default_image

ताजा समाचारहरु

July 24, 2018

फिफा वर्षको सर्वश्रेष्ठ खेलाडी मनोनयन सार्वजनिक

जुरिच (एजेन्सी)- अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, फ्रान्सका युवा स्टार केलियन एमबाप्पे, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र इजिप्टका स्टार खेलाडी मोहमद सलाह २०१८ को लगि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।   त्यस्तै विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भारान, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा […]

July 24, 2018

गोलरक्षक लुनिन रियलमा अनुबन्धित हुने तेस्रो खेलाडी

म्याड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियल म्याड्रिडले यस सिजनको समर ट्रान्सफरमा तेस्रो खेलाडीको रुपमा युक्रेनका युवा गोलरक्षक एन्ड्री लुनिनलाई अनुबन्ध गरेको छ । युक्रेनका १९ वर्षीय प्रतिभाशाली गोलरक्षक लुनिनलाई युक्रेनी क्लब जोर्याबाट रियलले १५ मिलियन युरोमा ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई सोमबार क्लबले सार्वजनिक गरेको हो । रियलले इंग्लिस क्लब चेल्सी […]

July 24, 2018

रोमालाई उछिन्दै बार्सिलोना माल्कम भित्र्याउन नजिक

बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले फ्रान्सेली क्लब बोर्डोबाट माल्कम भित्र्याउने लगभग पक्का भएको छ । २१-वर्षे विङर माल्कम हिजो एस रोमाका लागि प्रस्थान गर्ने भनिए पनि बार्सिलोनाले उनी माथि चासो देखाएपछि उनको सरुवा रोकिएको थियो । गोल डटकमका अनुसार बार्सिलोनाले माल्कमका लागि ४१ मिलियन युरो खर्चिने छ । सोमबार मात्र रोमाले माल्कमलाई ३८ मिलियन […]

July 24, 2018

रोनाल्डो पछि मेस्सी इटालियन क्लब जाने चर्चा

मिलान (एजेन्सी)– इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा  सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ । रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै बार्सिलोनाका स्टार मेस्सी अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको छ । १ सय मिलियन युरोमा रोनाल्डो […]

July 24, 2018

कान्टेलाई अनुबन्ध गर्न पिएसजीलाई एम्बाप्पेको आग्रह

पेरिस (एजेन्सी) – रुस विश्वकप २०१८ बाट युवा स्टारको छवि बनाएका फ्रान्स तथा पिएसजीका फरवार्ड किलियन एम्बाप्पेले आफ्नो राष्ट्रिय टिमका सहकर्मी एनगोलो कान्टेलाई अनुबन्ध गर्न पिएसजीलाई आग्रह गरेका छन् । २७ बर्षीय मिडफिल्डर कान्टे हाल चेल्सीबाट प्रिमियर लिग खेल्दै छन् । कान्टेलाई भित्र्याउने एम्बाप्पेको सल्लाहप्रति पिएसजी सकरात्मक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वकपको […]

July 24, 2018

‘एमबाप्पेले विश्व कपमा सर्वाधिक गोलको कीर्तिमान भंग गर्न सक्छन्’!

बर्लिन (एजेन्सी)– विश्व कपका सर्वाधिक गोलकर्ता जमर्नीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोसले फ्रेन्च युवा स्ट्राइकर केलियन एमबाप्पले आफ्नो कीर्तिमान भंग गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । पहिलो पटक रसिया विश्व कप खेलेका एमबाप्पेले ४ गोल गरेका थिए । अर्जेन्टिनाविरुद्ध २ गोल गरेका उनले फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदा १ गोल गरेका थिए । फ्रान्सले दोस्रो […]

July 24, 2018

‘पिएसजीमा नेयमारको उद्देश्य पुरा भएको छैन’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको उद्देश्य पुरा भइ नसेकेकोले उनी अझै त्यहि बस्नु पर्ने क्लब तथा ब्राजिलका राइट ब्याक डानी अल्भेसले बताएका छन् । फ्रेन्च च्याम्पियनले गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियनमा नेयमारलाई स्पेनिस क्लब बार्सिलोनाबाट भित्राएको थियो । तर फेब्रुअरीमा लागेको चोटका कारण नेयमारले धेरै खेल गुमाएका थिए […]

July 24, 2018

रियलमा बेलको भूमिका निर्णायक हुने अपेक्षा !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले अबको सिजनमा गेराथ बेल निर्णायक हुन सक्ने विश्वास गरेको छ । बेल र उनका प्रतिनिधिसँग रियलका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले यस्तो आसय व्यक्त गरेपछि उनी रियलमै रहने सम्भावना बढी छ । म्यानचेस्टर युनाइटेडले भित्राउने योजनामा रहेका बेललाई क्रिस्टियानो रोनाल्डोको बर्हिगमनपछि मुख्य भूमिका दिइने सम्भावना छ । रोनाल्डो १ सय मिलियन पाउन्डमा […]

July 24, 2018

दोस्रो अभ्यास खेलमा नेपाली टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ । पहिलो अभ्यास खेलमा हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको हो । सेन्ट क्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ […]

July 23, 2018

अभ्यास खेलमा नेपाललाई १ सय ६९ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा १ सय ६९ रनको विजयी लक्ष्य पाएको छ । नेपाललाई सेन्ट क्रसले १ सय ६९ रनको विजयी लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नियमित […]

Success

Thank you for your time.