default_image

ताजा समाचारहरु

November 27, 2024

इङ्ग्लिस अलराउन्डर माइकले जनकपुरबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका अलराउन्डर बेन माइकले जनकपुर बोल्ट्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन् । जनकपुरले विदेशी खेलाडीको रुपमा इङ्ग्लिस अलराउन्डर माइकलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । २६ वर्षिय माइकले ६७ टि ट्वान्टी खेलमा ५७ विकेट तथा ६ सय ६९ विकेट लिएका छन् । […]

November 27, 2024

अग्रता जोगाउन नसक्दा सिटी रोकियो

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । बुधवार बिहान भएको खेलमा इङ्ग्लिस टोलीले फेयनोर्डसँग ३-३ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३ गोलको अग्रतालाई अन्त्यतिर जोगाउन नसक्दा बराबरीमा राकिएको हो । सिटीका लागि एर्लिङ हालान्डले २ तथा इल्के गुन्डोगानले १ […]

November 27, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ । बुधवार बिहान भएको खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३-० को सहज जित दर्ता गरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे । खेलको १०औं मिनेटमा […]

November 26, 2024

सुदूरपश्चिमद्वारा चितवन पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को टोली सुदुरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरेको छ । एनपिएलको तयारीमा रहेका दुवै टोलीबीचको अभ्यास खेलमा सुदूरपश्चिमले चितवनमाथि ३८ रनको जित हात पारेको हो । सुदूरपश्चिमले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र जोड्यो । […]

November 26, 2024

एनिपएल खेल्न हङकङका बाबर काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]

November 26, 2024

एनपिएल खेल्न काठमाडौं आईपुगे वाल्टन

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् । वाल्टन मंगलवार काठमाडौं आइपुगेका क्लबले जनाएको छ । विमानस्थलमा वाल्टनलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले […]

November 26, 2024

सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबीच सम्झौता

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ । सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिइओ खड्काले […]

November 26, 2024

जनकपुर बोल्ट्सको मुख्य प्रायोजक डिएनए

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स र डिएनएबीच मंगलवार सम्झौता भएको छ। बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी […]

November 26, 2024

अयुबको शतकमा जिम्बाब्वेमाथि पाकिस्तानको सहज जित

एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ । मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले […]

November 26, 2024

एक्सन स्पोर्ट्सको युट्युबमा एनपिएल हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया […]

Success

Thank you for your time.