’ […]

July 3, 2018

स्विडेन अन्तिम ८ मा प्रवेश, फोर्सबर्गको निर्णायक गोल

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले हराएको छ । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल रहे । पहिलो हाफमा स्विट्जरल्यान्डले अधिकांश पोजेसन राखे पनि दुवै टोली गोल गर्न असफल रहे । दोस्रो हाफमा भने स्विडेन गोलको खाता खोल्न सफल रह्यो । फोर्सबर्गले डिफ्लेक्टेड प्रहारमार्फत […]

July 3, 2018

स्विडेन र स्विट्जरल्यान्डको पहिलो हाफ गोलरहित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपको सातौं प्रि-क्वाटरफाइनल खेलमा स्विडेन र स्विट्जरल्यान्डले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । स्विट्जरल्यान्ड समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो भने स्विडेन जर्मनी रहेको समूह ‘एफ’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको हो । यस खेलमा अधिकांश पोजेशन स्विट्जरल्यान्डले राखे पनि […]

July 3, 2018

आर्चरीमा केशरीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – जारी लक्ष्मणकुमार श्रेष्ठ स्‍मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगितामा कास्की आर्चरी क्लबकी केशरी आले मगरले स्वर्ण जितेकी छिन् । केशरीले फाइनलमा नेपाल आर्मीकी अइशा तामाङलाई पराजित गरिन् । निर्धारित समय ५-५ को बराबरीमा टुंगिएपछी दुवैले १-१ तिर हान्ने मौका प्राप्त गरेका थिए । सो अवसरमा केशरीले १० अंक जोड्दा अइशाले ९ […]

Success

Thank you for your time.