default_image

ताजा समाचारहरु

July 17, 2018

‘उच्च प्रदर्शनको निरन्तरताका लागि युभेन्ट्स आए’- रोनाल्डो

टुरिन (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सोमबार युभेन्ट्सका खेलाडीका रुपमा सार्वजनिक भएका छन् । आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका रियल म्याड्रिडका पूर्व फरवार्डले सोमबार दिउँसो स्वास्थ परिक्षण गरेका थिए । साँझ नयाँ क्लब युभेन्ट्सको जर्सीका साथ उनी पत्रकार सम्मेलनमा उपस्थित भए । १ सय मिलियन पाउन्डमा सरुवा भएका रोनाल्डो अझै माथिल्लो […]

July 16, 2018

विश्व कप उपविजेता क्रोएसियाी टोलीको पनि घरमा भव्य स्वागत

जाग्रेब (एजेन्सी)– विश्व कपको उपविजेता टोली क्रोएसियाली फुटबल टोलीको स्वदेशमा भव्य स्वागत भएको छ । रसियामा आइतबार भएको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको भोली पल्टै टोली स्वादेश फर्केको थियो । लुका मोड्रिच र उनको टोलीलाई हजारौं समर्थकले भव्य स्वागत गरेका थिए । विश्व कप इतिहासमा क्रोएसियाको यो अहिले सम्मकै उच्च प्रदर्शन हो । विश्व […]

July 16, 2018

विश्व विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सोमबार दिउँसो पेरिस ओर्लेको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रो पटक विश्व कप विजेता बनेको थियो । फ्रान्सले विश्व कप जितेको यो दोस्रो पटक हो […]

July 16, 2018

सम्झौता अन्त्य गर्न साम्पोली सहमत

ब्यूनस आइरिस (एजेन्सी) – अर्जेन्टिना फुटबल संघ (एएफए) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता नवीकरण नगर्न सहमत भएका हुन् । विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले एएफएको सहमतिमा पद छाडेको बीबीसीले जनाएको छ । एएफए भनेको छ, ‘आज एसोसिएसन र राष्ट्रिय […]

July 16, 2018

एन्फा कपमा सिद्धार्थ र अमर आदर्श च्याम्पियन

अर्जुन कार्की बागलुङ – एन्फा कप बागलुङ अन्तरविद्यालय फुटबल प्रतियोगितामा सिदार्थ शिक्षा सदन छात्र र अमर आदर्श मावि छात्रातर्फ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा छात्रतर्फ इन्जुरी समयमा २ गोल गर्दै सिद्धार्थले चिल्ड्रेन लाइफलाई ३–१ ले र छात्रातर्फ अमर आदर्शले कालिगण्डकी बोर्डिङ ४–० ले हराउँदै उपाधि जितेका हुन् । छात्र तर्फ सिदार्थले चिल्ड्रेन लाइफसँग […]

July 16, 2018

बजाज खडक वारियर्सको लगातार तेस्रो जित

सप्तरी (हाम्रो खेलकुद)– बजाज खडक वारियर्सले सप्तरमा जारी प्रथम मेयर कप सप्तरी प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । बजाज खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ६ विकेटले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो । । पबि स्कुल मैदानमा सम्पन्न लिगको पाँचौ खेलमा टस जितेर ब्याटिङ गरेको बोदे बर्साइनले […]

July 16, 2018

लिग निर्देशकका रुपमा मिश्रको एन्फामा पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व सहायक महासचिव सञ्जिव मिश्र नयाँ भूमिकाका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) फर्कने भएका छन् । तीन महिनापछि सुरु हुने लिगको निर्देशकका रुपमा मिश्र साउन १ गतेबाट एन्फा जाने तयारीमा छन् । मनोनयक पत्र मिश्रले असार २९ गते प्राप्त गरेको बताएका छन् । एन्फा कार्यसमितिको असार १२ गते बसेकेको पछिल्लो बैठकले […]

July 16, 2018

युएईंका कप्तान मुस्ताफा काठमाडौं किङ्स–११ मा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– युनाइटेड अरब इमिरेट्स (युएईं) क्रिकेट टोलीका कप्तान रोहन मुस्ताफा एभरेस्ट प्रिमियर लिग क्लब काठमाडौं किङ्स–११ मा अनुबन्धित भएका छन् । काठमाडौं किङ्सको यो दोस्रो विदेशी खेलाडी दर्ता हो । यसअघि काठमाडौंले आयरल्यान्डका केभिन ओ’ब्रिनलाई पहिलो खेलाडीको रुपमा दर्ता गरेको थियो । रोहनले युएईंबाट टी–ट्वान्टी र एकदिवसीयमा ५० भन्दा बढी खेल खेलिसकेका छन् […]

July 16, 2018

विश्वकप फुटबल हाजिरी जवाफमा सैनिक महाविद्यालय विजयी

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको सैनिक आवासिय महाविद्यालयले विश्वकप फुटबल लक्षित दोस्रो एन. के. सिंह अन्तर विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता जितेको छ । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्ययालयको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा सोमबार सम्पन्न प्रतियोगितामा निर्भाना एकेडेमी दोस्रो, जेम्स स्कुल तेस्रो, युनाइटेड स्कुल चौथो र भानुभक्त मेमोरियल मावि पाँचौं भएको […]

July 16, 2018

‘रियालले रोनाल्डो बेच्नु ऐतिहासिक भुल’- काल्डेरोन

म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियाल म्याड्रिडका पूर्व अध्यक्ष रमन काल्डेरोनले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेचेर क्लबले ऐतिहासिक भुल गरेको बताएका छन् । ‘रोनाल्डो जस्तो सुपरस्टार खेलाडीलाई यति सहजै बेच्नु एकदमै खराव निर्णय हो । उनलाई क्लबले कम्तीमा पनि अझै आफ्नो सम्झौता २०२१ सम्म क्लबमै राख्नुपर्ने थियो ’ काल्डेरोनले अन्र्तवार्तामा भने, ‘रोनाल्डोलाई एकदमै साधारण […]

Success

Thank you for your time.