default_image

ताजा समाचारहरु

July 28, 2018

आर्मी कप्तान अन्जली शान्ति मिसनका लागि कंंगोतर्फ

काठमाडौं (हाम्रो खेलाडी)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी नियमित सदस्य तथा विभागीय त्रिभुवन आर्मी क्लबकी कप्तान अन्जली वाइवा शान्ति मिसनका लागि अफ्रिकी मुलुक कंगो प्रस्थान गरेकी छन् । अन्जली शान्ति मिसनका लागि शनिबार साँझ कंगो प्रस्थान गरेकी हुन् । उनी एक वर्षसम्म कंगोमै रहनेछन् । आठ वर्षअघि नेपाली सेनामा प्रवेश गरेकी अन्जली आर्मीको नायक (सिपिएल) […]

July 28, 2018

अन्नपूर्ण ब्याडमिन्टनमा दिपेश र साजाद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी पुरुष एकलतर्फ र पाकिस्तानकी साजाद माहुर महिला एकलतर्फ अन्नपुर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा शनिबार भएको खेलमा पुरुष एकलतर्फको फाइनलमा एपिएफका दिपेशले सिल्कका प्रिन्स दाहाललाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरे । बंगलादेशका मोहम्मद सलमान […]

July 28, 2018

आर्सनलको जितमा ओजिलको पनि गोल

सिंगापुर(एजेन्सी) – इंग्लिस प्रिमियर लिग टोली आर्सनलले प्रि सिजनका लागि सिंगापुर यात्रामा पहिलो जित हासिल गरेको छ । प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा शनिबार साँझ दि नेसनल स्टेडियममा भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ५–१ ले पराजित गरेको छ । आर्सनल पहिलो खेलमा एट्लेटिको म्याड्रिडसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । खेलको १३ […]

default_image

July 28, 2018

फुटबल खेलाडी उषा न्यू वैदेहीकी ब्रान्ड एम्बेसेडर

सबिन सेर्मा झापा (हाम्रो खेलकुद) –राष्ट्रिय महिला फुटबल खेलाडी उषा भण्डारीलाई न्यू वैदेही खाद्य उद्योगले आफनो ब्रान्ड एम्बेसडेर नियुक्त गरेको छ । सर्लाही इश्वरपुलस्थित उद्योगले उषालाइ २ वर्षका लागि एम्बेसेडर नियुक्त गरेको हो ।   पहिलो वर्ष उनले ब्रान्ड एम्बेसेडर वापत ३ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । उद्योगका प्रोपाइटर झविन्द्र शाह र उषाले […]

July 28, 2018

चेल्सीले विश्व कीर्तिमानी रकममा मात्र हाजार्ड बेच्ने सक्ने

लन्डन (एजेन्सी) – इग्लिस क्लब चेल्सीले आफ्ना स्टार खेलाडी इडेन हाजार्डलाई विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउन्डमा मात्र बच्न सकिने बताएको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्ट्स सरुवा भएयता हाजार्ड रियल जाने चर्चा व्यापक रुपमा चलेको छ । तर, चेल्सी आफ्ना स्टारलाई सस्तोमा बेच्ने पक्षमा छैन । चेल्सीका नयाँ प्रशिक्षका […]

July 28, 2018

अस्ट्रेलियामा अभिनव र यङचेनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिनव शाक्य र यङचेन शेर्पाले अस्ट्रेलियामा जारी सातौ गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।शनिबार क्यारेरा इन्डोर स्टेडियममा भएको पुम्सेतर्फको १३ वर्षमुनिको स्पर्धामा अभिनवले फाइनलमा अष्ट्रेलियाका ब्लाके मुर्रेलाई पराजित गरेर नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यसअघि अभिनवले अष्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका एकन ग्रानिर अमिउरलाई हराएका थिए ।पुम्सेतर्फ […]

July 28, 2018

रोनाल्डोले रियलमा जस्तै उच्च प्रदर्शन गर्ने युभेन्ट्स प्रशिक्षक विश्वास

टुरिन (एजेन्सी)– रियल म्याड्रिडमा जस्तै युभेन्ट्समा पनि क्रिस्टियानो रोनाल्डो खुला रुपमा गोल गर्ने क्रमलाई निरन्तरता दिने प्रशिक्षक मासिमिलियानो अलिग्रीले विश्वास लिएका छन् । यद्दपी युभेन्ट्समा उनी कुन पोसिजनबाट खेल्ने छन् भन्ने अझै तय भएको छैन । रियलमा झन्डै एक दशक बिताउने क्रममा रोनाल्डो सम्मिलित टोलीले पछिल्लो ५ वर्षमा स्पेनिस कपका साथै ४ पटक च्याम्पियन्स लिग […]

July 28, 2018

एन्फाको लोगो र राष्ट्रिय टोलीको जर्सीको डिजाइन फेरिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को लोगो र नेपाली राष्ट्रिय टोलीको जर्सीको डिजाइन फेरिने भएको छ । खुला प्रतिस्पर्धातका आधारमा एन्फाले लोगो र जर्सी डिजाइन गरिने एन्फाले जनाएको छ । लोगो र जर्सी डिजाइनको प्रतिस्पर्धा शनिबारबाट खुला गरिएको छ । एन्फाले खुल्ला प्रतिस्पर्धामार्फत उत्कृष्ट मानिने लोगो र जर्सीको डिजाइन गर्नेलाई ५० […]

July 28, 2018

केन भित्राउने योजनाबाट रियल पछि हट्यो

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले टोटेनह्याम हट्सपरका स्ट्राइकर हेरी केनलाई तत्काल भित्राउने सम्भावना खारेज गरेको छ । फिफा विश्व कपका गोल्डेन बुट विजेता केन अब उत्तरी लन्डनकै क्लबमा रहने निश्चित भएको छ । विश्व फुटबलका एक उत्कृष्ट फरवार्डलाई लिने मामलामा रियल इच्छुक थियो, तर टोटेनह्यामका अध्यक्ष डानिल लेभी फेरी एकपटक आफ्ना स्टार खेलाडीलाई रोक्न […]

July 28, 2018

चेर्चेसोभको सम्झौता नवीकरण, युरो कपसम्म रुसी टोली सम्हाल्ने

मस्को (एजेन्सी) – रसियन फुटबल फेडेरेसनले राष्ट्रिय फुटबल टोली का मुख्य प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता नवीकरण गरेको छ । दुई वर्षको सम्झौता नवीकरणसँगै चेर्चेसोभले सन् २०२० को युरो कपसम्म रुसी टोली सम्हाल्ने छन् । उनीसँगको सम्झौता नवीकरणपिछ रुस फुटबल फेडेरेसनले टोलीले उच्च प्रदर्शन गर्ने अपेक्षा राखेको छ । ‘चेर्चेसोभ र उनको टोलीमाथि फेडेरेसनले पूर्ण रुपमा […]

Success

Thank you for your time.