default_image

ताजा समाचारहरु

October 25, 2024

अमेरिकाका ट्रम्पले जनकपुरबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर ट्रम्पलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ । १९ वर्षिय ट्रम्पले हालसम्म अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका छैनन् । ८ टि ट्वान्टी खेलमा ट्रम्पले ९४ रन लिएका […]

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 25, 2024

वार्नरमाथिको प्रतिबन्ध क्रिकेट अस्ट्रेलियाले उल्टायो

एजेन्सी – क्रिकेट अस्ट्रेलियाले डेभिड वार्नरमाथि लगाएको आजीवन कप्तानीमाथि लगाएको प्रतिबन्ध साढे ६ वर्षपछि फुकुवा भएको छ । सन् २०१८ मा केपटाउनमा भएको स्यान्डपेपर घटनापछि क्रिकेट अस्ट्रेलियाले उनीमाथि प्रतिबन्ध लगाएको थियो । अब वार्नरले आगामी सिजनमा बिग बास लिग(बीबीएल) मा सिड्नी थन्डरको कप्तानी गर्ने सम्भावना छ । उनी पहिलो पटक पूरै सिजनका लागि उपलब्ध हुनेछन् […]

October 24, 2024

वीर गणेशमान सिंह राष्ट्रिय टेनिसमा कमल थापा दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले […]

October 24, 2024

भेट्रान्स फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो धरान भेट्रान टिम, फ्रिडम फाइडर, त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टुरिजम काउन्सिल दोश्रो भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा बिहीवार धरानले सरस्वतीनगर भेट्रान टिम लाई सडनडेथमा (१०–९) पराजित गरी अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित समयमा गोलरहित बरारीमा टुंगिएपछि […]

October 24, 2024

राहुल लखनउमै रहने सम्भावना कम

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ देखि लखनउ सुपर जायन्ट्सका कप्तान रहेका केएल राहुललाई टोलीले रिटेन गर्ने सम्भावना कम देखिएको छ । यदि लखनउले रिटेन नगरेमा राहुल सन् २०२५ को सिजन अघि हुने मेगा अक्सनमा उपलब्ध हुनेछन् । लगातार दुई सिजन प्लेअफमा स्थान बनाएको लखनउ सन् २०२४ को आइपिएलमा सातौं स्थानमा रहेपछि राहुलको कप्तानीमा प्रश्न […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

साजिदको लय जारी रहँदा इङ्ग्ल्यान्ड कम रनमा नै समेटियो

एजेन्सी – तेस्रो तथा निर्णायक टेस्टमा साजिद खानले आफ्नो लयलाई जारी राख्दा इङ्ग्ल्यान्ड कम रनै समेटिएको छ । दोस्रो टेस्टमा ९ विकेट लिएका साजिदले तेस्रो टेस्टको पहिलो इनिङमा पनि सोहि लयलाई निरन्तरता दिदा भ्रमणकारी टोलीले पहिलो इनिङमा २ सय ६७ रन मात्र बनाउन सक्यो । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी […]

October 24, 2024

बलिङमा सुन्दर चम्किदा न्युजिल्याण्ड कम रनमा समेटियो

एजेन्सी – भारतका स्पिन बलर वासिंटन सुन्दरको सानदार बलिङको सहयोगमा भारतले न्युजिल्याण्डलाई कम रनमा नै रोकेको छ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा बिहीवार न्युजिल्याण्ड २ सय ५९ रन मै अल आउट भयो । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो। न्युजिल्याण्डका लागि डेभोन कन्वेले सर्वाधिक ७६, रचिन रविन्द्रले ६५, […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.