default_image

ताजा समाचारहरु

November 29, 2024

गणपूरक संख्या नपुगेपछि राखेप बोर्ड बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्न शुक्रवार डाकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ। झन्डै १५ महिनापछि बोलाइएको राखेप बोर्ड बैठक बस्न नसकेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्ने तयारीमा थियो। […]

November 29, 2024

नेपाललाई पहिलो झड्का, ओपनर आकाश आउट

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध पहिलो विकेट गुमाएको छ । युएईमा जारी खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालले ओपनर आकाश त्रिपाठीलाई पहिलो विकेटका रुपमा गुमाएको हो । ११औ ओभरको अन्तिम बलमा नेपालले आकाशलाई गुमाएको हो । उनी मधुलन कुगाथाको बलमा ३३ बलमा १९ रन […]

November 29, 2024

यु १९ एसिया कप – उत्कृष्ट पुनरागमन सहित नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा उत्कृष्ट पुनरागमन सहित श्रीलंकाबाट नेपालले २ सय ३४ रनको मध्यम लक्ष्य पाएको छ । युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटियो । शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन […]

November 29, 2024

काभा क्लब च्याम्पियनसिप- नेपालको २ सहित ५ टोलीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको‌ सहभागिता रहने निश्चित भएको छ। नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, माल्दिभ्स र इरानको‌ क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। आठौं प्रधानमन्त्री कप एनभिए […]

November 29, 2024

एपिएफको महिला फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडीमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल-भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुनेछ । एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा […]

November 29, 2024

स्कटल्यान्डका मक्मलेन एनपिएल खेल्न नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न स्कटल्यान्डका ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । मक्मलेन शुक्रवार नेपाल आइपुगेका हुन् । मक्मलेनलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरेका थिए । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ […]

November 29, 2024

हेमन्तले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु १९ टिमका कप्तान हेमन्त धामीले यु १९ एसिया कपमा नेपाललाई पहिलो सफलता दिलाएका छन् । युएईमा आजबाट सुरु प्रतियोगिताको पहिलो खेलमा श्रीलंका यु १९ टोलीविरुद्ध हेमन्तले पहिलो विकेट लिएका हुन् । हेमन्तले श्रीलंका टोलीका ओपनर पुलिन्दु परेरालाई तेस्रो ओभरको पहिलो बलमा आउट गराएका हुन् । परेरा ७ बलमा २ रन […]

November 29, 2024

कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले महिन्द्रासँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नी ग्रुप बीच शुक्रबार एक कार्यक्रमबीच सम्झौता भएको हो । कर्णालीका तर्फबाट मालिक झनक दत्त खनाल र महिन्द्राको तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले सम्झौतामा […]

November 29, 2024

यु १९ एसिया कप – श्रीलंकाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युनाईटेड अरब इमिरेट्स(युएई) मा आजबाट सुरु यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध टस युएईको सारजहा क्रिकेट स्टेडियममा नेपालका कप्तान हेमन्त धामीले टस जितेर बलिङ रोजेका हुन् । प्रतियाेगितामा पहिलो खेल्दै गरेका दुवै देश जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र […]

November 29, 2024

भट्ट र खड्काले कोचेज कोर्स लेभल ३ पूरा गरे

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट र टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबका प्रशिक्षक उत्सव खड्काले एफइभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका छन्। भट्ट र खड्काले थाइल्याण्डको बैंककमा मंसिर ३ देखि १० गतेसम्म भएको कोर्समा भाग लिएका थिए। यो कोर्समा पहिलो पटक नेपाली प्रशिक्षकले भाग लिएका हुन्। […]

Success

Thank you for your time.