default_image

ताजा समाचारहरु

November 29, 2024

मार्की बाहेकलाई कप्तान बनाउने जनकपुर एक्लो टोली

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ मध्ये ७ टोलीले आफ्नो मार्की खेलाडीलाई कप्तानको जिम्मेवारी दिदाँ जनकपुर बोल्ट्सले भने मार्की नरहेका क्रिकेटरलाई नेतृत्व दिएको छ । एनपिएल सुरु हुने अघिल्लो दिन शुक्रवार आयोजित कप्तानसँगको अन्तक्रिया कार्यक्रममा जनकपुरका तर्फबाट अनिल शाह कप्तानको रुपमा प्रस्तुत भए । आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको अनिलले […]

November 29, 2024

एनओसीमा विरोधको आवाज सुनिन थाल्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) भित्र विस्तारै विरोधका स्वरहरु सुनिन थालेका छन्। एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि कसरत गरिरहँदा उनकै प्यानलबाट पछिल्लो पटक निर्वाचित पदाधिकारीहरु आफ्नो असहमति राख्न थालेका छन् । एनओसी उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तदर्थ समिति रुपमा रहेको एनओसीले चुनावको मुखमा विधान […]

November 29, 2024

अर्धशतक बनाएका मयन पनि आउट

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा अर्धशतक पूरा गरेका नेपालका ओपनर मयन यादवलाई नेपालले चौथो विकेटका रुपमा गुमाएको छ । युएईमा जारी खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर मयन ९५ बलमा ६२ रन बनाउँदै आउट भएका हुन् । मयनले ८३ बलमा छक्काको साथ अर्धशतक पूरा गरेका […]

November 29, 2024

श्रीलंकाविरुद्ध मयनको अर्धशतक पूरा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपालका ओपनर मयन यादवले श्रीलंकाविरुद्ध अर्धशतक पूरा गरेका छन् । २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर मयनले अर्धशतक पूरा गरेका हुन् । मयनले ८३ बलमा छक्काको साथ अर्धशतक पूरा गरेका हुन् । मयनले अर्धशतक पूरा गरे लगत्तै सन्तोष यादवका रुपमा नेपालले तेस्रो […]

November 29, 2024

नेपाललाई दोस्रो झड्का, अर्जुन पनि आउट

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपाललाई श्रीलंकाविरुद्ध दोस्रो झड्का लागेको छ । २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन कुमाललाई गुमाएको हो । २१औं ओभरको पहिलो बलमा भिमास दिमिकाबाट आउट हुनुअघि अर्जुनले२५ बलमा १२ रन बनाए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आकाश त्रिपाठीलाई […]

November 29, 2024

गणपूरक संख्या नपुगेपछि राखेप बोर्ड बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्न शुक्रवार डाकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ। झन्डै १५ महिनापछि बोलाइएको राखेप बोर्ड बैठक बस्न नसकेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्ने तयारीमा थियो। […]

November 29, 2024

नेपाललाई पहिलो झड्का, ओपनर आकाश आउट

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध पहिलो विकेट गुमाएको छ । युएईमा जारी खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालले ओपनर आकाश त्रिपाठीलाई पहिलो विकेटका रुपमा गुमाएको हो । ११औ ओभरको अन्तिम बलमा नेपालले आकाशलाई गुमाएको हो । उनी मधुलन कुगाथाको बलमा ३३ बलमा १९ रन […]

November 29, 2024

यु १९ एसिया कप – उत्कृष्ट पुनरागमन सहित नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा उत्कृष्ट पुनरागमन सहित श्रीलंकाबाट नेपालले २ सय ३४ रनको मध्यम लक्ष्य पाएको छ । युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटियो । शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन […]

November 29, 2024

काभा क्लब च्याम्पियनसिप- नेपालको २ सहित ५ टोलीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको‌ सहभागिता रहने निश्चित भएको छ। नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, माल्दिभ्स र इरानको‌ क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। आठौं प्रधानमन्त्री कप एनभिए […]

November 29, 2024

एपिएफको महिला फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडीमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल-भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुनेछ । एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा […]

Success

Thank you for your time.