default_image

ताजा समाचारहरु

November 17, 2024

आत्मारामलाई लक्ष्मी सनराइज गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- आत्माराम सिम्खडाले लक्ष्मी सनराइज इन्भिटेसनल गल्फको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शनिवार ३/४ स्टेबलफोर्ड फरम्याटमा भएको प्रतियोगितामा ४३ अंक सहित आत्मरामले उपाधि आफ्नो नाममा लेखाएका हुन्। ७ ह्यान्डिक्यापका उनले अनिशलाल श्रेष्ठलाई हराउँदै उपाधि जिते। ४२ अंक सहित अनिशले दोस्रो स्थान प्राप्त गरे। बेस्ट ग्रसतर्फ टासी छिरिङले उपाधि जिते। उनले ३८ अंक […]

November 17, 2024

इङ्ग्ल्याण्डमाथि वेस्ट इण्डिजको जित

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजले इङग्ल्याण्डविरुद्धको चौथो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ । घरेलु टोलीले आइतवार बिहान सकिएको खेल ५ विकेटले जितेको हो । खेल जितेपनि वेस्ट इण्डिजले सिरिज भने गुमाइसकेको छ । २ सय १९ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इण्डिजका इभेन […]

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्ट गर्दै, र्याली पनि हुने

धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। […]

November 16, 2024

क्रिस काठमाडौं गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’

काठमाडौं (हाम्रो खेलकुद) – क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । पूर्व क्रिकेटर शशी केशरीले स्थापना गरेको वान डे क्रिकेट एकेडेमी काँडाघारीमा शनिवार भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा क्रिसले काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् । काठमाडौं गुर्खाजले […]

November 16, 2024

चितवनको ट्यालेन्ट हन्ट- दोस्रो चरणमा ३५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ। राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम […]

November 16, 2024

शिभालीलाई दोहोरो उपाधि, राजवीर विजयी

काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]

November 16, 2024

मेचीनगरलाई झापा १ काठमाडौं कप फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मेचीनगरले प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा शनिवार फाइनलमा धाइजनलाई ४–३ ले हराउँदै मेचीनगरले जितेको हो । धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे । मेचीनगरका लागि रोहन कार्की र […]

November 16, 2024

रुपेशलाई वडा अध्यक्ष चेस उपाधि

ललितपुर (हाम्रो खेलकुद) – एफएम रुपेश जैसवालले महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा भएको वडा कप खुल्ला ¥यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल र भारतका शीर्ष खेलाडीको सहभागिता रहेको ९ चरणको प्रतियोगितामा शनिबार ८ अंक जोड्दै रुपेशले उपाधि जितेका हुन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले आठौं चरणको खेलमा भारतका […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

Success

Thank you for your time.