default_image

ताजा समाचारहरु

July 14, 2018

मौरीजियो सारी चेल्सीका नयाँ प्रशिक्षकमा नियुक्त

लन्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले मौरीजियाने सारीलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । चेल्सीले शनिबार नपोलीका पुर्व प्रशिक्षक सारीलाई ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले बिहिबार मात्रै आफ्ना प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो । स्टामफोर्ड ब्रिजमा अनुबन्ध भएपछि सारीले चेल्सी र प्रिमियर लिगमा आउन पाउनु आफ्नो लागि […]

July 14, 2018

सन्दीप स्वदेश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यानेडियन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर आज स्वदेश फर्किएका छन् । सन्दीप आज बिहान ८ः५० बजे जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । क्यानेडियन क्लब मोन्ट्रेल टाइगर्सबाट सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए । जसमध्ये सन्दीपको टोलीले ६ खेलमा मात्र २ […]

July 14, 2018

विश्वकप तेस्रो स्थानको खेल आज : बेल्जियमसँग बदला लिने इङ्ल्यान्डलाई अवसर

पिटर्सबर्ग (एजेन्सी) – रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ ।  यी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो […]

July 14, 2018

बालबालिकामा हुने दुर्व्यवहार अन्त्यका लागि मैत्रीपूर्ण फुटसल

काठमाडौं (हाम्रो खेलकुद) – बालबालिकामाथि हुने गरेको दुर्व्यवहार अन्त्यका लागि सांकेतिक आव्हान स्वरुप मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना भएको छ । बालअधिकार अभियान नेपाल, बालअधिकारका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला बालक्लब सञ्जाल काठमाडौंको संयुक्त आयोजनामा शुक्रबार मैत्रीपूर्ण फूटसल आयोजना भएको हो । काठमाडौं सिनामंगलस्थित फाइभ फाइभ फूटसलमा भएको मैत्रीपूर्ण फुटसलमा ललित बहादुर शाहीको नेतृत्वको नीलो […]

July 14, 2018

रोड्रिग्वेज रियल फर्कन सक्ने

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै रियल म्याड्रिडले अनेक विकल्प खोज्न थालेको छ । त्यसमध्ये एउटा लोनमा बायर्न म्युनिखमा रहेका हामेस रोड्रिग्वेजलाई फर्काउने विषयमा पनि क्लब सकारात्मक रहेको बताइएको छ । कोलम्बियन स्टार रोड्रिग्वेजको लोन सम्झौता सन् २०१९ जुन ३० सम्म रहेको छ । त्यसपछि पनि बायर्नले उनलाई स्थायी रुपमा क्लबमा राख्न सक्ने विकल्प छ […]

July 14, 2018

शकिरी लिभरपुलमा अनुबन्धित

लन्डन (एजेन्सी) – स्वीट्जरल्यान्ड तथा प्रिमियर लिग क्लब स्टोक सिटीका स्टार जर्दान शकिरी अर्काे इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । २६ वर्षीय शकिरीलाई लिभरपुलले पाँच वर्षका लागि १३ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । शकिरीले लिभरपुलमा २३ नम्वरको जर्सी लगाउनेछन् । इम्री क्यान सिरी ‘ए’ क्लब युभेन्टस् गएपछि क्लबको उनको स्थानमा शकिरी अनुबन्ध […]

July 14, 2018

रियलले नेयमार भित्राउन प्रयास गर्ने

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि जुनी कालाफाटलाई पठाउने भएको छ । उनले नेयमारका बाबुसँग कुराकानी गर्ने बताइएको […]

July 13, 2018

कतार विश्वकप जाडो मौसममा खेलाउने फिफाको निर्णय

मस्को (एजेन्सी)– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२२ को कतार विश्वकप जाडो मौसममा खेलाउने निर्णय गरेको छ । फिफाको आज बसेको बैठकले कतार विश्वकप गर्मी मौसम (समर) मा नभई जाडो मौसम (विन्टर) मा गराउने निर्णय गरेको हो ।   यसअघिका सबै २१ औं संस्करण सम्मका विश्वकपका खेलहरु जुन/जुलाई महिनामा हुदै आएको थियो । फिफाले […]

volleyball nepal

July 13, 2018

एसियन गेम्स – भलिबलमा नेपाल कोरिया र ताइपेसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपाली टोलीले समूह ‘डी’ मा दक्षिण कोरिया र  चाइनिज ताइपेसंग खेल्नेछ। पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको छ । २० टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टिमले दोस्रो चरणको यात्रा तय गर्नेछ ।  नेपालको राष्ट्रिय […]

July 13, 2018

एभरेष्ट र सिदार्थ एन्फा कपको सेमिफाईनलमा प्रवेश

बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा न्यू एभरेष्ट एकेडेमी र सिदार्थ शिक्षा सदन सेमिफाईनलमा प्रवेश गरेका छन् । बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा शुक्रबार भएको पहिलो क्वाटरफाईनल खेलमा न्यू एभरेष्ट एकेडेमीले रुद्रेपिपल माविलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । एभरेष्टलाई सेमिफाईनलमा प्रवेश गराउन खेलको ११ औं […]

Success

Thank you for your time.