October 19, 2024
एजेन्सी – अल नासर साउदी प्रो लिगमा अल शबाबलाई पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा शुक्रवार नासरले शबाबलाई २-१ हरायो । अल शबाबको घरेलु मैदानमा भएको खेलमा नासरको लागि अर्को गोल एमेरिक लापोर्टे गरेका हुन् । लापोर्टेले ६९ औं मिनेटमा गोल गरे । खेल अन्त्यतिर रोमान्चक रह्यो। अन्तिम मिनेटमा नासरका अली अल हसनले […]
October 18, 2024
एजेन्सी – वेस्ट इन्डिजलाई सेमिफाइनलमा पराजित गर्दै न्युजिल्यान्ड युएईमा जारी टि ट्वान्टी महिला विश्व कपको फाइनल प्रवेश गरेको छ । तेस्रो पटक फाइनलमा पुग्नका लागि न्युजिल्यान्डले शुक्रवार दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ रनले हरायो। यसअघि, न्युजिल्यान्डले सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनलमा पुगेको थियो । सारजहामा १ सय २९ रनको लक्ष्य […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँच पटकको उपविजेता रहिसकेको नेपालका लागि साफ च्याम्पियनसिपको यस पटकको सुरुवात सुखद हुन सकेन। साफ इतिहासमा नै नेपालले पहिलो पटक बराबरी नतिजाको सामना गर्नुपर्यो। पहिलो पटक भुटानले नेपाललाई बराबरीमा रोक्यो। बराबरीको पीडासँगै नेपालका दुई महत्वपूर्ण खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही चोटग्रस्त हुन पुगे। उनीहरूले साफको बाँकी खेल गुमाउने संभावना उच्च […]
October 18, 2024
एजेन्सी – रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोली न्युजिल्यान्डले भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा फराकिलो अग्रता कायम गरेको छ । ३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ५६ रनको अग्रता लिएको हो । वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन बिहीवार मात्र टस सम्भव भएको थियो […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भुटानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । साफको इतिहासमा नेपाल […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाले साफ महिला च्याम्पियनसिप २०२४ मा विजयी सुरुवात गर्ने क्रममा माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको हो । श्रीलंकाको जितमा इमेशा वार्नाकलासुरियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित रह्यो । यससँगै श्रीलंकाले समूहमा ३ अंक जोडेको छ । […]
October 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको र अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न उनी आजै बेलुका त्यसतर्फ जाने बताएको छ । नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच कात्तिक ९ देखि १९ गतेसम्म त्रिकोणात्मक सिरिज […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । दशरथ रंगशालामा श्रीलंका १-० ले अगाडी छ । पहिलो हाफको अवधिभर माल्दिभ्समाथि आक्रमण बुनेको टोलीले अन्य अवसर भने सदुपयोग गर्न सकेको छैन । माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले केही उत्कृष्ट बचाउ गर्दै गोलअन्तर बढ्न दिएकी छैनन् । […]
October 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेश श्रेष्ठ मेमोरियल वाई वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार जारी गरेको खेल तालिकामा कात्तिक १० देखि कात्तिक २० सम्म विराटनगरमा हुनेछ । प्रतियोगितामा ७ प्रदेशको टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा कोशी, मधेश, बागमती […]