default_image

ताजा समाचारहरु

July 22, 2018

महिला राष्ट्रिय लिग भोलिदेखि, आर्मी र पुलिसबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोलीले सोमबारबाट सुरु हुने उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा तीन विभागीयसहित ५ टोलीको सहभागिता रहने एन्फाले जनाएको छ ।   पुलिस, आर्मी,एपिफ तथा रौतहट र काठमाडौं जिल्लाले लिगमा प्रतिस्पर्धा गर्दैछन् । […]

Koji

July 22, 2018

प्रशिक्षक कोजी – “लक्ष्य साफ च्याम्पियनसिप”

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाल राष्ट्रिय टोलीका प्रशिक्षक ग्यातुकी कोजीले इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुने एसियाली खेलकुदलाई साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरेका छन्।  यू २३ टोलीको प्रशिक्षण गरिरहेका कोजीले बंगलादेशमा हुने साफ च्याम्पियनशिपलाई प्राथमिकताको रुपले हेरेका छन्। “हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो। एसियन गेम्स साफका लागि तयारी हो”, उनले आइतबारको प्रशिक्षण पछि मिडियासँग भने। त्यस्तै कोजीले […]

July 22, 2018

विलियनका लागि बार्सिलोनाले फेरी प्रयास गर्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले ब्राजिलियन अन्तर्राष्ट्रिय विलियनका लागि ५३ मिलियन युरो प्रस्ताव गरेको थियो । दुई क्लबका प्रतिनिधिबीच उनका विषयमा छलफल भइरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार ला लिगा […]

July 22, 2018

भेनेसियस जुनियरको नेयमार जुनियरसँग खेल्ने चाहना

म्याड्रिड (एजेन्सी) – ब्राजिलका युवा प्रतिभा भेनेसियस जुनियरलाई भित्राउने स्पेनिस जाइन्ट रियल म्याड्रिडको योजना पुरा भएको छ । १८ वर्षे भेनेसियसलाई अघिल्लो वर्ष नै क्लबले अनुबन्ध गर्ने प्रयास गरेपनि उमेरका कारण यो सिजन मात्रै लिन सम्भव भएको थियो र टोलीले उनलाई शुक्रबार सार्वजनिक गरेको थियो । स्पेनमा विदेशी खेलाडी अनुबन्ध गर्नका लागि खेलाडीको उमेर १८ […]

July 22, 2018

हाजार्ड र रियल सम्झौताको नजिक!

म्याड्रिड (एजेन्सी)– बेजिल्यम फुटबल टोलीका कप्तान एवंम् चेल्सीका फरवार्ड इडेन हाजार्ड रियल म्याड्रिडसँग सम्झौताको निकट रहेको बेल्जियमका सञ्चारमाध्यमले जनाएका छन् । हाजार्ड र रियलबीच केहि दिनमा सम्झौता हुने सक्ने समाचारहरुमा उल्लेख छन् । केहि वर्षयता देखि नै हाजार्ड रियल जाने चर्चा चले पनि त्यो सफल हुन सकेको थिएन । विश्व कपको अन्तिम १६ बाट बाहिरिएको […]

bharat khawas

July 22, 2018

भरत एसियाड नखेल्ने पक्का

ललितपुर (हाम्रो खेलकुद) –  एसियाली खेलकुदका लागि २३ वर्षमाथिबाट छानिएका तीन मध्येका खेलाडी भरत खवास चोटका कारण प्रतियोगिता नखेल्ने पक्का भएको छ। यसअघि  अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू २३ टोलीको घोषणा गर्दा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार टोलीमा राष्ट्रिय टोलीका सदस्य रहेका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवासलाई समावेश […]

July 22, 2018

रोनाल्डोले दिए २० हजार युरो टिप्स

एथेन्स (एजेन्सी) – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसमा छुट्टी सकेर फर्कने बेलामा होटलका कर्मचारीलाई ठूलो रकम टिप्समा दिएका छन् । पश्चिम पेलोपोनिज स्थीत कोस्टा नभारीनो रिसोर्टमा १० दिन छुट्टी मनाएर फर्कने बेलामा उनले कर्मचरीलाई बाड्न भन्दै २० हजार युरो दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  रोनाल्डोले आफ्नो परिवारलाई गरेको सेवा र पापाराजीबाट टाढा […]

July 22, 2018

वान डेमा बढ्दै दोहोरो शतक

काठमाडौं (हाम्रो खेलकुद) – सन् सत्तरीतिर विश्व क्रिकेटमा भर्खर वान डे क्रिकेट सुरु हुँदा यसलाई गाली गर्नेहरू धेरै थिए र यसरी गाली गर्नेहरू यो खेलमा पारम्परिक सोच राख्नेहरू थिए । खैर ती त भए, पुराना दिनका कथा । सन् अस्सी र नब्बेसम्म आइपुग्दा पनि वान डे क्रिकेटमा दुई सय रनको स्कोर जित्नका लागि पर्याप्त मानिन्थ्यो […]

July 21, 2018

अभ्यास खेलमा नेपाल २ सय ४३ रनले विजयी, कप्तान पारसको शानदार प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उच्च बलिङ गरेपछि युरोप भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ । जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको तयारीमा रहेको नेपालले शनिबार आफ्नो […]

July 21, 2018

जिएफएको फुटसल टोली भुटान जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ग्रासरुट फुटसल एकेडेमी (जिएफए) को टोलीले मैत्रीपूर्ण खेल र अभ्यासका लागि भुटान यात्रा गर्ने भएको छ । जिएफएको टोलीले भुटानको यू १५ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । टोलीले त्यहाँ केहि दिनको अभ्यास गर्ने भएको छ । प्रशिक्षक हरि तामाङको नृतत्वमा रहेको २६ सदस्यीय टोलीका खेलाडीमा श्रीभन्स मानन्धर, सौगात श्रेष्ठ, संगीत […]

Success

Thank you for your time.