default_image

ताजा समाचारहरु

July 23, 2018

दोस्रो अभ्यास खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फिल्डिङ गर्ने भएको छ । आजको अभ्यास खेलमा नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् । नियमित कप्तान पारस खड्कालाई आजको खेलमा आराम दिइएको छ । सेन्ट क्रस क्रिकेट क्लबले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । शनिबार भएको पहिलो […]

July 23, 2018

एपिएफका खेलाडीलाई खेलकुद सामग्री

काठमाडौं(एजेन्सी)–आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरी बल (एपिएफ)का खेलाडीका लागि विभिन्न खेल सामाग्री प्रदान गरेको छ । आदर्श समाज बिकास केन्द्रले भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न खेल सामग्री उपलब्ध गराइएको हो । केन्द्रले सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम आयोजना गरी संस्थाका उपध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले संयुक्त […]

July 23, 2018

प्रि–सिजनको पहिलो खेलमा चेल्सी विजयी

पर्थ (एजेन्सी)–युरोपियन क्लब लिग फुटबल शुरु हुनु अघिको प्रि–सिजन अभ्यास खेलमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ । इंग्लिस प्रिमियर लिग शुरु हुनुअघि अष्ट्रेलिया भ्रमणमा रहेको लन्डन क्लब चेल्सीले घरेलु टोली पर्थ ग्लोरीलाई १–० ले पराजित गर्दै प्रि–सिजनको अभ्यास खेलमा विजयी भएको हो । चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेजले खेलको पाँचौ मिनेटमा गरेको गोल नै निर्णायक […]

July 23, 2018

महिला लिगमा रौतहटको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको दोस्रो खेलमा रौतहटले सहज जित हासिल गरेको छ । रुश्मीकुमारी घिसिङले ह्याट्रिक गरेको खेलमा काठमाडौंलाई ४–० ले हराउँदै रौतहटले जितबाट लिगको यात्रा थालेको हो । दोस्रो हाफमा ९ मिनेट भित्र रश्मीले ह्याट्रिक पुरा गरेपछि रौतहटको जित सहज बनेको थियो । अर्को गोल मनीषा राउतले गरिन् । एन्फा […]

July 23, 2018

महिला लिगमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लबले उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको उद्घाटन खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै आर्मी विजयी सुरुवात गरेको हो । खेल सकिन ८ मिनेट बाँकी रहँदा शर्मिला थापाले गरेको गोल नै खेलको निर्णायक […]

July 23, 2018

‘एमबाप्पे विश्वकै उत्कृष्ट खेलाडी’

पेरिस (एजेन्सी) –चेल्सी मिडफिल्डर टिइमोवे बाकायोकोले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । गत साता फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक एमबाप्पे अरुभन्दा निकै राम्रो खेल्ने बाकायोकोले बताएका छन् । विश्व कपका युवा खेलाडी घोषित एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध ४–२ को […]

July 23, 2018

अमेरिकामा युनाइटेडको अर्को बराबरी

क्यालिफोर्निया (एजेन्सी)– एलेक्स सान्चेजले प्रभाव पार्न नसकेपछि अमेरिका भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड आज सान जोसे अर्थक्वेक्ससँग गोलरहित बराबरीमा रोकिएको छ । भिसा समस्याका कारण पहिलो मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेको सान्चेज दोस्रो खेलमा सहभागी थिए । तर, उनले खेलमा खासै प्रभाव जमाउन सकेनन् । चिलीका फरवार्डले पहिलो हाफमा फ्रिकिकमार्फत गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन […]

July 23, 2018

इकार्डी र हाजार्ड रियलको सम्झौता नजिक

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडले यस ट्रान्सफर सिजनमा आफ्नो सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमायो । त्यस पश्चात रियल उनको विकल्पको खोजीमा रहेको छ । रियलको प्राथमिकतामा पेरिस सेन्ट जर्मन (पिएसजी) का दुई स्टार नेयमार र किलियन एम्बाप्पे रहेको थियो । तर दुवै खेलाडीहरुले यो सिजन पेरिसमै रहने बताएपछि रियलले फेरी अन्य विकल्पहरु […]

July 23, 2018

अपमानका कारण अन्तर्राष्ट्रिय फुटबलबाट ओजिलको सन्यास

म्युनिख (एजेन्सी)– जर्मनीका मिडफिल्डर मेसुट ओजिजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । जर्मन फुटबल संघमा भएको जातीवाद र विश्व कपको पहिलो चरणबाट बाहिरिनुमा आफुलाई मात्र दोषी देखाएको महसुस गरेपछि ओजिलले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने निर्णयमा पुगेका छन् । आर्सनलका २९ वर्षे प्लेमेकरले आफुलाई राजनीतिक ढंगबाट मुछ्ने काम भएकोमा गुनासो गर्दै अब राष्ट्रिय टोलीको […]

July 23, 2018

नेयमारको दाबी, ‘साँच्चै दुखेको हो’

काठमाडौं (हाम्रो खेलकुद)– विश्वकप २०१८ समाप्तीसँगै यसको चर्चा पनि धेरै हदसम्म सेलाइसकेको छ । एक प्रकारले विश्वकपको ‘ह्यान्ग ओभर’ अब समाप्त हुने विन्दुमा छ । तर पर्खौ, फुटबल पारखीहरूले नेयमारको भित्री कुरा नसुनेर कसरी मुक्त हुन पाउँछन् र ? यसपल्टको विश्वकपका एक चर्चित अनुहारमा पर्छन्, यी ब्राजिली खेलाडी नेयमार । धेरैका लागि उनी यस विश्वकपका […]

Success

Thank you for your time.