November 22, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपिएल) संस्करण अर्को वर्षको मार्च १४ देखि सुरु हुने भएको छ । आइपिएलले शुक्रवार आगामी ३ सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आइपिएल मार्च १४ देखि सुरु हुने बताएको छ । आइपिएल २०२५ को फाइनल मे २५ मा हुनेछ । आइपिएलका अनुसार सन् २०२६ को सिजन मार्च १५ देखि […]
November 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपिएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् । यसबाहेक ट्यालेन्ट हन्टबाट […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी ‘ डिभिजन लिग यही माघ १३ बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) का पदाधिकारी तथा बी डिभिजन क्लबका पदाधिकारीहरु बीच बिहीवार भएको छलफलले बी डिभिजन लिग माघ १३ गतेबाट सुरु गर्ने निर्णय गरेको एन्फाले जनाएको छ। एन्फाले मंसिर २१ गते सम्म क्लब दर्ता गर्न समय […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छ। एनओसीको निर्वाचन मिति औपचारिक रुपमा सार्वजनिक नहुँदै श्रेष्ठले बिहीवार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको प्यानलबाट महासचिवमा निर्वाचित भएका थिए। उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले भनेका छन्,‘यस घोषणासँगै, मेरो उद्देश्य नेपालको खेलकुद क्षेत्रको […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ । टियु क्रिकेट मैदानमा पाँचौ तथा निर्णायक खेल ७ विकेटले जित्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य ४० […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि क्यानडाका पूर्व कप्तान साद विन जाफरलाई अनुबन्ध गरेको छ । लुम्बिनीले पाँचौ विदेशी खेलाडीका रुपमा जाफलालाई अनुबन्ध गराएको बिहीवार सामाजिक संजाल मार्फत जनाएको छ । यसअघि लुम्बिनीले इङ्ग्ल्याण्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इण्डिजका रामोन सिम्नोड्सलाई टोलीमा अनुबन्ध […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको ५ खेलको सिरिजमा आज अन्तिम खेल खेलिरहेको छ । टियु क्रिकेट मैदानमा चलिरहेको पाँचौ तथा निर्णायक खेल जित्न नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य प्राप्त गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी विराटनगर किङ्गसले बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गर्दैछ । विराटनगरले आजबाट मोरङमा रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा अभ्यासमा बन्द प्रशिक्षण गर्नेछ । पहिलो चरणको बन्द प्रशिक्षण मंसिर ११ गते सम्म हुने बताइएको छ। पहिलो चरणको बन्द प्रशिक्षणमा टोलीमा रहेका नेपाली खेलाडी सहभागी रहनेछन् । […]