default_image

ताजा समाचारहरु

December 27, 2024

शुक्रको रेकर्ड बराबरी गर्दै निरज इस्टर्न ओपन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले शुक्र बहादुर राईको कुल स्कोरको रेकर्ड बराबरी गर्दै १७-अन्डर १९३ को सानदार स्कोरमा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन्। आज ५-अन्डर ६५ को स्कोरमा उनले विष्णु प्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पहिलो पटक इस्टर्न ओपन च्याम्पियन बने। निरजले यसअघि गत सिजन काठमाडौं ओपनको उपाधि जितेका थिए। लयमा […]

December 27, 2024

अस्ट्रेलियाविरुद्ध भारतको खराब सुरुवात

एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गत चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध भारतले खराब सुरुवात गरेको छ । अस्ट्रेलियाको मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा भारतले पहिलो इनिङको सुरुवात खराब गरेको हो । दोस्रो दिन शुक्रवारको खेल सकिदा भारतले ५ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाएको छ । ऋषभ पन्त ६ र रविन्द्र जडेजा ४ […]

December 27, 2024

लिभरपुल शीर्षस्थानमा थप बलियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ। उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो। लिभरपुलको‌ जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । […]

December 27, 2024

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ। खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ ।  घरेलु मैदानमा […]

December 27, 2024

कोहलीको अशोभानीय व्यवहार, आइसीसीको कारवाहीमै विभेद!

भुपेन्द्र जि.सी. भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहली वर्तमान समयका एक उत्कृष्ट ब्याटर हुन् । तर मैदानमा देखाउने अस्वभाविक ब्यवहार र सेलेब्रेसनले उनका आलोचक पनि त्यतिनै छन् । उनले बिहीबार अष्ट्रेलियाविरुद्ध चौथो टेस्ट खेलमा मेलबर्न रंगशालामा १९ वर्षीय ब्याटर साम कन्स्टाविरुद्ध डेब्यू खेलमै गरेको व्यवहार चर्चामा छ । अष्ट्रेलियाले कोन्स्टासलाई आश्चर्यजनक निर्णय लिँदै भारतविरुद्ध चौथो […]

December 26, 2024

जनकपुर बोल्ट्सले मधेशका सबै जिल्लामा ‘ट्रफी परेड’ गर्ने

सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी दिएको हो । शुक्रवार सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिवार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ […]

December 26, 2024

वीरगन्जमा क्रिकेटर आशिफ र आरिफ नगदसहित सम्मानित

सुनिल गाउँले,सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सका आरिफ शेखलाई बिहीवार सम्मान गरिएको छ । वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । वीरगन्जका आशिफ र आरिफ दाजुभाइ हुन् । सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपिएलमा उत्कृष्ट प्रदर्शन […]

December 26, 2024

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण  पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]

December 26, 2024

कप्तान रोहितले एलिट कप गुमाउने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफीको पहिलो संस्करणमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष ४ (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टोलीको सहभागिता रहनेछ । राष्ट्रिय टोलीका कप्तान रोहित प्रधानमन्त्री कपमा आर्मी […]

December 26, 2024

एनओसीको निर्वाचन रोक्न सर्वोच्चको आदेश

काठमाडौं (हाम्रो खेलकुद)- सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को शनिवारको लागि भएको निर्वाचन गर्न रोक लगाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको भन्दै कमल चित्रकारले रिट दायर गरेका थिए ।चित्रकारले दायर गरेको रिटउपर न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । एनओसीको निर्वाचन पुस १३ गते […]

Success

Thank you for your time.